Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

यी सभासद हराए : को–को हुन् अनुपस्थित हुने ६ सभासद् ?

काठमाडाैं । संविधानसभाबाट संविधान पारित गर्ने वेला बुधबार ६६ सभासद् अनुपस्थित रहे । अनुपस्थितमध्ये ५९ सभासद् प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा थिए भने ६ सभासद् बिरामी भन्दै उपस्थित नभएका हुन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ- बिरामी भनेर बुधबार अनुपस्थित हुनेमा कांग्रेसका दुई, एमालेका एक, एमाओवादीका एक, मधेस समता पार्टीका एक र बहुजन पार्टीका एक सभासद् छन् । कांग्रेस नेता खुमबहादुर खड्कापत्नी शिला शर्मा खड्का संविधान पारित गर्दा मतदानमा उपस्थित भइनन् । कांग्रेसकै अर्का नेता प्रदीप गिरि पनि संविधानसभामा मतदानमा उपस्थित भएनन् । प्रमुख सचेतक चिनकाजी श्रेष्ठले गिरि उपचारका लागि भारत गएको भन्ने सुने पनि आफूलाई कुनै जानकारी नभएको बताए । एमाले सभासद् राज्यलक्ष्मी गोल्छाले पनि अस्वस्थताको कारण जनाउँदै संविधानसभाको मतदान प्रक्रियामा भाग लिइनन् । एमाओवादी सभासद् प्रभु साह पनि मतदान प्रक्रियामा उपस्थित भएनन् । मधेसमा भइरहेको आन्दोलन र दलहरूबीच प्रक्रिया अघि बढाउने सहमतिप्रति साह असन्तुष्ट थिए । दलित समुदायको अधिकार र समानुपातिक समावेशिताको सिद्धान्त संविधानमा किटान गर्न माग गर्दै आमरण अनशन बसेका बहुजन पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवान पनि अस्वस्थ भन्दै मतदानमा सहभागी भएनन् । मिर्गौला प्रत्यारोपण गरेर उपचार गराइरहेका मधेस समता पार्टीका एक मात्रै सभासद् मेघराज नेपाली निसाद भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् । मिर्गौला प्रत्यारोपणपछि इन्फेक्सन भएर उनी उपचार गराइरहेकाले मतदानमा उपस्थित नभएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending