काठमाडौं । बिहान अरुले हातमुख धुँदैगर्दा हर्क विकले रु दुई हजारको व्यापार गरिसक्छन् । घरघरमा पुगेर ग्राहकलाई दूध पुर्याएर उनी कर्मस्थल फर्किन्छन् । बुढानीलकण्ठ–६ मा गाईपालन र तरकारीखेती एकसाथ गरेका अछामका ३३ वर्षे विकलाई कृषि पेशा निकै फापेको छ ।
राजनीतिक र सामाजिक कार्यसमेतमा सक्रिय विक मेहनत गर्नेलाई अर्थोपार्जन गर्न विदेश जानुपर्दैन भन्ने लाग्छ । एक वर्षदेखि उनले बुढानीलकण्ठमा पाँच रोपनी जमिन भाडामा लिएर ६ वटा गाईसँगै तरकारी खेतीपनि थालेका हुन् । गाइपालनमा प्रशस्त आम्दानी हुने भएकाले उनले परिवारसमेतलाई यही पेशामा आबद्ध गराए ।
सरकारी जागिरे उनकी श्रीमतीले जागीरै छोडेर विकको कृषि कार्यमा साथ दिन थाल्यो । “गाउँका बेरोजगार र विदेश पलायन हुनथालेका युवालाई आफ्नै कृषि फार्ममा रोजगार दिएकोछु,” विकले भने, “स्वदेशमा परिश्रम गरे आम्दानी गर्न कठिन छैन ।”
कृषि बजारमा थुप्रै सम्भावना छन् । बिचौलियाले किसान र उपभोक्तालाई ठगेका उनको गुनासो छ । यो बेथितिदेखि जोगीन विकले आफ्नै डेरीसमेत सञ्चालन गर्ने योजना बनाएको सुनाए । मल्टिभिजन एग्रोप्रडक्सन एण्ड सप्लायर नामको कम्पनी स्थापना गरेर उहाँले आफ्नै लगानीमा कृषिकर्म थाल्नु भएको हो ।
दोलखाका निकेश श्रेष्ठ अर्का उदाहरणीय युवा उद्यमी हुन् । श्रवण क्षमता कम भएका उनी कम्प्युटर इञ्जिनियर हुन । विदेश जाने सोचमा रहनुभएका उनी आमाबुबाको सपना साकार पार्नेतर्फ लागे । नौ महिनादेखि उनले राजधानीमा ‘कफीसप’ सञ्चालन गरेर श्रवणशक्ति नभएकाहरुले पनि समाजमा केही गर्न सक्छन्भन्ने गतिलो दृष्टान्त प्रस्तुत गरेका छन् ।
उद्यमी श्रेष्ठकी आमा सरुनाले उनलाई भाषामा र व्यवसायमा सघाउनुहुन्छ । “साथीहरू र आमाबुबाको उत्साहले कफीसप खोल्ने आँट गरेको हुँ”, श्रेष्ठ भन्छन्, स्वदेशमा उद्यमी बनेर ठिकै गरेछु जस्तो लाग्छ ।”
महाराजगन्ज चक्रपथ घर भएका ३६ वर्षे विराज खड्काका ‘आई एम द गार्डेन र खड्का नर्सरी’ प्रमुख उद्यमस्थल हुन् । आमाले परम्परागत रूपमा सुरु गरेको नर्सरी व्यापारलाई उनले आधुनिकीकरण गरेका हुन् । सन् २०१२ मा उच्च शिक्षाका निम्ति बेलायत बेलायत गएका उनी आमालाई व्यवसायमा सघाउन स्वदेश फर्किए ।
जिज्ञासु स्वभावका खड्काले एक दिन आमाले नर्सरीमा व्यापार गरिरहेको नियाली रहे । आमाले विरुवा हुर्काउन गरेको सङ्घर्षले उनलाई प्रेरणा मिल्यो । आमाको उद्यम फस्टाएको थिएन तर उहाँले काम भने जारी नै राखेका थिए । आमालाई सघाउन दृढ निश्चय गरेर तीन रोपनीमा सुरु गरेको नर्सरी अहिले २० रोपनीमा विस्तार भएको छ ।
एक लाख २० हजारका बेर्ना प्रत्येक महिना उत्पादन भए जुन चितवन, पोखरा, विराटनगर, झापा, धरान, भैरवाह, बुटवल, दाङलगायत सहरमा बिक्री हुने गरेका छन् । “यो व्यवसाय भनेको आजै रोपेर भोलि फल पाइहाल्छु भन्ने होइन,” उनले भने “व्यापारमा सफलता हालिस गर्न धैर्य आवश्यक छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: