महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता रहेको बताएको छन ।
जनकपुरधाममा आज प्रधानाध्यापक सङ्घ नेपालद्वारा आयोजित प्रधानाध्यापकसँग मुख्यमन्त्री संवाद शिक्षा सुधार र भविष्यको दृष्टिकोण कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेशको शिक्षाको स्तर निकै खस्केको चर्चा गर्दै देशका सात वटा जिल्ला साक्षर हुन नसकेकामा दुखेसो गरे।
“अहिले विद्यालयमा परम्परागत आधारमा शिक्षा दिइँदै आएको छ, त्यसलाई आधुनिकताका आधारमा परिवर्तन गर्न जरुरी छ”, उनले भने। आधुनिक शिक्षा कसरी कार्यान्वयनमा ल्याउने र वर्तमान शिक्षा नीति तथा शैलीमा कसरी परिवर्तन ल्याएर प्रदेशलाई साक्षर बनाउनेमा बहस गर्न जरुरी रहेकामा मुख्यमन्त्री सिंहले जोड दिए।
उनले प्रदेशको मातहतमा शिक्षा नभएका कारणसमेत शैक्षिक गुणस्तरमा कमी रहेको बताए। उनले भनेयो, “प्रदेशलाई उच्च शिक्षाको अधिकार दिइएको छ, तर यहाँ स्थानीय तहमार्फत रहेका शिशुदेखि कक्षा १२ सम्मकै अवस्था कमजोर छ, जबसम्म ती कक्षाको शैक्षिक अवस्थामा सुधार आएन भने उच्च शिक्षाको कुनै अर्थ रहँदैन, त्यसका लागि हामीले सङ्घ सरकारसँग पटकपटक स्थानीय तह मातहत रहेका कक्षा १२ सम्मको शैक्षिक अधिकार दिन माग गर्दै आएका छौँ ।”
अन्य राष्ट्रमा शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले नेपालमा शिक्षालाई बेवास्ता गर्दै आएका कारण पनि शैक्षिक अवस्था कमजोर रहेको बताए। “हाम्रो यहाँ विद्यालयमा केही परिवर्तनको आवश्यकता रहेको छ, सबैभन्दा पहिला विद्यालय व्यवस्थापन समिति हटाउनुपर्ने आवश्यकता छ”, उनले भने । उहाँले व्यवस्थापन समितिका कारण हुने गरेको राजनीतिले नै गर्दा शैक्षिक गुणस्तरीयता खस्केकोसमेत बताए ।
उनी भन्छन, “शिक्षक भर्नामा सुधार, शिक्षकको तलब मासिक रुपमा उपलब्ध गराउनुपर्ने र परम्परागतभन्दा आधुनिक प्राविधिक शिक्षामा जोड दिनुपर्छ, अनिमात्रै शिक्षामा सुधार आउनसक्छ, यसमा हामी सबैले बहस गर्न जरुरी छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - २२:००
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकको खोलाले बगाएर मृत्यु भएको छ। बृद्धि विकास माध्यमिक विद्या...
जेष्ठ २२ गते, २०८३ - २१:३६
ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ...
जेष्ठ २२ गते, २०८३ - २१:३०
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...
जेष्ठ २२ गते, २०८३ - २०:१६
बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...
जेष्ठ २२ गते, २०८३ - २०:१३
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...
जेष्ठ २२ गते, २०८३ - २०:०९
काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग ...
जेष्ठ २२ गते, २०८३ - २०:०२
काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आ...
जेष्ठ २२ गते, २०८३ - २०:००
काठमाडौं । काठमाडौं महानगरपालिका वडा–४ स्तरीय दौड प्रतियोगिताको पाँचौँ संस्करण शनिबार हुने भएको छ । प्रतियोगितामा चार सय बढीले प्रतिस्पर्धा गर्ने आयो...
जेष्ठ २२ गते, २०८३ - १९:५४
झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया...
जेष्ठ २२ गते, २०८३ - १९:३७
गुल्मी। गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । ...



प्रतिकृया लेख्नुहोस्: