ताप्लेजुङ । हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी भएको छ । ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रविधिक सहयोग र हिमाली संरक्षण मञ्चको सहजीकरणमा हिउँ चितुवा संरक्षण अभियान सुरु गरिएको छ ।
विसं२०७८ देखि जिल्लाका विभिन्न विद्यालयमा हिउँ चितुवा संरक्षणसम्बन्धी शिक्षा प्रदान गर्न थालिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । उनका अनुसार हाल जिल्लामा ‘हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ’ पाठ्यपुस्तक भाग–१, २, र ३ का माध्यमबाट अध्ययन हुँदैछ ।
हिमाली क्षेत्रका विद्यालयमा हिउँ चितुवाका विषयमा अध्ययन हुँदै आएको छ । फक्ताङलुङ गाउँपालिकाको घुन्सा आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय र रविकला माध्यमिक विद्यालयमा यो अध्ययनलाई विशेष प्राथमिकता दिइएको छ ।
यस्तै, मिक्वाखोला गाउँपालिकाको साँवा माध्यमिक विद्यालय र बालदेन माध्यमिक विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई पनि हिउँ चितुवा संरक्षणसम्बन्धी शिक्षा प्रदान गरिँदै आएको छ । सिरिजङ्घा गाउँपालिकाको सरस्वती माविलाई समेत समेट्दै ताप्लेजुङका छवटा विद्यालयमा हाल तीन सय ७८ विद्यार्थीले हिउँ चितुवाका विषयमा अध्ययन गर्दै आएका छन् ।
हिमाली संरक्षण मञ्चको सहजीकरणमा यहाँ हिउँ चितुवा संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । नेचर टुर, रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण र हिउँ चितुवा प्रकृति भ्रमणजस्ता कार्यक्रममार्फत विद्यार्थी र समुदायलाई संरक्षणप्रति जागरूक कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक राईले बताए ।
राईका अनुसार समुदायसँग चिया–कफीका कार्यक्रम आयोजना गर्दै हिउँ चितुवाको महत्त्वबारे छलफल गरिँदै आएको छ । प्रत्येक वर्ष कात्तिक ७ गते अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरिन्छ । यस दिन विद्यार्थी र समुदायलाई लक्षित गरी विविध क्रियाकलाप सञ्चालन हुने गर्छ ।
फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार विद्यालयस्तरबाटै संरक्षण शिक्षाको थालनी हुनु जैविक विविधता जोगाउनका लागि अत्यन्त सकारात्मक कार्यक्रम भएको छ । फक्ताङलुङ बालबालिकामा प्रकृति र वन्यजन्तुप्रतिको सद्भाव र संरक्षणको भावना विकास गर्न मद्दत पुर्याएको गाउँपालिका–५ का वडाध्यक्ष देउप्रसाद ताप्मादेनले बताए ।
हिमाली संरक्षण मञ्चका सचिव विवस केदेमका अनुसार संरक्षण अभियानमा समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न विभिन्न गतिविधि सञ्चालन गरिएका छन् । हिमाली क्षेत्रका स्थानीय बासिन्दासँग हिमचितुवाको विषयमा खुला छलफल गर्न चिया–कफीका कार्यक्रम प्रभावकारी हुँदै आएको केदेमले बताए ।
यस्तै विद्यालयमा नेचर टूरको आयोजना गरेर विद्यार्थीलाई प्रत्यक्ष रूपमा जैविक विविधताको अवलोकन गराइन्छ । विद्यालयस्तरबाटै विद्यार्थी र समुदायमा हिउँ चितुवा र बासस्थानको महत्वबारे चेतना फैलाउने काम भइरहेको हिमाली संरक्षण मञ्चले जनाएको छ । हिमाली पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्दै जैविक विविधताको संरक्षण गर्ने कायम भइरहेको छ ।
विद्यार्थीहरूमा सुरुदेखि नै संरक्षणको भावना विकास गरेमा भविष्यमा संरक्षणका चुनौतीसँग सामना गर्न सजिलो हुने सरोकारवालाको भनाइ छ । यसले हिमाली क्षेत्रमा जैविक विविधता संरक्षणमा टेवा पुग्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: