Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

शीतलहर तथा बाक्लो हुस्सुबाट कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित

खबरडबली संवाददाता

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको जनजीवन शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएको छ । बिहानै विद्यालय जाने बालबालिका, वृद्धवृद्धा, विपन्न परिवार शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएका छन् ।

शीतलहर चल्ने क्रमसँगै निकै चिसो बढेपछि विद्यालय जाने बालबालिकामा ज्वरो, टाउको दुख्न, पेट दुख्नेलगायतका समस्या देखा पर्न थालेको छ । वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या देखा परेको छ । आर्थिक रुपमा विपन्न परिवार र विभिन्न शिविरमा झोपडी बनाएर बस्दै आएका सुकुम्वासी, भूमिहीन परिवार ओढ्ने बिछ्याउने न्यानो कपडाको अभावमा चिसो सहेर बस्न बाध्य छन् । 

कठ्याङ्ग्रिँदो चिसोका कारण मजदुरी गर्नमा पनि ती परिवारले कठिनाइको सामना गर्नुपरिरहेको छ । वनहरा शिविरमा बस्दै आएका मानध्वज लुहार चिसोका कारण बाह्य क्षेत्रमा हिँडडुल गर्न अप्ठेरो परेको बताउँछन् । वर्षौं पहिले दातृ निकायले दिएको प्लाष्टिकको त्रिपालबाट शीतको थोपा चुहिँदा झोपडीभित्रका ओढ्ने बिछ्याउने कपडा निथ्रुक्क भिज्ने गरेकाले आगो बालेर न्यानो गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

‘शिविरमा बस्दै आएका धेरै परिवारसँग न्यानो ओढ्ने बिछ्याउने कपडा नहुँदा आगो नै एकमात्रै सहारा बनेको छ’, उनले भने, ‘आर्थिक अवस्था दयनीय हुँदा किन्ने क्षमता छैन, अरु वर्ष दातृ निकायले दिन्थे दुई वर्षदेखि कोही पनि सहयोग गर्न शिविर छिरेका छैनन् ।’ बिहानीपखको समयमा महाकाली नदीबाट नदीजन्य पदार्थ ट्र्याक्टरमा ढुवानी गर्दै आएका मनोज चौधरीले बाक्लो हुस्सुका कारण सडकमा देख्नका लागि मुस्किल हुन थालेपछि दिउँसोपख मात्रै काममा जाने गरेको बताए । 

‘बाक्लो हुस्सु लाग्छ”, चौधरीले भने, ‘सडकमा देख्न नै मुस्किल हुन थालेकाले दुर्घटनाको डरले दिउँसोपख मात्रै ट्र्याक्टर चलाउनुपरेको छ ।’ शीतलहर र हुस्सुका कारण किसानले खेतबारीमा लगाएको तरकारीबालीमा डडुवा रोगको सङ्क्रमण देखिएको छ । रोगको सङ्क्रमणले सबैभन्दा बढी आलुबालीमा क्षति पु¥याउन थालेको स्थानीय किसानको भनाइ छ ।

चिसोका कारण स्वास्थ्य संस्थामा विगतको तुलनामा बिरामीको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको पिपलाडी स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टले बताए । रुघाखोकी, ज्वरो, स्वासप्रश्वासका बिरामी बढी स्वास्थ्य चौकी पुग्ने गरेको उनको भनाइ छ । दिउँसो १२ बजेपछि कुनै दिन घाम लाग्ने गरे पनि अधिकांश समय शीतलहर र हुस्सु लाग्ने गरेको छ । बिहानीको समय र साँझको समय भने निकै चिसो हुने गरेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending