धरान । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ तर पूर्ण नभएको बताए। धरान उपमहानगरपालिकामा रहेको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बनिएको नवनिर्मित जलेको घाउ उपचार गर्ने इकाई, क्यान्सर उपचार ईकाई र फार्मेसि भवनको उद्धघाटन गर्ने क्रममा उनले उक्त कुरा बताएको हो ।
यो अपूर्णतालाई अन्त्य गर्नका लागी प्रभावकारी सेवा उपलब्ध गराउने गरी उपचारलाई अगाडी बढाउनुपर्छ जसमा सस्तो, सर्वसुलभ र विपन्न नसक्ने वर्गलाई निःशुल्क उपचार हुनुपर्ने बताए। त्यो सेवा उपलब्ध गराउने पहिलो अस्पताल विपि अस्पताल हुनुपर्ने समेत स्वास्थ्यमन्त्री पौडेल बताए।
सरकारी प्रतिष्ठान भएकोले कुनै पनि औषधी छैन भन्नु गैरकानुनी भएकोले सबै औषधी राख्न जरुरी रहेको स्वास्थ्यमन्त्री पौडेल बताए। जति धेरै औषधि राखियो त्यति धेरै सेवा हुने उनले बताए।
फार्मेसीले मात्र औषधी बेच्न पाउने रहेकोले फार्मेसीले अब सबै प्रकारको औषधी राख्नुपर्ने बताउँदै आम नागरिकलालई लक्षित गरी फार्मेसी सञ्चालन गर्न आग्रह गर्दै औषधीको लिष्ट सुचिकृत सहितको बोर्ड पनि बाहिर टाँसन जरुरी रहेको स्वास्थ्यमन्त्री पौडेल बताए ।
किमो दिन पनि काठमाडौं, चितवन जानुपर्ने अवस्था रहेकोले आमनागरिकको सेवाको लागी सातै प्रदेशमा क्यान्सर उपचार विस्तार गर्ने कार्यक्रम राखेकोमा धनगढी, भेरी, सुर्खेत लगायत सबै प्रदेशमा सुरु भएको छ भने विपी अस्पतालमा समेत प्रभावकारी रुपमा उपचार गर्न शुरु गरिएको उनले बताए ।
नेपालको आठ अस्पतालमा जलनको उपचार गर्न विपन्न वर्गलाई निःशुल्क दिने निर्णय गरी लागु गरिएको बताए । काठमाडौंको विर अस्पताल, किर्तिपुर, अस्पताल लगायत विपी अस्पतालमा समेत आजबाट शुरु गरिएको स्वास्थ्यमन्त्री पौडेल बताए।
यस अस्पतालले धेरै मानिसहरुलाई सेवा दिई रहेकोमा अझै तिन प्रकारको सेवा दिनलाई सुरु गरेकोमा खुशि व्यक्त समेत गरे। अस्पतालले यस क्षेत्रको बिरामीहरुलाई मात्र नभएर यस क्षेत्र बाहेक अन्य क्षेत्रका मानिसहरुले पनि सुविधा पाउने उनले बताए।
उपचार गर्ने मान्छेले प्रेसरमा काम गर्न नसक्ने भएकोले चिकित्सकहरुलाई डरत्रासभय रहित कानुनि व्यवस्था गरी र चिकित्सकहरुलाई सम्मान गर्न जरुरी रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - १७:२०
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको बढ्दो सहभागितालाई उत्साहजनक बताएका छन्। उनले एकातर्फ युवाको भूमिकालाई सक...
चैत्र ३० गते, २०८२ - १६:५८
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नरा...
चैत्र ३० गते, २०८२ - १६:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि निम्तो आएको बताएका छन्। सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्...
चैत्र ३० गते, २०८२ - १६:३४
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गतेका लागि बोलाएको छ। अनुशासन समितिका सचिव दिनेश...
चैत्र ३० गते, २०८२ - १५:५०
काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर।के। कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्की...
चैत्र ३० गते, २०८२ - १५:४५
काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। वर्षौंदेखि भाडा नतिर्ने ५६ वटा सटल...
चैत्र ३० गते, २०८२ - १५:३१
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्। छलफल सिंहदरबारस्थित ...
चैत्र ३० गते, २०८२ - १५:१७
जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका स्थानीय कार्यकर्ताले प्...
चैत्र ३० गते, २०८२ - १५:०२
काठमाडौं । सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणी पछि हटाएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको ...
चैत्र ३० गते, २०८२ - १४:५३
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुप...


प्रतिकृया लेख्नुहोस्: