Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले जनजीवन प्रभावित

खबरडबली संवाददाता

बर्दीबास । तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले यहाँको जनजीवन प्रभावित भएको छ । चीसो स्याँठ, बाक्लो हुस्सु र वर्षाझैं परिरहेका बाक्लो तुषारोले सडकमा चहलपहल घटेको छ ।उसमाथि बेलाबेला चल्ने पश्चिमा स्याँठले जनजीवनलाई थप अस्तब्यस्त पारेको छ ।

साता दिनदेखि जिल्लाको दक्षिणी भेगमा बढ्दै गएको शीतलहरको प्रकोपले सोमबारदेखि उत्तरी भेगलाई पनि छोपेको छ । यो वर्ष शीतलहरले समयशारिणी फेरेको अनुभूति गराएको छ । विगत वर्षहरुमा प्राय पुसमा लाग्ने शीतलहर यो वर्ष माघ दोश्रो साताबाट सुरु भएकोले कहिलेसम्म लम्बिने हो अनिश्चित छ । 

यसबिच यहाँको न्यूनतम तापक्रम १० देखि ९ डिग्रीमा झरेको छ । मौसमविद्हरुका अनुसार मौसमी तापक्रम १० डिग्रीभन्दा तल झ¥यो भने तराई क्षेत्रमा शीतलहरको प्रकोप मानिन्छ । बाक्लो कुहिरो र कम भिजिविलिटीको असर सवारी आवागमनमा पनि देखिएको छ । सधै सवारीको चाप रहेने बर्दीबासस्थित पूर्वपश्चिम र वीपी राजमार्गमा पनि फाट्टफुट्ट मात्र सवारी चलेका छन् । 

शीतलहर लम्बिदै जाँदा हाट बजारमा भीडभाड घटेको छ भने अस्पतालहरुमा विरामीको चाप बढ्न थालेको छ । जाडोमा च्याप्ने दम, स्वासप्रस्वास, कोल्ड डाइरिया जस्ता विरामीको संख्या बढ्न थालेको चिकित्सकहरुले जनाएका छन् । 

बर्दीबास अस्पतालको बहिरंग सेवामा यस्ता विरामीको संख्या दैनिक ८० देखि ९० जनासम्म आउने गरेको असपतालका डा रितेश घिमिरेले बताए। अस्पतालको आकस्मिक कक्षमा गभिर अवस्थाका १५ जनाभन्दा बढी जाडोका विरामी भर्ना हुने गरेको डा घिमिरेले जनाए । त्यस्तै जलेश्वरस्थित प्रादेशिक असपतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकासकुमार साहका अनुसार त्यहाँ पनि दैनिक ७५ देखि ८० जनासम्म जाडोका विरामी आउने गरेका छन् । 

चीसोबाट न जोगिए शरीरलाई आवश्यक तापक्रम घटेर ‘हाईपोथरमिया’ को डर हुने हुँदा यस्तो अवस्थाबाट जोगिन बिनाकाम घरबाहिर ननिसकन, शरीर न्यानो राख्न र खानपानमा विशेष ध्यान दिन दुवै चिकित्सकको सुझाव छ । जाडोको प्रभाव कृषि तथा उद्योगमा पनि देखिएको छ । कृषि मजदुर काममा निस्कन नसकेपछि रामनगरस्थित चिनी मिलमा उखुको अभाव भएको छ । मौसमी चीसो थप बढ्दै गएकोले उखुको आपूर्ति ठप्पप्राय भएको एभरेष्टले जनाएको छ । 

एभरेष्टका महाप्रवन्धक सुरेन्द्र शुक्लाले उखु अभावले अहिले ९शुक्रवार० विहान ११ बजेपछि क्रसिङ ठप्प हुने अवस्थामा पुगेको बताए। प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले जाडोबाट प्रभावितको उद्धार गर्न सामुहिक प्रयासको निर्णय गरेको छ । सहयाक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले स्थानीय तहसँगको सहकार्यमा जाडोबाट प्रभावितको पहिचान गरि दाउरा र त्यसपछि न्यानो कपडा वितरण गर्ने संघ संस्थाहरुसंग सहमति भएको जनाए। 

यो सहमतिसँगै नेपाली सेनाले न्यानो अभियानअन्र्तगत कम्वल र डिभिजन वन कार्यालयले दाउरा वितरण सुरु गरेपछि सर्वसाधरणले न्यानोको अनुभूति गरेको जनाएका छन्  । 

प्रकौलीस्थित सेनाको श्री गोरखनाथ गणले औरही र मटिहानी नगरपालिका तथा सोनमा गाँउपालिकाका ७०० परिवारलाई कम्वल वितरण गरेको जनाएको छ । गणपति विनोद विकाश पाठकका अनुसार कम्वल वितरण गरिएकामा अधिकांश मुसहर समुदाय र केही अति विपन्न परिवार छन् । 

त्यस्तै डिभिजन वन कार्यालय महोत्तरीले पहिलोपटक सार्वजनिकरुपमा दाउरा वितरण गरेको छ । विभिन्न सरकारी कार्यालय लगाएत मटिहानी, बर्दीबास, जलेश्वर, समसी, समसी, औरही नगरपालिकाका सार्वजनिक चोक, मठमन्दिर, बजार एरिया, दलित तथा विपन्न बस्तिमा वितरण गरेको कार्यालयले जनाएको छ । 

डिभिजन प्रमुख अजयकुमार मिश्रका अनुसार अहिलेसम्म १ ट्रक र ५० ट्रयाक्टर गरि १५ चट्टा दाउरा निशुल्क वितरण गरिएको बताए। शीतलहर लम्बिदै गए थप दाउरा वितरणको तयारी गरिएको मिश्रको भनाइ छ । बर्दीबास नगरपालिकाले पनि आन्तरिक श्रोत तथा डिभिजन वनको सहकार्यमा सार्वजनिक स्थलमा दाउरा वितरण गरेको जनाएको छ ।  

कृषि ज्ञान केन्द«का अनुसार शीतलहरको प्रकोप हिउँदे बालीमा पनि देखिन थालेको छ । चीसो बढदै गएपछि आलु, गोलभेडा बालिमा डढुवा रोगको बढन् थालेको छ । घाम नलाग्दा प्रकाश सुंसलेषणको अभावले लहरे तरकारीको बृद्धि विकाश प्रभावित भएको जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending