Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले जनजीवन प्रभावित

खबरडबली संवाददाता

बर्दीबास । तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले यहाँको जनजीवन प्रभावित भएको छ । चीसो स्याँठ, बाक्लो हुस्सु र वर्षाझैं परिरहेका बाक्लो तुषारोले सडकमा चहलपहल घटेको छ ।उसमाथि बेलाबेला चल्ने पश्चिमा स्याँठले जनजीवनलाई थप अस्तब्यस्त पारेको छ ।

साता दिनदेखि जिल्लाको दक्षिणी भेगमा बढ्दै गएको शीतलहरको प्रकोपले सोमबारदेखि उत्तरी भेगलाई पनि छोपेको छ । यो वर्ष शीतलहरले समयशारिणी फेरेको अनुभूति गराएको छ । विगत वर्षहरुमा प्राय पुसमा लाग्ने शीतलहर यो वर्ष माघ दोश्रो साताबाट सुरु भएकोले कहिलेसम्म लम्बिने हो अनिश्चित छ । 

यसबिच यहाँको न्यूनतम तापक्रम १० देखि ९ डिग्रीमा झरेको छ । मौसमविद्हरुका अनुसार मौसमी तापक्रम १० डिग्रीभन्दा तल झ¥यो भने तराई क्षेत्रमा शीतलहरको प्रकोप मानिन्छ । बाक्लो कुहिरो र कम भिजिविलिटीको असर सवारी आवागमनमा पनि देखिएको छ । सधै सवारीको चाप रहेने बर्दीबासस्थित पूर्वपश्चिम र वीपी राजमार्गमा पनि फाट्टफुट्ट मात्र सवारी चलेका छन् । 

शीतलहर लम्बिदै जाँदा हाट बजारमा भीडभाड घटेको छ भने अस्पतालहरुमा विरामीको चाप बढ्न थालेको छ । जाडोमा च्याप्ने दम, स्वासप्रस्वास, कोल्ड डाइरिया जस्ता विरामीको संख्या बढ्न थालेको चिकित्सकहरुले जनाएका छन् । 

बर्दीबास अस्पतालको बहिरंग सेवामा यस्ता विरामीको संख्या दैनिक ८० देखि ९० जनासम्म आउने गरेको असपतालका डा रितेश घिमिरेले बताए। अस्पतालको आकस्मिक कक्षमा गभिर अवस्थाका १५ जनाभन्दा बढी जाडोका विरामी भर्ना हुने गरेको डा घिमिरेले जनाए । त्यस्तै जलेश्वरस्थित प्रादेशिक असपतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकासकुमार साहका अनुसार त्यहाँ पनि दैनिक ७५ देखि ८० जनासम्म जाडोका विरामी आउने गरेका छन् । 

चीसोबाट न जोगिए शरीरलाई आवश्यक तापक्रम घटेर ‘हाईपोथरमिया’ को डर हुने हुँदा यस्तो अवस्थाबाट जोगिन बिनाकाम घरबाहिर ननिसकन, शरीर न्यानो राख्न र खानपानमा विशेष ध्यान दिन दुवै चिकित्सकको सुझाव छ । जाडोको प्रभाव कृषि तथा उद्योगमा पनि देखिएको छ । कृषि मजदुर काममा निस्कन नसकेपछि रामनगरस्थित चिनी मिलमा उखुको अभाव भएको छ । मौसमी चीसो थप बढ्दै गएकोले उखुको आपूर्ति ठप्पप्राय भएको एभरेष्टले जनाएको छ । 

एभरेष्टका महाप्रवन्धक सुरेन्द्र शुक्लाले उखु अभावले अहिले ९शुक्रवार० विहान ११ बजेपछि क्रसिङ ठप्प हुने अवस्थामा पुगेको बताए। प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले जाडोबाट प्रभावितको उद्धार गर्न सामुहिक प्रयासको निर्णय गरेको छ । सहयाक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले स्थानीय तहसँगको सहकार्यमा जाडोबाट प्रभावितको पहिचान गरि दाउरा र त्यसपछि न्यानो कपडा वितरण गर्ने संघ संस्थाहरुसंग सहमति भएको जनाए। 

यो सहमतिसँगै नेपाली सेनाले न्यानो अभियानअन्र्तगत कम्वल र डिभिजन वन कार्यालयले दाउरा वितरण सुरु गरेपछि सर्वसाधरणले न्यानोको अनुभूति गरेको जनाएका छन्  । 

प्रकौलीस्थित सेनाको श्री गोरखनाथ गणले औरही र मटिहानी नगरपालिका तथा सोनमा गाँउपालिकाका ७०० परिवारलाई कम्वल वितरण गरेको जनाएको छ । गणपति विनोद विकाश पाठकका अनुसार कम्वल वितरण गरिएकामा अधिकांश मुसहर समुदाय र केही अति विपन्न परिवार छन् । 

त्यस्तै डिभिजन वन कार्यालय महोत्तरीले पहिलोपटक सार्वजनिकरुपमा दाउरा वितरण गरेको छ । विभिन्न सरकारी कार्यालय लगाएत मटिहानी, बर्दीबास, जलेश्वर, समसी, समसी, औरही नगरपालिकाका सार्वजनिक चोक, मठमन्दिर, बजार एरिया, दलित तथा विपन्न बस्तिमा वितरण गरेको कार्यालयले जनाएको छ । 

डिभिजन प्रमुख अजयकुमार मिश्रका अनुसार अहिलेसम्म १ ट्रक र ५० ट्रयाक्टर गरि १५ चट्टा दाउरा निशुल्क वितरण गरिएको बताए। शीतलहर लम्बिदै गए थप दाउरा वितरणको तयारी गरिएको मिश्रको भनाइ छ । बर्दीबास नगरपालिकाले पनि आन्तरिक श्रोत तथा डिभिजन वनको सहकार्यमा सार्वजनिक स्थलमा दाउरा वितरण गरेको जनाएको छ ।  

कृषि ज्ञान केन्द«का अनुसार शीतलहरको प्रकोप हिउँदे बालीमा पनि देखिन थालेको छ । चीसो बढदै गएपछि आलु, गोलभेडा बालिमा डढुवा रोगको बढन् थालेको छ । घाम नलाग्दा प्रकाश सुंसलेषणको अभावले लहरे तरकारीको बृद्धि विकाश प्रभावित भएको जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घर फर्किने सपना बीचमै टुट्यो: खोलाले बगायो दुई निर्दोष बालक

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकको खोलाले बगाएर मृत्यु भएको छ। बृद्धि विकास माध्यमिक विद्या...

लिखु–४ जलविद्युत्को वातावरणीय बजेट खर्चमाथि प्रश्न, गाउँपालिकाले माग्यो स्पष्टिकरण

ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ...

लालीगुराँस सहकारीका ९४३ ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...

भूमिहीन र सुकुमवासीमाथि ‘डोजर अभियान’ रोक्न सरकारलाई चेतावनी

बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...

भायानेटको नयाँ अफर : वाईफाई ६ इन्टरनेट, भायाटिभी र डामी एप सुविधा एउटै प्याकेजमा

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...

एनआई सी एशिया बैंकद्वारा आश्रम र विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण

काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग ...

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आ...

काठमाडौं–४ मा भोलि वडास्तरीय दौड प्रतियोगिता

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–४ स्तरीय दौड प्रतियोगिताको पाँचौँ संस्करण शनिबार हुने भएको छ ।  प्रतियोगितामा चार सय बढीले प्रतिस्पर्धा गर्ने आयो...

रमा तिवारी हत्या प्रकरण : लेनदेन विवादपछि हत्या, भारतीय नागरिक पक्राउ

झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया...

रास्वपा सांसद ढकाल सवार गाडी दुघर्टना

गुल्मी। गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending