Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

राष्ट्रिय गौरबको सुनकोशी आयोजनाको तटबन्ध निर्माणसँगै जग्गाधनी आन्दोलित

खबरडबली संवाददाता

कुसुमटार । राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत मरिण खोलामा तटबन्ध निर्माण सुरुसँगै जग्गाधनीहरु आन्दोलित बनेका छन् ।

आयोजनाले पहिले खोलाको बहाव क्षेत्रमा तटबन्ध नगरी हाल खोला हिंडिरहेको जग्गाधनीको जग्गामा तटबन्ध सुरु गरेपछि आफूहरु आन्दोलित हुनु परेको जग्गाधनीहरुको गुनासो छ । आयोजनाले सुनकोशी नदीको पानी सुरुङमार्फत मरिण खोलामा मिसाउँदा मरिण क्षेत्रको उर्बर जमिन डुबान र कटानमा पर्ने भएकाले दुबै किनारमा तटबन्ध निर्माण थालेको छ ।

हाल मरिण खोला बगिरहेको क्षेत्रलाई आधार मानी तटबन्ध गर्दा आफूहरु सुकुम्वासी हुने भन्दै आयोजना प्रभावित क्षेत्रका किसानले पहिलेको खोला हिंडे(नक्सा अनुसार)को ठाउँ अनुसार तटबन्ध निर्माणको माग गर्दैै सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, कमलामाई नगरपालिका कार्यालय र सम्बन्धित वडा कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

कमलामाई नगरपालिका–१ निवासी किसान नरेश ढकाल नक्सा अनुसार पहिले खोला हिँडेको ठाउँमा तटबन्ध निर्माणको माग गर्दै आफूहरु आन्दोलित हुनुपरेको गुनासो गर्छन् । उनले भने, ‘‘हामीहरु विकास विरोधी होइनौं । नक्सा अनुसार पहिले खोला हिँडेको ठाउँमा खेत बिराएर अर्काले बाली लगाएर उपभोग गरिरहेको छ । अहिले खोला बगिरहेको ठाउँमा हामीले बर्सेनि कर९तिरो० तिरिरहेका छौं ।’’

नक्सा अनुसार खोला हिँडेको ठाउँलाई आधार मानी तटबन्ध निर्माण गर्नुपर्ने स्थानीय किसानको माग रहेको उनले जानकारी दिए। ‘‘अहिले खोलो बगेको ठाउँलाई आधार मानी तटबन्ध निर्माण गर्दा दुईरतीन बिघाका मालिक रहेका किसान पनि सुकुम्वासी हुने अवस्था आएको छ,’’ उनले भने, ‘‘नक्सा अनुसार खोलाको भाग छुट्याएर तटबन्ध निर्माण गरौं । नपुगे खोलाको दुबै किनारबाट सबैलाई न्याय हुने गरी तटबन्ध गरौं भन्ने मात्र हाम्रो माग हो ।’’

सोही ठाउँका अर्का किसान प्रतिमान बम्जनले आयोजनाले जबर्जस्ती काम गरे पीडित किसान न्यायको माग गर्दै सर्वोच्च अदालतसम्म जाते तयारी गरिरहेको बताउनुहुन्छ । आयोजनाले तटबन्ध निर्माणका लागि प्रभावित क्षेत्रमा किसानको जग्गामा रातो रिबन बाँधेर किला ठोकेर रेखाङ्कन गरेको र ती किला पीडित किसानले उखेलेर फालिदिएको उनले बताए ।

‘‘आयोजना आयो, हामीलाई धेरै खुसी लागेको छ,’’ उनले भने, ‘‘यो आयोजना पहिले नै आउनुपर्दथ्यो, ढिला आयो । तर आयोजनाको काम सुरु भएसँगै आफूहरु सुकुम्बासी हुने भएपछि आन्दोलित हुनुपरेको हो ।’’

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका अनुसार सुनकोशीको पानी मरिण खोलामा खस्ने कुसुमटारदेखि बागमती नदीसम्म मरिण खोलाको बहाब क्षेत्र करिब ४० किलोमिटर लम्बाइमा छ प्याकेजमा दुबै किनारामा तटबन्ध सुरु भएको छ ।

गत वर्ष पहिलो प्याकेजअन्तर्गत दुई किलोमिटर तटबन्ध गर्न काम सुरु भइसकेको छ । हाल दोस्रो प्याकेजअन्तर्गत छ किलोमिटर तटबन्ध गर्ने तयारी भइरहेको छ सुनकोशी नदीको पानी मरिण खोलामा मिसाउँदा डुबान र कटान हुने क्षेत्र पहिचान गरी त्यहाँ तटबन्ध गरेर जग्गाको सुरक्षा गर्न लागिएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख बद्री कार्कीले संवेदनशील क्षेत्र पहिचार गरी ती ठाउँमा तटबन्ध निर्माणको काम अघि बढेको उहाँले बताउनुभयो । तटबन्ध निर्माण कार्य पनि स्थानीय समुदायको सहमतिमा वरपर सार्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

पहिलो प्याकेज जय माँ स्वर्गद्वारी–सिद्धकाली–कालिका भगवती जेभि निर्माण कम्पनीसँग सम्झौता भई निर्माण कार्य सुरु भएको र उक्त कार्य मूल्य अभिवृद्धि करसहित सात करोड १३ लाख ४७ हजार ३९१ रुपियाँमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।

दोस्रो प्याकेजका लागि स्रोत सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयमा फाइल गएको र स्रोत सुनिश्चित भएपछि यो वर्ष ठेक्का सम्झौता हुने आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो ।

उनका अनुसार सुनकोशी तथा तामाकोशीको दोभानभन्दा नौ सय मिटर तल सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र  एक सय ५८ मिटर  लामो बाँध निर्माण गरी पानी बग्ने ५ दशमलव ५ डायमिटरको १३ दशमलव तीन किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिणखोलामा खसालिने योजना छ ।

उक्त आयोजनाअन्तर्गत ३१ दशमलव सात मेघावाट विद्युत् उत्पादन गर्ने र सुनकोशी नदीको पानीलाई बागमती सिँचाइ आयोजनामा पुर्‍याई तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा वर्षभरि नै सिँचाइ सुविधा पुर्‍याउने मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राज्य सञ्चालनमा युवाको बढ्दो सहभागिता उत्साहजनक : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको बढ्दो सहभागितालाई उत्साहजनक बताएका छन्। उनले एकातर्फ युवाको भूमिकालाई सक...

सशस्त्र प्रहरीलाई व्यावसायिक र दक्ष बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नरा...

प्रधानमन्त्रीको भारत भ्रमणको निम्तो आइसकेको छ, यद्यपि मिति तय भएको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि निम्तो आएको बताएका छन्। सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्...

कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक वैशाख २ मा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गतेका लागि बोलाएको छ। अनुशासन समितिका सचिव दिनेश...

प्रशासकीय अधिकृत र आरके कन्स्ट्रक्सन सञ्चालकविरुद्ध अख्तियारद्वारा मुद्दा, जनही २२ लाख ४४ हजार बिगो माग

काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर।के। कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्की...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। वर्षौंदेखि भाडा नतिर्ने ५६ वटा सटल...

बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्री शाह छलफलमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्। छलफल सिंहदरबारस्थित ...

जलेश्वरमा सांसद अमरेश सिंहविरुद्ध आफ्नै पार्टी कार्यकर्ताको गरे नाराबाजी

जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका स्थानीय कार्यकर्ताले प्...

चर्को आलोचना भएपछि गृहमन्त्री गुरुङले हटाए सम्पत्ति विवरणबारे लेखेको पोस्ट

काठमाडौं । सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणी पछि हटाएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको ...

संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुप...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending