Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

राष्ट्रिय गौरबको सुनकोशी आयोजनाको तटबन्ध निर्माणसँगै जग्गाधनी आन्दोलित

खबरडबली संवाददाता

कुसुमटार । राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत मरिण खोलामा तटबन्ध निर्माण सुरुसँगै जग्गाधनीहरु आन्दोलित बनेका छन् ।

आयोजनाले पहिले खोलाको बहाव क्षेत्रमा तटबन्ध नगरी हाल खोला हिंडिरहेको जग्गाधनीको जग्गामा तटबन्ध सुरु गरेपछि आफूहरु आन्दोलित हुनु परेको जग्गाधनीहरुको गुनासो छ । आयोजनाले सुनकोशी नदीको पानी सुरुङमार्फत मरिण खोलामा मिसाउँदा मरिण क्षेत्रको उर्बर जमिन डुबान र कटानमा पर्ने भएकाले दुबै किनारमा तटबन्ध निर्माण थालेको छ ।

हाल मरिण खोला बगिरहेको क्षेत्रलाई आधार मानी तटबन्ध गर्दा आफूहरु सुकुम्वासी हुने भन्दै आयोजना प्रभावित क्षेत्रका किसानले पहिलेको खोला हिंडे(नक्सा अनुसार)को ठाउँ अनुसार तटबन्ध निर्माणको माग गर्दैै सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, कमलामाई नगरपालिका कार्यालय र सम्बन्धित वडा कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

कमलामाई नगरपालिका–१ निवासी किसान नरेश ढकाल नक्सा अनुसार पहिले खोला हिँडेको ठाउँमा तटबन्ध निर्माणको माग गर्दै आफूहरु आन्दोलित हुनुपरेको गुनासो गर्छन् । उनले भने, ‘‘हामीहरु विकास विरोधी होइनौं । नक्सा अनुसार पहिले खोला हिँडेको ठाउँमा खेत बिराएर अर्काले बाली लगाएर उपभोग गरिरहेको छ । अहिले खोला बगिरहेको ठाउँमा हामीले बर्सेनि कर९तिरो० तिरिरहेका छौं ।’’

नक्सा अनुसार खोला हिँडेको ठाउँलाई आधार मानी तटबन्ध निर्माण गर्नुपर्ने स्थानीय किसानको माग रहेको उनले जानकारी दिए। ‘‘अहिले खोलो बगेको ठाउँलाई आधार मानी तटबन्ध निर्माण गर्दा दुईरतीन बिघाका मालिक रहेका किसान पनि सुकुम्वासी हुने अवस्था आएको छ,’’ उनले भने, ‘‘नक्सा अनुसार खोलाको भाग छुट्याएर तटबन्ध निर्माण गरौं । नपुगे खोलाको दुबै किनारबाट सबैलाई न्याय हुने गरी तटबन्ध गरौं भन्ने मात्र हाम्रो माग हो ।’’

सोही ठाउँका अर्का किसान प्रतिमान बम्जनले आयोजनाले जबर्जस्ती काम गरे पीडित किसान न्यायको माग गर्दै सर्वोच्च अदालतसम्म जाते तयारी गरिरहेको बताउनुहुन्छ । आयोजनाले तटबन्ध निर्माणका लागि प्रभावित क्षेत्रमा किसानको जग्गामा रातो रिबन बाँधेर किला ठोकेर रेखाङ्कन गरेको र ती किला पीडित किसानले उखेलेर फालिदिएको उनले बताए ।

‘‘आयोजना आयो, हामीलाई धेरै खुसी लागेको छ,’’ उनले भने, ‘‘यो आयोजना पहिले नै आउनुपर्दथ्यो, ढिला आयो । तर आयोजनाको काम सुरु भएसँगै आफूहरु सुकुम्बासी हुने भएपछि आन्दोलित हुनुपरेको हो ।’’

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका अनुसार सुनकोशीको पानी मरिण खोलामा खस्ने कुसुमटारदेखि बागमती नदीसम्म मरिण खोलाको बहाब क्षेत्र करिब ४० किलोमिटर लम्बाइमा छ प्याकेजमा दुबै किनारामा तटबन्ध सुरु भएको छ ।

गत वर्ष पहिलो प्याकेजअन्तर्गत दुई किलोमिटर तटबन्ध गर्न काम सुरु भइसकेको छ । हाल दोस्रो प्याकेजअन्तर्गत छ किलोमिटर तटबन्ध गर्ने तयारी भइरहेको छ सुनकोशी नदीको पानी मरिण खोलामा मिसाउँदा डुबान र कटान हुने क्षेत्र पहिचान गरी त्यहाँ तटबन्ध गरेर जग्गाको सुरक्षा गर्न लागिएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख बद्री कार्कीले संवेदनशील क्षेत्र पहिचार गरी ती ठाउँमा तटबन्ध निर्माणको काम अघि बढेको उहाँले बताउनुभयो । तटबन्ध निर्माण कार्य पनि स्थानीय समुदायको सहमतिमा वरपर सार्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

पहिलो प्याकेज जय माँ स्वर्गद्वारी–सिद्धकाली–कालिका भगवती जेभि निर्माण कम्पनीसँग सम्झौता भई निर्माण कार्य सुरु भएको र उक्त कार्य मूल्य अभिवृद्धि करसहित सात करोड १३ लाख ४७ हजार ३९१ रुपियाँमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।

दोस्रो प्याकेजका लागि स्रोत सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयमा फाइल गएको र स्रोत सुनिश्चित भएपछि यो वर्ष ठेक्का सम्झौता हुने आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो ।

उनका अनुसार सुनकोशी तथा तामाकोशीको दोभानभन्दा नौ सय मिटर तल सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र  एक सय ५८ मिटर  लामो बाँध निर्माण गरी पानी बग्ने ५ दशमलव ५ डायमिटरको १३ दशमलव तीन किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिणखोलामा खसालिने योजना छ ।

उक्त आयोजनाअन्तर्गत ३१ दशमलव सात मेघावाट विद्युत् उत्पादन गर्ने र सुनकोशी नदीको पानीलाई बागमती सिँचाइ आयोजनामा पुर्‍याई तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा वर्षभरि नै सिँचाइ सुविधा पुर्‍याउने मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending