लेखनाथ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनतामा रहेको निराशा चिर्दै विकास र समृद्धिको लय समात्न अध्यादेश ल्याइएको बताएको छन। नेकपा (एमाले) कास्कीले बुधबार पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पौडेलले संसद छलेर अध्यादेश ल्याइएको भन्ने आरोपमा सत्यता नभएको उल्लेख गरे।
“सबैतिर अस्तव्यस्त, अर्थतन्त्र लथालिङ, जनतामा चरम निराशा रहेकाले त्यसलाई चिर्न अध्यादेश ल्याइएको हो,” उनले भने, “सरकारलाई सदनप्रति पूर्ण विश्वास छ। अहिलेको सरकारसँग करिब दुई तिहाई छ। सदनबाट भाग्नुपर्ने कुनै कारण छैन।”
नजितामूलक काम तीव्र गतिमा गर्न रोक्न खालका २९ कानुन एकै पटक संशोधन गरिएको उनको भनाइ छ। अर्थमन्त्री पौडेलले सुशासन, सेवाप्रवाहसहित सरकारको अनुभूति दिने गरी काम गर्न अहिलेको कार्यशैली र कामको गति बढाउनैपर्नेमा जोड दिनुभयो। “सुस्त गतिमा हिँडेर हामी गन्तव्यमा पुग्न सक्दैनौँ। सेवा प्रवाह, सुशासन, रोजगारीका अवसर सिर्जना, वैदेशिक लगानी र अर्थतन्त्रको सुधारका लागि तत्काल कदम चाल्नैपर्ने थियो, सरकारले कदम चालेको हो,” उनले भने ।
देशको अर्थतन्त्रलाई कठिन अवस्थाबाट लयमा ल्याएको उल्लेख गर्दै मन्त्री पौडेलले ऋण र अनुदानबाहेकको मोडेलमा जानुपर्नेमा जोड दिए। उनले भने, “अहिले राजस्वले साधारण खर्च धान्नै मुस्किल छ। ऋण लिएर कमजोर कार्यान्वयन प्रणालीबाट परिणामा निकाल्न सकिँदैन। अब ऋण र अनुदानको विकल्प पनि खोज्नैपर्छ।” उनले वैकल्पिक वित्त व्यवस्थापनका लागि ऐन निर्माण भइरहेको खुलाए।
बहुदलीय व्यवस्थामा दल मुख्य विषय भएकाले एमालेलाई आगामी निर्वाचनमा एकल बहुमत प्राप्त हुने गरी लाग्न उनले नेता, कार्यकर्तालाई निर्देशन दिए। पार्टीमा देखिएको व्यक्तिवाद र स्वच्छन्दतावादी प्रवृत्तिलाई निरुत्साहित गर्न केही व्यक्तिलाई कारबाही गरिएको उनको स्पष्टोक्ति छ।
उपप्रधानमन्त्री पौडेलले सात बुँदे सहमतिको जगमा बनेको सरकार साझा नीति तथा कार्यक्रम हुँदै राजनीतिक संयन्त्रमार्फत् चुस्त रूपमा चलिरहेको उनले उल्लेख गर्नुभयो। सरकार तलमाथि हुने कुनै सम्भावना नरहेको प्रष्ट गर्दै सरकारको मुख्य ध्यान जनतामा रहेको निराशा चिर्न केन्द्रीत भएको जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २३ गते, २०८२ - १७:१८
काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ। गृह मन्त्रालयक...
पौष २३ गते, २०८२ - १७:००
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि हालतमा पार्टी एकता कायम राख्ने बताएका छन्। अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता जोग...
पौष २३ गते, २०८२ - १६:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका डा। रामजी रामले आफ्नो नाम फिर्ता लिएका छन्। दलित समुदायको गौरव र दीर्घकालीन प्रतिनि...
पौष २३ गते, २०८२ - १६:२८
लमजुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट प्रत्यक्षतर्फको उम्मेदवारमा संस्थापक जिल्ला अध...
पौष २३ गते, २०८२ - १६:००
हिले। छुट्टाछुट्टै स्थानमा धनकुटामा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहिदभूमि गाउँपालिका र महालक्ष्मी नगरपा...
पौष २३ गते, २०८२ - १५:५१
काठमाडौँ । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृत भीष्मराज प्रसाईँका अनुसार, थापाले उम...
पौष २३ गते, २०८२ - १५:४२
विराटनगर। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेद...
पौष २३ गते, २०८२ - १५:३४
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन्। छलफल...
पौष २३ गते, २०८२ - १५:०६
काठमाडौँ । पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीका लागि १८ उपसमिति गठन गरेका छन्। सूचना ...
पौष २३ गते, २०८२ - १४:५६
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्। सूचना प्रसार उपसमितिले बुधब...




प्रतिकृया लेख्नुहोस्: