म्यग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ ।
नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा छिमेकी वडाको कुइनेमङ्गले स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम) का अनुुसार एकाइबाट नामिला र आसपासको गाउँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् ।
‘एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको छ’, उनले भने, ‘एक जना अनमीले एकाइबाट सेवा दिने व्यवस्था मिलाएका छौँ ।’ स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोपसम्बन्धी सेवा दिइने वडाध्यक्ष पाइजाले बताए ।
आमा समूहको भवनको कोठामा एकाइ स्थापना गरिएको छ । यसअघि चिमखोलाको पात्ले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको थियो । नामिला, पात्लेसहित रघुगङ्गाको ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ ।
वडास्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा एकाइ स्थापना गरेर सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - ०७:५८
काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...
आषाढ़ २८ गते, २०८३ - ०७:३४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...
आषाढ़ २८ गते, २०८३ - ०७:३१
सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्यो, घटनाको बहुआयामिक छानबिन तीव्र
आषाढ़ २८ गते, २०८३ - ०७:२८
काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...
आषाढ़ २७ गते, २०८३ - २०:४१
तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन
आषाढ़ २७ गते, २०८३ - २०:२४
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...
आषाढ़ २७ गते, २०८३ - २०:१६
धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...
आषाढ़ २७ गते, २०८३ - २०:१२
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...



प्रतिकृया लेख्नुहोस्: