Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

एपीएफ काभ्रे गणद्वारा विविध सामाजिक गतिविधि सम्पन्न

खबरडबली संवाददाता

बनेपा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेले आफ्नो संगठन स्थापनाको ‘२४ औं सशस्त्र प्रहरी दिवस–२०८१’ को अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।

गणले पुस १२ देखि माघ ४ गतेसम्म हरेक दिन फरक(फरक कार्यक्रमहरू आयोजना गरेको थियो । कार्यक्रमअन्तर्गत पाँचखाल नगरपालिका(९ स्थित पलान्चोक भगवती मन्दिरको सरसफाइ कार्यक्रम सम्पन्न गरियो । त्यस्तै आजाद माविमा कक्षा ९ र १० का ६० जना विद्यार्थीलाई महिला सशक्तिकरण तथा आत्मरक्षा सेल्फ डिफेन्ससम्बन्धी कक्षा सञ्चालन गरिएको थियो ।

त्यस्तै एपीएफ कर्मचारीलाई आन्तरिकरूपमा तथा सर्वमंगला मावि एवं अन्य विभिन्न विद्यालयहरुमा विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कक्षा, ४ वटा डेमोस्ट्रेसन तथा २ वटा लागुऔषध दुर्व्यसनी न्यूनीकरणसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको थियो ।

वार्षिकोत्सवकै अवसर पारेर पाँचखाल– ३ को ताम्रेश्वर महादेव मन्दिर तथा घाट परिसरमा स्थानीय, जनप्रतिनिधिसमेतको सहभागितामा सरसफाइ र खानेपानी कुवा तथा किरियापुत्री भवनको सरसफाइ गरिएको थियो ।

सामाजिक उत्तरदायित्व बहनको कार्यअन्तर्गत क्षेत्रपाल बुढामहाँकाल मन्दिर परिसरमा भक्तजन तथा स्थानीयको लागि चौतारो निर्माण गरिएको छ । 

त्यस्तै धुलिखेलस्थित धुलिखेल अस्पतालसँगको सहकार्यमा आयोजित रक्तदानमा ३२ जना एपीएफ कर्मचारीले रक्तदान गरेको गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाईँले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending