Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

लयमा फर्कन नसकेको कोशी प्रदेशसभा

खबरडबली संवाददाता

काठमाडौं  । कोशीमा अघिल्लो कार्यकालमा संसद् र सरकार दुवै लयमा थिए । तीन पटकसम्म सरकार फेरबदल भयो । तर, न संसद्ले लय छाड्यो, न त सरकारले नै । सामान्य प्रक्रियाबाट सरकार र संसद् गुज्रिए । 

 माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोको अनुभवमा अघिल्लो कार्यकालमा, ‘विधेयकहरूमाथि नियमित छलफल भइरह्यो । खासगरी जनसरोकार र विकाश निर्माणका पक्षमा प्रदेशसभामामा छलफल र बहस भइरह्यो ।’ तर, २०७९ पुस १७ बाट सुरु भएको दोश्रो कार्यकालको सुरुआती चरणबाट दलहरू सत्ता दाउपेजमा सक्रिय बने । प्रारम्भबाटै राजनीतिक सत्ता फेरबदलको दलदलमा फसेका कारण अहिले न सरकारले लय समातेको छ, नत प्रदेशसभाले नै ।

‘सरकारको त झन् बेहाल छ’, आङ्वो भन्छन्, ‘६ महिना बितिसक्दा बढीमा १५ प्रतिशतभन्दा बढी बजेट खर्च गर्नै सकेको छैन ।’ आङ्वोका अनुसार वाग्मतीपछि सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भयो । तर, पुर्ननिर्माणका विषयमा एक कदम पनि सरकारले पाइला चालेको छैन । प्रदेशसभामा छलफल हुनै सकेन ।

‘७ गतेको बैठकमा पनि महत्त्वको विधेयक खासै छैन’, आङ्वोले भने, ‘महत्त्वपूर्ण विधेयकहरू अहिलेसम्म ड्राफ्ट पनि भएको देखिँदैन, सरोकारवालासंग छलफल भएको देखिदैन । कानुन बनाउन र प्रदेशसभामालाई बिजनेस दिन सरकार उदासिन देखिन्छ ।’

गत असोज ४ मा पाँचौ अधिवेशनको अन्तिम बैठकपछि कोशी प्रदेशसभा चल्न सकेको छैन । करिव पाँच महिनापछि छैटौ अधिवेशन भने माघ ७ देखि चल्दैछ । खासमा कोशी प्रदेशसभा राजनीतिक अस्थिरताको प्रत्यक्ष शिकार भएको छ । जसका कारण उसलाई लय समात्नै गाह्रो भइरहेको छ ।

दोश्रो कार्यकालको पाँचौ अधिवेशनसम्म आइपुग्दा जम्मा ६८ वटा बैठक मात्रै बसेका छन् । जबकि पहिलो कार्यकालको पाँचौ अधिवेशनसम्म १ सय ७० पटक बैठक बसेको थियो । प्रदेशसभामा सचिवालयका अनुसार सबैभन्दा बढी चौथो अधिवेशनताका २३ वटा बैठक बसेको थियो ।

पहिलो अधिवेशन २०७९ पुष १७ देखि फागुन १७ सम्म १३ पटक वसेको थियो । दोश्रो अधिवेशन २०८० जेठ १४ देखि जेठ ३१ सम्म ६ पटक, तेश्रो अधिवेशन २०८० असार १४ देखि भदौ ६ सम्म ५ पटक, चौथो अधिवेशन २०८० असोज १७ देखि पुस २५सम्म २३ पटक र पाँचौ अधिवेशन २०८१ वैशाख ३१ देखि असोज ४ सम्म २१ पटक बसेको थियो ।

‘करिव पाँच पहिनापछि पहिलो पटक माघ ७ मा बैठक बस्दैछ’, प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले भने, ‘विभिन्न राजनीतिक उतारचढावले बैठक नियमित हुन सकिरहेको थिएन, अब हुँदैछ ।’

सत्ता दाउपेजका कारण नै प्रदेशसभामा बैठक संचालनमा समस्या पैदा भएको हो । प्रदेश सभाको दोश्रो कार्यकालको करिव दुई वर्षभित्र ६ पटक त सत्ता अदलबदल नै भएको छ ।

‘दोश्रो कार्यकालमा छ पटकसम्म सरकार फेरबदल हुँदा प्रदेश सरकारप्रति जनतामा थप वितृष्णा जागेको देखिन्छ’, राप्रपाका प्रदेशसभामाीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने,‘जनतालाई डेलिभेरी दिने भन्दा पनि राजनीतिक दाउपेचमा मात्रै प्रदेश सरकार सीमित हुँदा प्रदेशसभामा पनि सुचारु हुन सकेन ।’

सिटौलाका अनुसार जबसम्म संघले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्दैन, तबसम्म प्रदेश प्रदेशसभामा विजनेसविहीन हुन्छ । यसपटक पनि अवस्था उही छ । सिटौलाले थपे, ‘प्रदेशसभामा बोलाए पनि विजनेस केही छ जस्तो मलाई लाग्दैन ।’

६ महिनाको फरक नपारि बैठक बस्नुपर्ने कानुनी प्रावधानले मात्रै बैठक बस्न लागेको दावी गर्दै सिटौलाले भने,‘विजनेस केही छैन, बैठक औपचारिकताका लागि मात्रै हो ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending