काठमाडौं । कोशीका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापामाथि शनिबार झापामा आक्रमण भएको छ। कनकाईस्थित दोमुखा क्षेत्रमा नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर फकिँदै गरेका थापामाथि जामुनबारी चोकमा आक्रमण भएको हाे ।
कोशी कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापासँगै गाडीमा सवार पार्टीका झापा सचिव कृष्ण हुमागाईंका अनुसार कार्यक्रमबाट फर्किँदै गरेका थापा चढेको गाडी छेक्न खोज्ने एक जना चालकले उनीमाथि आक्रमण गरेका हुन् । पूर्वमुख्यमन्त्री थापा बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारपछि घर फर्केको सचिव हुमागाईंले जानकारी दिए।
'पिएसओ सहितको को १ झ ६५३ नम्बरको गाडीमा हामी थियौं, हामीभन्दा अघि रहेको बा १ ञ १४७० नम्बरको बिजुली अफिसको गाडीले बाटो छेकेको छेक्यै गर्यो' हुमागाईंले भने, 'त्यसपछि भिआइपीको गाडी हो भन्दै पिएसओले वाकीटकी देखाएपछि गाडी छेकेर रोके। अनि मनपरी बोल्दै आक्रमण गरे।'
उनले थपे, 'पूर्व मुख्यमन्त्रीको गाडी हो साइड दिनुस् भनेर पिएसओले गाडी रोकेरै भनेपछि ती चालक देश लुट्ने यिनै हुन्, नेता जति सबै चोर हुन् भन्दै उफ्रिन थालेका थिए। त्यति हुँदा पनि दाइ 'थापा' ले जाऔं अघि बढौं भन्दै हुनुहुन्थ्यो। प्राधिकरणको चालक आएर एक्कासि आँखामा मुक्का प्रहार गर्यो। भल्भली रगत आउन थाल्यो।'
हुमागाईंका अनुसार थापामाथि मुक्का प्रहार गरेका ती व्यक्तिलाई स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्। झापाका प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार नेपाल विद्युत प्राधिकरण सुरूंगाका चालक र उनका सहयोगीलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा शिवसताक्षी–११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ छन्।
यसैबीच नेपाली कांग्रेसले कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका कोशी कांग्रेस सभापति एवं संसदीय दल नेता थापामाथि झापामा शनिबार भएको आक्रमणको निन्दा गर्दै आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।
झापाको कन्काई नगरपालिकाको सुरुङ्गानजिक थापामाथि आक्रमण भएको थियो। उनको निधारमा चोट लागेको छ। कांग्रेसले घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाहीका लागि सरकारसँग गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: