काठमाडौं । कोशीका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापामाथि शनिबार झापामा आक्रमण भएको छ। कनकाईस्थित दोमुखा क्षेत्रमा नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर फकिँदै गरेका थापामाथि जामुनबारी चोकमा आक्रमण भएको हाे ।
कोशी कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापासँगै गाडीमा सवार पार्टीका झापा सचिव कृष्ण हुमागाईंका अनुसार कार्यक्रमबाट फर्किँदै गरेका थापा चढेको गाडी छेक्न खोज्ने एक जना चालकले उनीमाथि आक्रमण गरेका हुन् । पूर्वमुख्यमन्त्री थापा बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारपछि घर फर्केको सचिव हुमागाईंले जानकारी दिए।
'पिएसओ सहितको को १ झ ६५३ नम्बरको गाडीमा हामी थियौं, हामीभन्दा अघि रहेको बा १ ञ १४७० नम्बरको बिजुली अफिसको गाडीले बाटो छेकेको छेक्यै गर्यो' हुमागाईंले भने, 'त्यसपछि भिआइपीको गाडी हो भन्दै पिएसओले वाकीटकी देखाएपछि गाडी छेकेर रोके। अनि मनपरी बोल्दै आक्रमण गरे।'
उनले थपे, 'पूर्व मुख्यमन्त्रीको गाडी हो साइड दिनुस् भनेर पिएसओले गाडी रोकेरै भनेपछि ती चालक देश लुट्ने यिनै हुन्, नेता जति सबै चोर हुन् भन्दै उफ्रिन थालेका थिए। त्यति हुँदा पनि दाइ 'थापा' ले जाऔं अघि बढौं भन्दै हुनुहुन्थ्यो। प्राधिकरणको चालक आएर एक्कासि आँखामा मुक्का प्रहार गर्यो। भल्भली रगत आउन थाल्यो।'
हुमागाईंका अनुसार थापामाथि मुक्का प्रहार गरेका ती व्यक्तिलाई स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्। झापाका प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार नेपाल विद्युत प्राधिकरण सुरूंगाका चालक र उनका सहयोगीलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा शिवसताक्षी–११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ छन्।
यसैबीच नेपाली कांग्रेसले कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका कोशी कांग्रेस सभापति एवं संसदीय दल नेता थापामाथि झापामा शनिबार भएको आक्रमणको निन्दा गर्दै आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।
झापाको कन्काई नगरपालिकाको सुरुङ्गानजिक थापामाथि आक्रमण भएको थियो। उनको निधारमा चोट लागेको छ। कांग्रेसले घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाहीका लागि सरकारसँग गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - ०७:५८
काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...
आषाढ़ २८ गते, २०८३ - ०७:३४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...
आषाढ़ २८ गते, २०८३ - ०७:३१
सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्यो, घटनाको बहुआयामिक छानबिन तीव्र
आषाढ़ २८ गते, २०८३ - ०७:२८
काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...
आषाढ़ २७ गते, २०८३ - २०:४१
तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन
आषाढ़ २७ गते, २०८३ - २०:२४
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...
आषाढ़ २७ गते, २०८३ - २०:१६
धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...
आषाढ़ २७ गते, २०८३ - २०:१२
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...



प्रतिकृया लेख्नुहोस्: