घोराही। दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले ५५ लाख मूल्यको धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले कात्तिक २१ गतेदेखि पुस मसान्तसम्म जिल्लामा किसानबाट ५५ लाख ६६ हजार चारसय ६४ रुपियाँ मूल्यको एक हजार ६ सय ३२ क्विन्टल १५ केजी धान खरिद गरेको हो ।
जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको खाद्यले २० प्रतिशत अर्थात एक हजार ६ सय ३२ क्विन्टल १५ केजी मात्र धान खरिद गर्न सफल भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिए।
कार्यालय प्रमुख सुनारका अनुसार खाद्यले जिल्लामा किसानसँग प्रतिक्विन्टल तीन हजार चारसय १० रुपियाँ ५१ पैसाका दरले धान खरिद गरेको थियो । केन्द्रबाट ढिलागरी धान खरिदका लागि परिपत्र आउँदा लक्ष्यको निकै कम मात्रामा धान खरिद भएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख सुनारले भने, ‘नियमित रुपमा प्रत्येक बर्ष खाद्यले धान खरिद गर्दैआएको भए यो समस्या आउने थिएन । धेरै बर्षपछि धान खरिद गर्दा किसानले विश्वास गरेनन् ।’
व्यापारीकोभन्दा बढी मूल्य दिएर खाद्यले यो बर्ष किसानसँग धान खरिद गरेकाले आगामी बर्ष पनि धान खरिदमा समस्या नआउने कार्यालय प्रमुख सुनारले बताए।
कार्यालयका अनुसार यो बर्ष देउखुरीको गढवा र राजपुर गाउँपालिकासँगै तुलसीपुर उपमहानगरपालिकाबाट मात्र धान खरिद गरिएको बताए। कार्यालयका अनुसार गढवा र राजपुर गाउँपालिकाबाट एक हजार ६ सय २५ क्विन्टन र बाँकी धान तुलसीपुर उपमहानगरपालिकाबाट खरिद गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १९:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...
आषाढ़ २७ गते, २०८३ - १९:५०
काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। अस्पतालको जलन उपचार केन्द्र...
आषाढ़ २७ गते, २०८३ - १९:४५
धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...
आषाढ़ २७ गते, २०८३ - १४:०५
काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...
आषाढ़ २७ गते, २०८३ - १३:५८
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...
आषाढ़ २७ गते, २०८३ - १३:४०
काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...
आषाढ़ २७ गते, २०८३ - १३:२०
काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...
आषाढ़ २७ गते, २०८३ - १३:०१
ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...
आषाढ़ २७ गते, २०८३ - १२:५१
काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...
आषाढ़ २७ गते, २०८३ - ११:२१
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...



प्रतिकृया लेख्नुहोस्: