Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

बालेनसँग मिल्ने प्रयास सफल होला त भीम रावलको ?

खबरडबली संवाददाता

काठमाडौं ।  ‘मातृभूमि जागरण अभियान नेपाल’ चलाउन खोजिरहेका भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पनि यसमा जोड्ने प्रयास गर्ने बताएका छन् । शुक्रबार धनगढी पुगेर उनले आफ्नो अभियानमा बालेनलाई समेत जोड्ने प्रयास गर्ने सुनाएका हुन् ।

नेकपा ९एमाले०बाट निकालिएपछि रावल आफ्नो अभियान विस्तार गर्न देश दौडाहामा छन् । ‘सशक्त वैकल्पिक शक्ति’ निर्माण गर्ने जिकिर गरेका उनले धनगढी विमानस्थलमा सञ्चारकर्मीसित भने, “नेपालमा विभिन्न समूह छन् । नागरिक संगठन, राजनीति दलसँग आबद्ध बुद्धिजीवी छन् । अहिलेको देशको अवस्थालाई ध्यानमा राखेर हामीले एउटा सशक्त वैकल्पिक शक्ति निर्माण गर्नका लागि केके गर्नुपर्छ, छलफलबाट त्यसको निष्कर्ष निकालेर जाने हो ।”

आफ्नो अभियानका तर्फबाट वैकल्पिक शक्ति निर्माणका निम्ति रूपरेखा सार्वजनिक गरेको र त्यसमा अझै छलफल गरिने उनले बताए । काठमाडौं महानगरका मेयर बालेनसँग पनि सहकार्य गर्न सकिने सम्भावना रहेको सुनाउँदै उनले भने, “सशक्त वैकल्पिक शक्ति निर्माणका लागि रूपरेखा तयार गरेका छौँ । देशको हित चाहने जो कोहीलाई हामी समेट्छौँ । राजनीतिक दलको नाममा जताततै भागबन्डा गरेर खाने, यस्तो कुरालाई रोक्नुपर्छ भन्ने बालेनजीलगायत सबैलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाए राम्रो हुन्थ्यो भन्ने सबैको आवाज छ ।”

के रावलसँग मिल्छन् त बालेन ?

मेयर बालेन साह भने तत्काल कसैसँग सहकार्य गर्ने वा मिल्ने पक्षमा छैनन् । बालेननिकटस्थ भन्छन्, “हामीसँग जोडिनुपर्‍यो, सहकार्य गर्नुपर्‍यो भनेर दैनिक फोन आउँछ, मान्छेहरू भेट्न आउँछन । तर, अहिलेलाई त्यस्तो कुनै योजना छैन ।”

बालेन टिमका अनुसार, रावलले सहकार्य गर्न सकिने बताए पनि मेयर बालेन कसैसँग मिलिहाल्ने सोचमा छैनन् । “अहिले उहाँ (बालेन) मेयर हुनुहुन्छ । उहाँले स्वतन्त्र भएर चुनाव जित्नुभएको हो । त्यसैले अहिले नै कुनै दल वा अभियानसँग जोडिने भन्ने सोचविचार छैन,” बालेन टिमका एक सदस्यले भने ।

पछिल्लो समय एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेन असन्तुष्ट छन् । एमालेबाट निकालिएपछि रावल पनि असन्तुष्ट छन् । त्यही असन्तुष्टिलाई रावलले ‘क्यास’ गर्न खाजेको हुन सक्ने बालेन टिमको बुझाइ छ । “यहाँ जसले जे गरे पनि बालेनको नाम लिन्छन्,” बालेन टिमका ती सदस्य भन्छन्, “बालेनको नाम बिक्री हुन्छ र बेच्छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending