रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गरी ६ महिनामा झण्डै अढाई करोड रुपैयाँ बराबरको अबैध सामान सहीत ६६ जना तस्करलाई पक्राउ गरेको छ।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको सक्रियताले बिगतको तुलनामा राजस्व संकलन देखी आपराधिक क्रियाकलाप लगायत चौतर्फी सुधार आएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीवार सार्वजनिक गरेको ६ महीने प्रगती विवरणमा गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा चौतर्फी प्रगति देखिएको छ।
गत साउन देखी पुस मसान्त सम्म भारतीय बजारबाट तस्करीको माध्यमले भित्र्याएको २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ बराबरको बिभिन्न प्रकारको सामान बरामद गरी भन्सारमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। तस्करीमा प्रयोग गरिएको २ थान स्कार्पियो, २ थान पिकअप भ्यान, ४ थान ई रिक्सा, १०८ थान मोटरसाईकल, साइकिल १४ थान बरामद गर्नुका साथै तस्करीमा संलग्न ६६ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको एसपी घिमिरेले बताएका छन्।
हुण्डी कारोबारबाट १५ लाख रुपैयाँसहित ३ जना मानिसलाइ पक्राउ गरेको छ। प्रहरीले चोरीको २ थान स्कार्पियो, २१ वटा मोटरसाइकिल र चोरीमा संलग्न २४ जना मानिसलाइ पक्राउ गरी कारबाहीको दायरामा ल्याएको हो।
सोही अवधिमा कर्तव्य ज्यानको ९ वटा मुद्धा दर्ता भएको मध्ये ५ वटा फर्छौट भएको छ । गत आवको सोही अवधिमा ४ वटा कर्तब्य ज्यान सम्बन्धि मुुद्धा दर्ता भएकोमा २ वटा फर्छौट भएको थियो।
त्यस्तै, जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फर्छ्यौट भएको छ। गत आवको सोही अवधिमा २१ वटा मुद्धा दर्ता भएको र १६ वटा फर्छौट भएको थियो । लागूऔषध तर्फ १५ मुद्दा दर्ता १४ फर्छ्यौट, गत आवको सोही अवधीमा ११ वटा मुद्धा दर्ता भएकोमा १० वटा फर्छौट भएको थियो ।
यसैगरी हात हतियार खरखजाना सम्बन्धि ६ वटा मुद्धा दर्ता भएकोमा ५ वटा फर्छौट भएको छ । चालू आवको ६ महिनामा चोरी सम्बन्धि ३८ मुद्धा दर्ता र सबै फर्छ्यौट गत आवको सोही अवधिमा ३५ वटा मुद्धा दर्ता तथा फर्छौट भएको थियो ।
मुद्रा सम्बन्धि ४ वटा मुद्धा दर्ता र सबै फर्छौट भएको छ । एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ६ महिनामा २ सय ६४ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।
राष्ट्रिय तथा सामुदायिक वन बाट तस्करले अबैध रुपमा कटान गरी ल्याएको करीब ११८ क्यूफिट सालको गुलिया काठ, ३ ट्रली बालुवासँगै नदी जन्य पदार्थ ढुवानीमा प्रयोग गरिएको २३ वटा सवारीसाधन प्रहरीले नियन्त्रमा लिएको थियो। उक्त कारवाहीबाट ८२ लाख ८ हजार ७ सय रुपैयाँ राजश्व संकलन गरिएको थियो।
उता, रौतहटस्थीत ट्राफिक प्रहरीले ६ महिनाको अवधिमा नियम बिपरित चलेका सवारी साधनलाई गरेको कारवाहीबाट ६८ लाख २४ हजार ५ सय राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्यांक उल्लेख छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: