नेपालगन्ज । सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा मृतकका आफन्तले बिहीबार हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् ।
नेपालगन्ज–नरैनापुर–बैजापुर जोड्ने हुलाकी राजमार्गअन्तर्गत कुण्डा चोकमा मृतकका परिवार तथा स्थानीय बासिन्दाले टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक हिमराज बिकले हुलाकी राजमार्गमा मृतकका परिवार र स्थानीय बासिन्दाहरु आएर बिहान १०ः३० बजेदेखि सडक अवरुद्ध गरेको बताए ।
सूचना अधिकारी बिकले भने, ‘‘उहाँहरुको मागका विषयमा वार्ता पनि चलिरहेको छ, माग पूरा नहुँदासम्म सडक अवरुद्ध गर्छौं भनेर उहाँहरु अहिले पनि आन्दोलनमै हुनुहुन्छ ।’’
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा मङ्गलबार बेलुका नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्तीसोनारी–७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २३ वर्षीय राजेश थारुको मृत्यु भएको थियो ।
स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै बिहीबार सडकमा टायर बालेर नाराबाजी गरिरहेका छन् । स्थानीय बासिन्दाको आन्दोलनका कारण हुलाकी राजमार्ग भएर चल्ने सवारी साधन ठप्प भएको जनाइएको छ । क्षतिपूर्तिमा कुरा नमिल्दा परिवारले मृतकको शव पनि बुझेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...
मंसिर २९ गते, २०८२ - ०८:०९
काठमाडौं । प्रवद्र्धक कम्पनीले लामो समयसम्म मुआब्जा नदिएको भन्दै खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीय जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् ...
मंसिर २९ गते, २०८२ - ०७:५८
बागलुङ । १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगितामा बागलुङ नगरपालिकाले...
मंसिर २९ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्...




प्रतिकृया लेख्नुहोस्: