सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको विकट गाउँ बाह्रबिसे नगरपालिका–२ स्थित मङ्गलादेवी जनजागृति आधारभूत विद्यालयका विद्यार्थीले विद्यालयमै तरकारी खेती गरेका छन् ।
उनीहरूले विद्यालयको करेसाबारीमा सिजन अनुसारको तरकारी खेती गरेर दिवा खाजामा उपभोग गर्ने गरेका छन् । बाँकी रहेको तरकारी बाह्रबिसे बजार वा नजिकैको पसलमा बिक्री गरेर आम्दानीसमेत हात पार्न थालेका छन् ।
विद्यार्थीले गोलभेँडा, मुला, गाँजर, सागलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । मौसम अनुसारको तरकारी उत्पादन गर्न टनेलसमेत हाल्न थालिएको छ । विद्यालयले १० वर्षका लागि दुई रोपनी जग्गा भाडामा लिएको हो ।
उक्त जग्गामा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई मौसम अनुरूपको तरकारी खेती गर्न सिकाइँदै आएको विद्यालयका प्रधानाध्यापक बमबहादुर तामाङले जानकारी दिए ।
“विद्यार्थीले पढाइमा सिकेका कुरा व्यावहारिक रूपमा प्रयोग गर्नका लागि तरकारी खेती गर्न सिकाउन थालेको हो । किताबमा पढेका कुरा व्यवहारमा उतार्न, विद्यार्थीले पढ्दै र कमाउँदै गर्न सक्ने बनाउन करेसाबारीबाट तरकारी खेती सुरु गरिएको हो,” तामाङले थपे ।
तरकारी खेतीमा शिक्षकले पनि साथ दिने गरेका छन् । नेसनल केयर फाउन्डेसन नेपालको सहयोगमा फ्रन्जेस क्राइज जर्मनीले जग्गाको भाडा तिरिदिने गरेको छ ।
तरकारी खेतीतर्फ सुरुमा विद्यार्थी आकर्षित नभए पनि बिस्तारै सबै छात्रछात्रा विद्यालयको करेसाबारीमा तरकारी उत्पादनमा उत्साहित भएर लागेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...
आषाढ़ २७ गते, २०८३ - २०:४१
तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन
आषाढ़ २७ गते, २०८३ - २०:२४
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...
आषाढ़ २७ गते, २०८३ - २०:१६
धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...
आषाढ़ २७ गते, २०८३ - २०:१२
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...



प्रतिकृया लेख्नुहोस्: