सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको विकट गाउँ बाह्रबिसे नगरपालिका–२ स्थित मङ्गलादेवी जनजागृति आधारभूत विद्यालयका विद्यार्थीले विद्यालयमै तरकारी खेती गरेका छन् ।
उनीहरूले विद्यालयको करेसाबारीमा सिजन अनुसारको तरकारी खेती गरेर दिवा खाजामा उपभोग गर्ने गरेका छन् । बाँकी रहेको तरकारी बाह्रबिसे बजार वा नजिकैको पसलमा बिक्री गरेर आम्दानीसमेत हात पार्न थालेका छन् ।
विद्यार्थीले गोलभेँडा, मुला, गाँजर, सागलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । मौसम अनुसारको तरकारी उत्पादन गर्न टनेलसमेत हाल्न थालिएको छ । विद्यालयले १० वर्षका लागि दुई रोपनी जग्गा भाडामा लिएको हो ।
उक्त जग्गामा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई मौसम अनुरूपको तरकारी खेती गर्न सिकाइँदै आएको विद्यालयका प्रधानाध्यापक बमबहादुर तामाङले जानकारी दिए ।
“विद्यार्थीले पढाइमा सिकेका कुरा व्यावहारिक रूपमा प्रयोग गर्नका लागि तरकारी खेती गर्न सिकाउन थालेको हो । किताबमा पढेका कुरा व्यवहारमा उतार्न, विद्यार्थीले पढ्दै र कमाउँदै गर्न सक्ने बनाउन करेसाबारीबाट तरकारी खेती सुरु गरिएको हो,” तामाङले थपे ।
तरकारी खेतीमा शिक्षकले पनि साथ दिने गरेका छन् । नेसनल केयर फाउन्डेसन नेपालको सहयोगमा फ्रन्जेस क्राइज जर्मनीले जग्गाको भाडा तिरिदिने गरेको छ ।
तरकारी खेतीतर्फ सुरुमा विद्यार्थी आकर्षित नभए पनि बिस्तारै सबै छात्रछात्रा विद्यालयको करेसाबारीमा तरकारी उत्पादनमा उत्साहित भएर लागेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: