काठमाडौं । नेकपा माओवादी केन्द्रले सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ । पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गराउनको लागि हिजो बसेको पदाधिकारी बैठकमा सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पेस भएको हो।
बैठकमा कार्ययोजना र कार्यविभाजनाबारे सामान्य छलफल सुरुआत मात्रै नभएको सचिव लीलामणि पोखरेलेले बताए । उनले पदाधिकारी बैठकमा कार्ययोजना र कार्यविभाजनबारे सामान्य छलफल सुरुआत भएको र गते फेरि बस्ने बैठकले टुंग्याउने उनकाे भनाइ छ ।
उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिने विषयमा पनि पार्टीभित्र छलफल चलिरहेको बताए ।
पुनलाई त उपाध्यक्ष बनाउने सहमति भइसकेको भन्ने चर्चाका विषयमा उनले भने, ‘उहाँ अहिलेसम्म आमन्त्रित सदस्यको रुपमा सहभागी हुँदै आउनुभएको छ। अहिले कुनै टुंगिएको छैन। अब अर्को बैठकले के गर्छ अहिले भन्न सक्ने अवस्था छैन ।’
कार्ययोजना र कार्यविभाजनबारे पदाधिकारीहरुको हिजोको बैठकमा सुझाव दिएको उनले बताए । कार्यविभाजन टुंग्याउँदा अखिल क्रान्तिकारीमा उमेर हद लागू भएपछि नेतृत्वको दौडबाट बाहिरिएको नेताहरूको व्यवस्थापनबारे पनि निर्णय गर्नेछ ।
माओवादीको केन्द्रीय कमिटी बैठकले ६ महिना जनतासँग माओवादी अभियान चलाउने र त्यसपछि अर्को ६ महिना महाधिवेशन केन्द्रित अभियान चलाउने निर्णय गरेको छ।
केन्द्रीय समितीको बैठकमा नेताहरुले पूर्वनिर्धारित विशेष अधिवेशनमा जानुपर्ने माग राखेपछि अध्यक्ष प्रचण्डले पार्टी सुदृण बनाएर मात्रै महाधिवेशनमा जान उपयुक्त हुने धारणा राखेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...
आषाढ़ २७ गते, २०८३ - २०:४१
तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन
आषाढ़ २७ गते, २०८३ - २०:२४
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...
आषाढ़ २७ गते, २०८३ - २०:१६
धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...
आषाढ़ २७ गते, २०८३ - २०:१२
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...



प्रतिकृया लेख्नुहोस्: