Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

गाउँगाउँमा बिजुली पुगेसँगै लोप हुँदै छन् पानी घट्ट र ओखल

खबरडबली संवाददाता

मुगु । हिमाली जिल्ला मुगुमा परम्परा देखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् । गाउँमा बिजुली बत्ती पुगेसँगै मिल सञ्चालन आएपछि पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फाँपर पिस्न प्रयोग हुने खोलाका पानी घट्ट, ओखल, जातो पछिल्लो समय बिस्तारै लोप हुन थालेका हुन् ।

बिजुली बत्ति गाँउमा पुगेपछि खोलामा चल्ने पानी घट्ट बिस्तारै लोप हुँदै जान थालेका छन् । मिल र बत्तिबाट पिसेको पिठो मिठो नहुने रोटी चाम्रो हुने हिजो आज तराईको मिलबाट पिसेको पिठो धेरै प्रयोग गर्ने गरेको छन् भने गाँउमा बनाएका मिलबाट पिसेको पिठो धेरै मिठो नहुने भएपछि आधुनिक प्रविधीहरुको बढी प्रयोगले गर्दा छाँयानाथ रारा नगरपालिका भित्र रहेका दर्जनौ पानि घट्ट प्रयोग विहीन भएको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ८ टोप्ला गाँउका कृष्ण बहादुर रावलले बताएका छन् ।

मिलमा पिसेको पिठो र बजारमा पाईने पिठोका रोटी खादा स्वादनहुने, पेट फुल्ने मानिसहरु बढी बिरामी हुने गरेका छन । अहिले मिल बाट पिठो पिस्न थालेपछि पानि घट्ट, ओखल, जातो कमै भेटीने गरेका छन । मिलमा पीसेको पिठो भन्दा घट्टमा पीसेको पिठोको निकै राम्रो स्वाधिलो हुने छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५का टोप बहादुर रावलले बताएका छन् ।

पुराना पानि घट्ट बाट पिसेको मिठो हुने मकमक अन्नको बास आउने खालको हुन्छ बिधुतिय मिल बाट पिसेको धूलो कुनै पनि स्वाद हुदैनन् । त्यसै माथि बजारमा मिल बाट पिसेको पिठो बिक्री गर्न राखेको पिठाका कुनै पनि टेस्ट स्वाद नहुने गरेको पाईन्छ । आज भोली सस्तो सहज रुपमा बजारमा पिसेको पिठो चामल पाउन थाले पछि बिग्रेका पानि घट्ट पुःन मर्मत नहुनाले पानि घट्ट घट्दै गएको छन् भने पछिल्लो समयमा पानि घट्ट,ओखल,जातो निमार्ण गर्ने व्यक्तिहरु पनि नभेटीनाले पानि घट्ट, जातो, ओखल लोप हुदै गहीरहेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ का ख्याम बहादुर रावलले बताएका छन् ।

कोदो, गहुँ र फाँपर पिस्नका लागि पुराना पुस्ताले प्रयोग गर्दै आएका ती पानी घट्ट पछिल्लो समय लोप हुँदै गएपछि अहिले ति घट्ट सञ्चालनमा ल्याउने पुराना गाउँका अधिकांशले गाउँ नजिकको खोलामा घट्ट लगाउने र त्यो घट्टको भाग छोडेर परिवार पाल्ने गर्दथिए । यो पछिल्लो समयमा मिल र बिधुतका कारण तराई बाट पिसेको पिठोहरु बजारमा पाउने एका तर्फ छदै छ भने अर्को तर्फ गत वर्खाको समयमा आएको बाढि पहिरोले खोलामा लगाएका सबै पानि घट्ट, ओखल, जातो पहिरोले बगाएपछि अहिले खोलाको किनारमा देखीने पानि घट्ट देखीन छोडेका छन भने यी लोपहुन लागेका पानि घट्ट, ओखल, जातो संरक्षण गर्नको लागी एक गाँउ एक पालि घट्ट, गाउँ एक ओखल निमार्ण गर्ने छाँयानाथ रारा नगरपालिकाको योजना रहेको छाँयानाथ रारा नगरपालिकाका उपमेयर ऐश्वर्य मल्लले बताएकी छन् ।

पछिल्लो समयमा गाँउ घरमा बिधुतिय मिलबाट पिठो चामल कुट्न थाले पछि पुराना पुर्खा देखी चल्दै आएका पानि घट्ट, ओखल, जातो जस्ता स्थानिय स्रोत साधनको प्रयोग बाट निर्माण भएको साधनहरु मुगु जिल्ला लगायत जुम्ला, कालीकोट, दैलेख, हुम्ला, डोल्पा, जाजरकोट जिल्लाहरुबाट लोप हुन थाले पछि लोपहुलागेका पानिघट्ट, ओखल र जातोको संरक्षण तथा प्रवद्धनको लागी राज्यका स्थानिय, प्रदेश सरकार देखी संघिय सरकार लागी पर्नुपर्ने देखीन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending