Ntc summer Offer
Khabar Dabali ६ फाल्गुन २०८१ मंगलवार | 18th February, 2025 Tue
Investment bank

भुकम्प पछिको एक दशकसम्म पनि भएन पाटन दरबार क्षेत्रका सम्पदा पुनःनिर्माण

खबरडबली संवाददाता

ललितपुर । विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका दुईवटा संरचनाको पुनः निर्माण हुन सकेको छैन।

ती सम्पदा पुनःनिर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ। राणाकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनःनिर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मञ्जु थापाले जानकारी दिइन्।

उनले भनिन्, ‘भारत सरकारको सहयोगमा पुनःनिर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ। ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुनःनिर्माण अघि बढेको छ।’

करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा १५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।

उनका अनुसार उक्त मन्दिरको पुनःनिर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ। भूकम्पले क्षति पुर्‍याएका केही संरचना पुनःनिर्माण भई उद्घाटन भइसकेका छन्। कम क्षति पुगेका सम्पदाको सामान्य मर्मत गरिएको पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए।

उनका अनुसार पाटनदरबारको सबैभन्दा ठूलो मन्दिरको रूपमा चिनिने देगुतलेजु मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ। विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढे पनि आर्थिक अभावका कारण पुनः निर्माण सम्पन्न हुनसकेको छैन।

विभिन्न दाताको सहयोगबाट पुनःनिर्माण सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीलाई अभिनेत्री निता ढुंगानाको खुला पत्र

फोटो खिच्ने र फोटो खिचाउने काम बाहेक देशको उन्नति प्रगति के भइरहेको छ ?

कुलमानमाथि लगाम लगाउने ऊर्जामन्त्रीको चेतावनी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अराजक गतिविधि गरिरहेको आरोप लगाएक...

सेयर बजारमा झन्डै १२ अङ्कको वृद्धि हुँदा कारोबार रकम १० अर्बमाथि

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९१ अङ्कले बढेर २७३९ दशमलव ८२ को विन्दुम...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट ७६ जना विद्यार्थी दीक्षित

काठमाडौँ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष ७६ जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यास...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट ७६ जना विद्यार्थी दीक्षित

काठमाडौँ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष ७६ जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यास...

सुशासन अभावका कारण विकास निर्माणका कामले पूर्णता पाउन सकेनः सांसद नेम्वाङ

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताएका छन् ।  प्रतिनिधि सभाको मंगलब...

प्रकृति लम्साल घटनाले प्रतिनिधिसभामा आक्रोश, सत्य तथ्य छानबिनको माग

काठमाडौं । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले प्रतिनिधिसभा बैठक पनि तातेको छ ...

भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरणको विषयः संसद बैठकमा कसले के भने ?

काठमाडौं । भारतको ओडिसाको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले राष्ट्...

लम्सालको न्यायको लागि तत्काल उच्चस्तरीय राजनीतिक संवाद गर्न माग

काठमाडौं । नेकपा माओवादीका सांसद माधव सापकोटाले मृतक प्रकृति लम्सालको न्यायको लािग तत्काल सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद थालनी गर्न माग गरे...

मैना सुनुवार हत्याको २१ वर्ष: न्याय माग्दै आमा देवीले लेखिन् राष्ट्रसंघलाई पत्र

काठमाडौ‌ । सशस्त्र द्वन्द्वकालमा सुरक्षाकर्मीद्वारा हत्या गरिएकी मैना सुनुवारकी आमा देवीले न्याय माग्दै संयुक्त राष्ट्रसंघलाई पत्र लेखेकी छन् । राष्ट्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy