Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू

खबरडबली संवाददाता

गोरखा। जिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले ‘एक सहकारी, एक उत्पादन’ अभियानमार्फत स्थानीय विकास र आत्मनिर्भरतालाई नयाँ गति दिने योजना अघि सारेका छन्।

आदर्श बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्थाको १९औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन उद्घाटन गर्दै उनले सहकारीलाई ग्रामीण विकासको आधार बनाउँदै उत्पादनमूलक व्यवसाय र स्थानीय रोजगारी सिर्जनामा केन्द्रित गरिने बताए।

अध्यक्ष देवकोटाले सहकारीलाई जनताको साझा संस्था भन्दै यसलाई उत्पादनका माध्यमबाट आर्थिक उन्नति गर्ने अभियानका रूपमा अघि बढाउन गाउँपालिका प्रतिबद्ध रहेको बताए। उनले भने, ‘सहकारीलाई नमुना रूपमा विकास गर्दै, स्थानीय उत्पादनहरूको ब्रान्डिङ र बजारीकरणमा जोड दिनेछौँ।’

गाउँपालिकाले स्थानीय उत्पादनमा आधारित कार्यक्रमहरू जस्तै कोदाको रक्सी, किवी खेती, ओलाङमा तत्काल होमस्टे सञ्चालन, र उत्पादनमूलक व्यवसाय प्रवर्द्धन गर्न सहकारीमार्फत अनुदान उपलब्ध गराउने योजना अघि सारेकाे बताए। ‘यसले न केवल रोजगारी सिर्जना गर्छ, उत्पादित सामग्रीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन मद्दत गर्दछ,’ उनले थपे।

अध्यक्ष देवकोटाले सहकारीप्रति जनतामा रहेको नकारात्मक धारणा बदल्ने आवश्यकता औँल्याए। गाउँपालिकाले सहकारी व्यवस्थापन सुधार्न कडा नीति अवलम्बन गरेको दाबी गर्दै उनले खराब कर्जा भएका सहकारीलाई अनुशासनमा ल्याउने, ऋण नतिर्नेहरूको पालिकाबाट प्रवाह हुने सेवा रोक्ने, र, पुस महिनाभित्र सबै सहकारीलाई अद्यावधिक गर्न निर्देशन दिएको दाबी गरे।

कार्यक्रममा अध्यक्ष देवकोटाले नम्कि-भिरकुना-खरिबोट-वडा कार्यालय सडक तत्काल पिच गर्ने प्रतिबद्धता जनाए।

गाउँपालिकाका सबै टाेल तथा गाउँमा केन्द्रीय प्रसारण लाइन पुग्ने भन्दै स्थानीय स्तरमा उत्पादित हाइड्रोलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न सहजीकरण गर्न आफू तयार रहेको बताए । उनले भने-‘आगामी केही समयभित्र अजिरकाेटका हरेक टोल र गाउँमा केन्द्रीय प्रसारण लाइन पुग्छ। तर, यहाँ तपाइहरूले उत्पादन गर्नु भएको हाइड्रोलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न चाहनुहुन्छ भने स्थानीय सरकारले त्यसलाई सहजीकरण गर्न तयार छ ।’

स्थानीय सरकारलाई एक मेगावाट क्षमताका हाइड्रो पावरको अनुमति प्रदान गर्ने कानुनी व्यवस्था छ ।

२०६३ सालमा स्थापना भएको आदर्श बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्थाले ११ वटा साना सहकारी संस्थालाई मातहतमा राख्दै, हालसम्म करिब ३ करोड रुपैयाँ लगानी गरेका स्थानीय शेयर सदस्यहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...

जलेको अवस्थामा अस्पताल भर्ना भएका रावतको निधन

काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।  अस्पतालको  जलन उपचार केन्द्र...

बझाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते, ७ जनाको अवस्था गम्भीर

धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...

भेनेजुएलामा दोहोरो भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...

घोराहीका शिक्षा अधिकृत बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार, वडा सदस्यमाथि आरोप

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

  काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...

धनुषाको मिथिला नगरपालिकामा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, ७ सय धारामा पानी आपूर्ति अवरुद्ध

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending