Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

उपत्यकामा रहेका ओखलढुंगे पत्रकार संस्थागतरुपमा एक ढिक्का बन्दै

खबरडबली संवाददाता

काठमाडौं।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा 'ओखलढुंगा पत्रकार समाज' विधिवत् रूपमा दर्ता भएको छ । संस्था दर्ता भएसँगै ओखलढुंगे पत्रकार सस्थागतरुपमा एक ढिक्का भएका छन् । 

प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य तथा कौशिकी साहित्यिक द्वैमासिकका प्रधान सम्पादक चेतनाथ धमलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति रहेकेा पत्रकारहरुकाे संस्था दर्ता भएकाे हाे  ।

समाजको उपाध्यक्षमा गोरखापत्रका डिजिटल प्रमुख तथा निमित्त कार्यकारी सम्पादक नारदमुनि गौतम र नेपाल टेलिभिजनका समाचार सम्पादक सलोजा दाहाल रहेका छन ।

यसैगरी महासचिवमा नेपाल समाचारपत्र दैनिकका राजनीतिक ब्युरो प्रमुख जीवन शर्मा, सचिवमा खबरडबली डट कमका समाचार सम्पादक मनोज  भट्टराई, कोषाध्यक्षमा सेभेनस्टार फोर के टेलिभिजनका प्रबन्ध निर्देशक जानुका बराल रहेका छन् । 

सदस्यहरूमा हिमालय टाइम्स दैनिकका उपसम्पादक विनोद दाहाल, राससका उपसम्पादक कुम्भराज राई, समाचारपाना डटकमका सम्पादक शिवबहादुर विक ‘मिलन’, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुङ्गेल, सुनकोसी सन्देशका प्रधान सम्पादक युवराज पहाडी, आदर्शखबर डट कमका अध्यक्ष तथा सञ्चालक टीकादास श्रेष्ठ ,थाहा खबर डटकमका संवाददाता श्याम राई रहेका छन् ।

यसैगरी समाजको सल्लाहकारमा राससका पूर्व अध्यक्ष तथा हिमालय टाइम्सका प्रधान सम्पादक पुरुषोत्तम दाहाल, प्रेस काउन्सिल नेपालका पूर्व कार्यबहाक अध्यक्ष, साँघु साप्ताहिकका संस्थापक तथा अतिथि सम्पादक गोपाल बुढाथोकी र नेपाल पत्रकार महासङ्घका निवर्तमान कार्यबाहक अध्यक्ष बाला अधिकारी रहेका छन् । 

ओखलढुङ्गाको पत्रकारिता क्षेत्रको विकास, अग्रज पत्रकारलाई पुरस्कार , अभिनन्दन, सम्मान र अनुज पत्रकारहरूको श्रीवृद्धिका लागि आवश्यक सहयोग, पत्रकार कल्याणकारी अक्षयकोष स्थापना, विधागत पत्रकारिता पुरस्कार स्थापना, ओखलढुङ्गा जिल्लाबाट काठमाडौं लगायतका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूलाई एकाकार गरी जिल्लाका विभिन्न एजेन्डामा बहस पैरवी गर्ने, खोजअनुसन्धानका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ समाजको स्थापना गरिएको संस्थाका अध्यक्ष चेतनाथ धमलाले बताए  । 

समाजले आफ्ना उद्देश्यअनुसारका गतिविधिलाई अघि बढाउन ओखलढुङ्गामा स्थायी घर भएका काठमाडौँलगायत अन्यत्रसमेत कर्मथलो बनाएका सम्बन्धित पत्रकारहरूसँग आवश्यक छलफल गर्ने तयारी रहेको समाचारमा उल्लेख गरिएको छ ।

संस्था स्थापनार्थ भेलामा उपस्थित पत्रकारहरू स्वतः संस्थापक रहने समाजको विधानमा व्यवस्था गरिएको छ । ओखलढुङ्गाबाट काठमाडौँ आइ पत्रकारिता पेसामा क्रियाशील पत्रकारहरूको सङ्ख्या करिब एकसय जनाको हाराहारीमा रहेको समाजले जनाएको छ । पहिलो चरणमा ती पत्रकारहरूको तथ्याङ्क सङ्कलन गरी बृहत्त भेला गर्ने योजना रहेको अध्यक्ष धमलाको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending