काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा 'ओखलढुंगा पत्रकार समाज' विधिवत् रूपमा दर्ता भएको छ । संस्था दर्ता भएसँगै ओखलढुंगे पत्रकार सस्थागतरुपमा एक ढिक्का भएका छन् ।
प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य तथा कौशिकी साहित्यिक द्वैमासिकका प्रधान सम्पादक चेतनाथ धमलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति रहेकेा पत्रकारहरुकाे संस्था दर्ता भएकाे हाे ।
समाजको उपाध्यक्षमा गोरखापत्रका डिजिटल प्रमुख तथा निमित्त कार्यकारी सम्पादक नारदमुनि गौतम र नेपाल टेलिभिजनका समाचार सम्पादक सलोजा दाहाल रहेका छन ।
यसैगरी महासचिवमा नेपाल समाचारपत्र दैनिकका राजनीतिक ब्युरो प्रमुख जीवन शर्मा, सचिवमा खबरडबली डट कमका समाचार सम्पादक मनोज भट्टराई, कोषाध्यक्षमा सेभेनस्टार फोर के टेलिभिजनका प्रबन्ध निर्देशक जानुका बराल रहेका छन् ।
सदस्यहरूमा हिमालय टाइम्स दैनिकका उपसम्पादक विनोद दाहाल, राससका उपसम्पादक कुम्भराज राई, समाचारपाना डटकमका सम्पादक शिवबहादुर विक ‘मिलन’, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुङ्गेल, सुनकोसी सन्देशका प्रधान सम्पादक युवराज पहाडी, आदर्शखबर डट कमका अध्यक्ष तथा सञ्चालक टीकादास श्रेष्ठ ,थाहा खबर डटकमका संवाददाता श्याम राई रहेका छन् ।
यसैगरी समाजको सल्लाहकारमा राससका पूर्व अध्यक्ष तथा हिमालय टाइम्सका प्रधान सम्पादक पुरुषोत्तम दाहाल, प्रेस काउन्सिल नेपालका पूर्व कार्यबहाक अध्यक्ष, साँघु साप्ताहिकका संस्थापक तथा अतिथि सम्पादक गोपाल बुढाथोकी र नेपाल पत्रकार महासङ्घका निवर्तमान कार्यबाहक अध्यक्ष बाला अधिकारी रहेका छन् ।
ओखलढुङ्गाको पत्रकारिता क्षेत्रको विकास, अग्रज पत्रकारलाई पुरस्कार , अभिनन्दन, सम्मान र अनुज पत्रकारहरूको श्रीवृद्धिका लागि आवश्यक सहयोग, पत्रकार कल्याणकारी अक्षयकोष स्थापना, विधागत पत्रकारिता पुरस्कार स्थापना, ओखलढुङ्गा जिल्लाबाट काठमाडौं लगायतका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूलाई एकाकार गरी जिल्लाका विभिन्न एजेन्डामा बहस पैरवी गर्ने, खोजअनुसन्धानका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ समाजको स्थापना गरिएको संस्थाका अध्यक्ष चेतनाथ धमलाले बताए ।
समाजले आफ्ना उद्देश्यअनुसारका गतिविधिलाई अघि बढाउन ओखलढुङ्गामा स्थायी घर भएका काठमाडौँलगायत अन्यत्रसमेत कर्मथलो बनाएका सम्बन्धित पत्रकारहरूसँग आवश्यक छलफल गर्ने तयारी रहेको समाचारमा उल्लेख गरिएको छ ।
संस्था स्थापनार्थ भेलामा उपस्थित पत्रकारहरू स्वतः संस्थापक रहने समाजको विधानमा व्यवस्था गरिएको छ । ओखलढुङ्गाबाट काठमाडौँ आइ पत्रकारिता पेसामा क्रियाशील पत्रकारहरूको सङ्ख्या करिब एकसय जनाको हाराहारीमा रहेको समाजले जनाएको छ । पहिलो चरणमा ती पत्रकारहरूको तथ्याङ्क सङ्कलन गरी बृहत्त भेला गर्ने योजना रहेको अध्यक्ष धमलाको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...
आषाढ़ २७ गते, २०८३ - २०:४१
तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन
आषाढ़ २७ गते, २०८३ - २०:२४
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...
आषाढ़ २७ गते, २०८३ - २०:१६
धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...
आषाढ़ २७ गते, २०८३ - २०:१२
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...



प्रतिकृया लेख्नुहोस्: