वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प चार वर्षपछि पुनः निर्वाचित नभएको भए सन् २०२० को चुनावको नतिजा उल्ट्याउने कथित प्रयासका लागि दोषी ठहरिने भन्ने तत्कालीन विशेष सल्लाहकार ज्याक स्मिथको प्रतिवेदन अमेरिकी सञ्चारमाध्यमले मङ्गलबार बिहान प्रकाशित गरेको छ ।
“संविधानले एक राष्ट्रपतिविरुद्ध निरन्तर अभियोजन र मुद्दा चलाउन निषेध गर्छ भन्ने अमेरिकी न्याय विभागको दृष्टिकोण पूर्ण छ र यो आरोपित अपराधको गम्भीरता, सरकारी प्रमाणको बलियोपन वा अभियोजनको गुण–दोषमा आधारित छैन, जसलाई कार्यालयले पूर्ण समर्थन गर्छ”, प्रतिवेदनमा भनिएको छ, “वास्तवमा श्री ट्रम्पको निर्वाचन र आसन्न राष्ट्रपति पदको पुनर्बहाली नभएको भए ९विशेष सल्लाहकारको० कार्यालयले स्वीकार्य प्रमाणहरू परीक्षणमा दोषी ठहर गर्न र कायम राख्न पर्याप्त थियो भनी मूल्याङ्कन गरेको थियो ।”
जनवरी २० मा ह्वाइट हाउस फर्कनुहुने ट्रम्पलाई संयुक्त राज्य अमेरिकालाई धोका दिने षड्यन्त्र र आधिकारिक कार्यवाहीमा बाधा पुर्याउने षड्यन्त्रको आरोप लगाइएको थियो– काङ्ग्रेसको सत्रले राष्ट्रपति जो बाइडेनको चुनावी जित प्रमाणित गर्न बोलाएको थियो तर सन् २०२१ जनवरी ६ मा रिपब्लिकन समर्थकहरूको भिडले हिंसात्मक आक्रमण गरेको थियो ।
ट्रम्पको अनुसन्धान गर्न नियुक्त विशेष सल्लाहकार रहेका स्मिथले नोभेम्बरको राष्ट्रपति चुनाव जितेपछि आगामी नेता विरुद्धको सङ्घीय आपराधिक मुद्दा खारेज गरे ।
रिपोर्ट रातारात सार्वजनिक भए लगत्तै ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा स्मिथलाई ‘विचलित’ भन्दै प्रतिक्रिया दिए र उनी आफ्नो ‘मालिक’ को राजनीतिक विपक्षीलाई सफलतापूर्वक मुद्दा चलाउन असमर्थ हुनुहुन्थ्यो भने। “ज्याक स्मिथ कति निराश हुनुहुन्छ भनेर देखाउनका लागि उनले बिहान १ः०० बजे आफ्नो नक्कली निष्कर्षहरू जारी गर्नुभयो”, ट्रम्पले अर्को पोस्टमा भने ।
ट्रम्पद्वारा नियुक्त न्यायाधीश एलिन क्याननले गत वर्ष पूर्व र भावी राष्ट्रपतिविरुद्धको छुट्टै मुद्दा – ह्वाइट हाउस छोडेपछि शीर्ष गोप्य कागजातहरू ट्रम्पद्वारा व्यवस्थापनसम्बन्धी – खारेज गर्नुभयो तर उहाँका दुई पूर्व सह–प्रतिवादीहरू विरुद्ध आरोपहरू अझै विचाराधीन छन् ।
स्मिथले विशेष सल्लाहकारका रूपमा आफ्नो अन्तिम प्रतिवेदन पेस गरेको केही दिनपछि गत हप्ता न्याय विभाग छाडे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १९:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...
आषाढ़ २७ गते, २०८३ - १९:५०
काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। अस्पतालको जलन उपचार केन्द्र...
आषाढ़ २७ गते, २०८३ - १९:४५
धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...
आषाढ़ २७ गते, २०८३ - १४:०५
काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...
आषाढ़ २७ गते, २०८३ - १३:५८
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...
आषाढ़ २७ गते, २०८३ - १३:४०
काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...
आषाढ़ २७ गते, २०८३ - १३:२०
काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...
आषाढ़ २७ गते, २०८३ - १३:०१
ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...
आषाढ़ २७ गते, २०८३ - १२:५१
काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...
आषाढ़ २७ गते, २०८३ - ११:२१
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...



प्रतिकृया लेख्नुहोस्: