Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्ने काम सुरु गरेको बताएको छन ।

राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । उनले उपचार कसरी गर्ने ? भन्नेबारेमा केही हदसम्म चिन्तन गरिएको भए पनि रोग नै लाग्न नदिने कुरामा ठोस काम गर्न नसकेको बताए।

उनले स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्न सबैले एकताका साथ काम गर्नुपर्ने जरुरी रहेको धारणा व्यक्त गरे। उनले रोग जानेर कसैले नबोक्ने भन्दै रोग लाग्न नदिने गरी जागरुक अभियान सञ्चलन गर्न आवश्यक रहेको बताए। निरोधात्मक क्षेत्रमा गर्नुपर्ने कामको सुरुवात समेत गर्न नसकेको अवस्था रहेको उनको भनाइ छ ।

‘‘उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ । त्यसैले हामी कोही बिरामी भयौँ । उसको उपचार कसरी गर्ने ? भन्नेबारेमा केही हदसम्म चिन्ता गरेको स्थिति छ । तर बिरामी हुन नदिने भन्नेबारेमा हामील ठोस काम गर्न सकेका छैनौँ । यसरी नै बिरामी बढ्दै जाने हो भने हामीले उपचार गर्न सक्दैनौँ । त्यसैले स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्नका निम्ति मान्छेले रहरले रोग बोकेको हुँदैन ।,’’ स्वास्थ्य मन्त्री पौडेलले भने, ‘‘नजानेर बोकेको हुन्छ । कसैलाई पनि क्यान्सर बोक्ने रहर हुँदैन, कसैलाई पनि किड्नीमा समस्या बोकेर बाँच्ने रहर हुँदैन । तर क्यान्सर शरीरमा प्रवेश गर्न नदिने कसरी हो त्यो जान्न जरुरी छ । किड्नी स्वस्थ कसरी राख्ने ? त्यो जान्न जरुरी छ । मुटु कसरी स्वस्थ राख्ने, सुखी हुने कसरी त्यो पनि जान्न जरुरी छ ।’’

मन्त्री पौडेलले मानसिक रोगको समस्याबाट धेरै मानिसहरु ग्रस्त भएका उल्लेख गर्दै भीडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई अस्वस्थ बनाएको बताए । यसको उपचारात्मक विधि योग र आयुर्वेदसँग जोड्नुपर्ने जानकारी दिए ।

उनले भने, ‘‘निरोधात्मक क्षेत्रमा हामीले जति काम गर्नुपर्ने हो त्यसको सुरुवात पनि गर्न सकिरहेका छैनौँ । मानसिक रोगको समस्याबाट धेरै मानिसहरु ग्रस्त भएका छन् । यो कोलाहल, भीडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई अस्वस्थ बनाएको छ । यसलाई कुन माध्यमबाट हल गर्ने ? यसको उपचारात्मक विधि हामीले अपनाइरहेको सेवासँग जोडिनु हुँदैन । यसको उपचारात्मक विधि योग, आयुर्वेदसँग जोडिनुपर्छ ।’’

मन्त्री पौडेलले सरकारले योगको पाठ्यक्रम विकास गर्न चाहेको बतायो। योगा उपचारको निम्ति छुट्टै अस्पताल बनाउने व्यवस्था गर्न जरुरी रहेको औंल्यायो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...

जलेको अवस्थामा अस्पताल भर्ना भएका रावतको निधन

काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।  अस्पतालको  जलन उपचार केन्द्र...

बझाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते, ७ जनाको अवस्था गम्भीर

धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...

भेनेजुएलामा दोहोरो भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...

घोराहीका शिक्षा अधिकृत बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार, वडा सदस्यमाथि आरोप

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

  काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...

धनुषाको मिथिला नगरपालिकामा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, ७ सय धारामा पानी आपूर्ति अवरुद्ध

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending