सुर्खेत । लोपोन्मुख सिमान्तकृत जातिको रुपमा रहेको राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित गिरीघाट खोला किनारमा अस्थायीरुपमा बसोवास गरिरहेका राउटे बस्तीमा सोमबार स्वास्थ्य शिविरको आयोजना गरिएको हो।
हर्ट नेपाल र नविल बैंकको आयोजनामा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा स्वास्थ्य शिविरको आयोजनामा राउटे समुदायका ४६ महिला र ५८ पुरुष गरी १ सय चार जनाको निशुल्क स्वास्थ्य जाँच गरिएको छ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डाक्टर सुजन सोपकोटाको नेतृत्वमा ४ जना बिषेशज्ञ चिकित्सकको टोलीले राउटेहरुको स्वास्थ्य परिक्षण गरेको हो।
उपचारमा संलग्न डाक्टर सापकोटाले अधिकांश राउटेहरुमा चिसोका कारण रुघा खोकी, शारिरिक चोट पटक तथा अव्यवस्थित खानपानका कारण उच्चरक्त चाप लगायतका समस्या देखा परेको बताए।
सापकोटाले उक्त समस्या महिलाभन्दा पुरुषमा बढी देखिएको र महिलामा पाठेघरसम्बन्धी समस्या भएपनि उनीहरुले जाँच गर्न भने नमानेको बताए। उक्त शिविरमा ३६ जना स्थानीयको पनि निशुल्क स्वास्थ्य जाँच गरिएको थियो। लोपोन्मुख जातिको रुपमा रहेको राउटे समुदायको जनसंख्या पछिल्ल्लो समय अव्यवस्थित खानपान र जीवनशैलीका कारण घट्दोक्रममा रहेको छ।
हाल उनीहरुको जनसंख्या १ सय ३४ रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३० गते, २०८२ - २२:०१
बर्दिया । बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ सधैं उत्साहजनक र अनपेक्षित नतिजाका लागि चिनिन्छ। इतिहासले देखाउँछ कि यहाँ एउटै पार्टीले दोहोर्याएर जितेक...
माघ ३० गते, २०८२ - २१:५०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। सोही दुर्घटनामा परी अर्का ए...
माघ ३० गते, २०८२ - २१:२३
काठमाडाैं । चुनावी दौडधपेडमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार (माघ २९) अचानक सर्वोच्च अदालत पु...
माघ ३० गते, २०८२ - २१:२१
काठमाडौं । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ । फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको ...
माघ ३० गते, २०८२ - २१:१९
सिन्धुपाल्चोक । नेकपाकाे तर्फबाट सिन्धुपाल्चोक–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मााधव साापकाेटाले आफ्नो ३३ महिनाको कार्यकालको मुख्य उपलब्धि...
माघ ३० गते, २०८२ - २१:०२
बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्।बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बो...
माघ ३० गते, २०८२ - २०:५३
रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले भूमे गाउँपालिका–१, लुकुममा स्थानीयवासीसँग भेटघाट गर्दै उक्त गाउँलाई नमूना गाउ...
माघ ३० गते, २०८२ - १९:३९
भक्तपुर । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तातो हुँदै गएको छ। मतदाताले अब केवल नाममा होइन, आफ्नै क्षेत्रक...
माघ ३० गते, २०८२ - १९:०४
बैतडी। बैतडीमा बसको ढोकबाट खसेर एक जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८...
माघ ३० गते, २०८२ - १८:३७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं फिर्तीलाई लक्षित गर्दै जिल्ला प्रशास...



प्रतिकृया लेख्नुहोस्: