काठमाडौं। सरकारले चालु वर्षको वर्षा याममा आएको बाढी पहिरोका कारण ३८१ सडक र पुल लगायतका पूर्वाधारमा क्षति भएको जनाएको छ ।
सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । प्राधिकरणकाअनुसार सातै प्रदेशमा बाढी पहिरोका कारण साना–ठुला गरी क्षति भएको देखिएको जनाएको छ । सबैभन्दा बढी असार, साउन, भदौ र असोजमा आएको बाढीका कारण सबैभन्दा बढी बागमतीमा क्षति भएको देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा।भीष्मकुमार भुसालले जानकारी दिए।
उनले बाढीले क्षति गरेका १७४ सरकारी भवनहरु पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको बताए। उनले बाढीका कारण ऊर्जा तथा जलस्रोतका दुई हजार १९ वटा आयोजनाहरु पुनर्निर्माण गर्नुपर्ने देखिएको जानकारी दिए। उहाँले विपद्पछि पुनर्निर्माणका लागि गर्नुपर्ने कतिपय कामहरु गर्न सरकारले आइतबार गरेका निर्णयले सहज भएको बताए ।
सहसचिव भुसालले सातै प्रदेशमा भएको क्षति पुनर्निर्माणका लागि इन्जिनियरहरु आवश्यकता पर्ने भएकाले सातै प्रदेशमा रहेका इन्जिनियरहरुलाई आवश्यकताका आधारमा सबैतिर खटाएर काम गर्ने निर्णय आईतवार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले गरेको बताए । उनले पुनर्निर्माण प्रक्रियालाई अगाडि बढाउनका लागि पनि अड्किएर बसेका कामहरु निजी आवास पुनर्निर्माणका लागि कार्यविधि स्वीकृत भएसँगै अगाडि बढ्ने बताए।
उनले सरकारले विपदमा राम्रोसँग सूचना सञ्चार हुन नसकेका कारणले क्षतिहरु बढेको अवस्थालाई मूल्याङ्कन गरी प्राधिकरणले जोखिम न्यूनीकरणका लागि सूचना तथा सञ्चार योजना पनि जारी गरेको बताए । त्यस्तै सरकारले विपद् संवेदनशिल सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड नेपाल सरकारले जारी गरेको उनको भनाइ छ ।
आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनर्निर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको थियो । योजना स्वीकृतिसँगै आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनर्निर्माण थालनी हुने प्राधिकरणले जनाएको छ । क्षतिको विस्तृत आँकलन ९डिडिए० नभएका क्षेत्रमा सोही दिनदेखि डिडिएको प्रक्रिया प्रारम्भ गर्ने निर्णय भएको जानकारी दिए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले पुनर्निर्माण र पुनःस्थापनाका लागि सडक तथा यातायात, सरकारी भवन तथा शहरी पूर्वाधार, विद्युत वैकल्पिक ऊर्जा र सिँचाइ, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी सरसफाई तथा स्वच्छता र पुरातात्विक संरचनालाई प्राथमिकताका क्षेत्रमा समावेश गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १९:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...
आषाढ़ २७ गते, २०८३ - १९:५०
काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। अस्पतालको जलन उपचार केन्द्र...
आषाढ़ २७ गते, २०८३ - १९:४५
धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...
आषाढ़ २७ गते, २०८३ - १४:०५
काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...
आषाढ़ २७ गते, २०८३ - १३:५८
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...
आषाढ़ २७ गते, २०८३ - १३:४०
काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...
आषाढ़ २७ गते, २०८३ - १३:२०
काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...
आषाढ़ २७ गते, २०८३ - १३:०१
ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...
आषाढ़ २७ गते, २०८३ - १२:५१
काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...
आषाढ़ २७ गते, २०८३ - ११:२१
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...



प्रतिकृया लेख्नुहोस्: