काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर रहेको बताएको छन ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भूटानभन्दा पनि कमजोर रहेको बताएको हो ।
उनले एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे नीति नै नरहेको भन्दै अहिलेको सरकारले एआई सञ्चालनका लागि नीति बनाएको जानकारी दिए। उनले पोलिसी र स्टाटेजी पास भएपछि एआईको प्रयोग बढ्ने बताए । उनले सुशासन कायम गर्नका लागि नागरिक एपको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सञ्चार मन्त्रालयले नागरिक एप सञ्चालनको जिम्मेवारी लिएको औंल्याए।
‘‘हिजो अस्तिको अध्यादेशमा पनि आएको छ । त्यो सुशासन कसरी कायम गर्ने भनेर । नागरिक एप कार्यान्वयन गर्ने भनेर हामीलाई जिम्मा दिएको छ । नागरिक एप गाइड गर्ने कुनै ल नै भएन हामीसँग । सुशासनमा यत्ति महत्त्वपूर्ण भूमिका रहेछ त्यसको, त्यो चिज व्यवस्थापन गर्नुपर्नेछ । एआई र इ गभर्नेन्सको विषयसँग जोडिएको विषय छ ।,’’ मन्त्री गुरुङले भने, ‘‘एआईलाई कसरी प्रयोग गर्ने भन्ने विषयको पनि पोलिसी केही छैन । पोलिसी बनाएका छौँ हामीले । पोलिसी र स्टाटेजी पास भएपछि त्यो पनि अघि बढाउने र आजको दिनमा हामी साउथ एसियामै सबैभन्दा पछाडि छौँ ।’’
मन्त्री गुरुङले आम सञ्चार विधेयकमै अनलाइन सञ्चारमाध्यमलाई समेटेर व्यवस्थित गर्नेगरी विधेयक ल्याइने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...
माघ ६ गते, २०८२ - १६:२८
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...
माघ ६ गते, २०८२ - १६:०६
झलनाथ र बामदेव परेनन्
माघ ६ गते, २०८२ - १५:३४
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...
माघ ६ गते, २०८२ - १५:१९
स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...




प्रतिकृया लेख्नुहोस्: