Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

कर्णालीमा जन्म र मृत्युमा प्रभावकारी बन्दै ३० केजी चामल

खबरडबली संवाददाता

जुम्ला। कर्णालीमा सरकारले जन्म र मृत्युमा दिने चामल कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मानिसको जन्म र मृत्युको समय त्यसै महत्त्वपूर्ण छ । कर्णालीमा भने सरकारले विपन्न परिवारलाई राहात होस्, जन्ममा खानाको आहारा प्रयाप्त होस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरुवात गरेको छ ।

यो कार्यक्रममार्फत् धेरै विपन्न व्यक्तिहरुले सेवा लिएका छन् । हुने खानेहरु खासै आउदैनन् तर समस्या भएका व्यक्तिहरुले यो सेवा लिइरहेको बताइएको छ । सरकारले यस आर्थिक वर्षबाट २० केजीबाट बढाएर ३० केजी वितरण गर्दै आएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा भने ७९६ जनाले सेवा लिएका छन् । जन्ममा सेवा लिनेको सङ्ख्या ७३३ जना छन् भने मृत्युमा ६३ जनाले सेवा लिएका छन् ।

वि।सं २०७३ सालमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको समयमा सरकारले साविक कर्णालीमा जन्म र मृत्युमा २० केजी निःशुल्क चामल दिने कार्यक्रमदे निरन्तरता पाइरहेको छ । कार्यालयका अनुसार चामल लिन आउनेलाई ज्याला समेत दिने सरकारको नियमानुसार काम भइरहेको छ ।

यसैगरी, जुम्लामा चालु आर्थिक वर्षमा एक सय ८९ जनाले जन्म र मृत्युमा चामल लिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका अनुसार चालु आर्थिक वर्ष २०८१र०८२ मा जन्ममा सेवा लिनेको सङ्ख्या १६४ र मृत्युमा सेवा लिनेको सङ्ख्या २५ रहेको छ ।

कार्यालय प्रमुख मनोज जोशीका अनुसार यस वर्ष साउनदेखि ३० केजी वितरण गरिँदै आएको छ । पहिले २० केजी थियो सरकारले यो आर्थिक वर्षबाट बढाएर ३० केजी जन्म मृत्युमा दिइरहेको उनले बताए। यो आर्थिक वर्षमा दुई लाख ९८ हजार नौसय ५० को चामल वितरण गरिएको छ भने ८५ हजार पाँच सय रुपियाँ ज्याला रकम समेत दिइएको छ ।

प्रमुख जोशीले यस आर्थिक वर्षमा ३६ जनालाई एक हजारका दरले ३६ हजार, ७३ जनालाई पाँच सयका दरले ३६ हजार पाँच सय ज्याला समेत उपलब्ध गराएको जानकारी दिए। सरकारको यो कार्यक्रमले निकै सहयोग पुगेको स्थानीयले बताएका छन् । कार्यालयले सिञ्जा क्षेत्रलाई एक हजार र तातोपानी अन्य क्षेत्रलाई पाँच सयका दरले चामल लिन आउलेलाई ज्यालासहित उपलब्ध गराउँदै आएको जनाएको छ ।

कार्यालयमा सेवा लिन आएका जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ निवासी राजेन्द्र रोकायाले आफ्नो बच्चा जन्मेको हुँदा सरकारले दिने सेवा पाएकोमा खुशी व्यक्त गरे। राजेन्द्र जस्तै दुई–चार जना दैनिक यो सेवा कार्यालयमा लिन आउने गरेको पाइएको छ ।

कार्यालयले जन्ममा अस्पतालको प्रमाणपत्र, जन्मदर्ता, वडाको सिफारिस र लिन आउनेको नागरिकताको प्रतिलिपी भएमा चामल दिइने र मृत्युमा  मृत्युदर्ता वा वडाको सिफारिस आवश्यक पर्दछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...

मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...

मधेशमा ६० प्रतिशतभन्दा बढी मत पाउने स्वर्णिम वाग्लेको विश्वास

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट ?

झलनाथ र बामदेव परेनन्

कमल थापालाई टिकट दिएपछि राप्रपाका युवा नेता कार्कीले छाडे पार्टी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...

स्याङ्जामा कांग्रेसबाट ढकाल र मल्ल उम्मेदवार

स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...

कांग्रेसले हिमाली जिल्लामा उम्मेदवार टुंगो लगायो

काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...

ओलीलाई योगेशको आग्रह: कुनै किचलो गर्दिनँ, उम्मेदवार मिलाउन सकिने क्षेत्रमा मिलाउनुस्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending