Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

कर्णालीमा जन्म र मृत्युमा प्रभावकारी बन्दै ३० केजी चामल

खबरडबली संवाददाता

जुम्ला। कर्णालीमा सरकारले जन्म र मृत्युमा दिने चामल कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मानिसको जन्म र मृत्युको समय त्यसै महत्त्वपूर्ण छ । कर्णालीमा भने सरकारले विपन्न परिवारलाई राहात होस्, जन्ममा खानाको आहारा प्रयाप्त होस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरुवात गरेको छ ।

यो कार्यक्रममार्फत् धेरै विपन्न व्यक्तिहरुले सेवा लिएका छन् । हुने खानेहरु खासै आउदैनन् तर समस्या भएका व्यक्तिहरुले यो सेवा लिइरहेको बताइएको छ । सरकारले यस आर्थिक वर्षबाट २० केजीबाट बढाएर ३० केजी वितरण गर्दै आएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा भने ७९६ जनाले सेवा लिएका छन् । जन्ममा सेवा लिनेको सङ्ख्या ७३३ जना छन् भने मृत्युमा ६३ जनाले सेवा लिएका छन् ।

वि।सं २०७३ सालमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको समयमा सरकारले साविक कर्णालीमा जन्म र मृत्युमा २० केजी निःशुल्क चामल दिने कार्यक्रमदे निरन्तरता पाइरहेको छ । कार्यालयका अनुसार चामल लिन आउनेलाई ज्याला समेत दिने सरकारको नियमानुसार काम भइरहेको छ ।

यसैगरी, जुम्लामा चालु आर्थिक वर्षमा एक सय ८९ जनाले जन्म र मृत्युमा चामल लिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका अनुसार चालु आर्थिक वर्ष २०८१र०८२ मा जन्ममा सेवा लिनेको सङ्ख्या १६४ र मृत्युमा सेवा लिनेको सङ्ख्या २५ रहेको छ ।

कार्यालय प्रमुख मनोज जोशीका अनुसार यस वर्ष साउनदेखि ३० केजी वितरण गरिँदै आएको छ । पहिले २० केजी थियो सरकारले यो आर्थिक वर्षबाट बढाएर ३० केजी जन्म मृत्युमा दिइरहेको उनले बताए। यो आर्थिक वर्षमा दुई लाख ९८ हजार नौसय ५० को चामल वितरण गरिएको छ भने ८५ हजार पाँच सय रुपियाँ ज्याला रकम समेत दिइएको छ ।

प्रमुख जोशीले यस आर्थिक वर्षमा ३६ जनालाई एक हजारका दरले ३६ हजार, ७३ जनालाई पाँच सयका दरले ३६ हजार पाँच सय ज्याला समेत उपलब्ध गराएको जानकारी दिए। सरकारको यो कार्यक्रमले निकै सहयोग पुगेको स्थानीयले बताएका छन् । कार्यालयले सिञ्जा क्षेत्रलाई एक हजार र तातोपानी अन्य क्षेत्रलाई पाँच सयका दरले चामल लिन आउलेलाई ज्यालासहित उपलब्ध गराउँदै आएको जनाएको छ ।

कार्यालयमा सेवा लिन आएका जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ निवासी राजेन्द्र रोकायाले आफ्नो बच्चा जन्मेको हुँदा सरकारले दिने सेवा पाएकोमा खुशी व्यक्त गरे। राजेन्द्र जस्तै दुई–चार जना दैनिक यो सेवा कार्यालयमा लिन आउने गरेको पाइएको छ ।

कार्यालयले जन्ममा अस्पतालको प्रमाणपत्र, जन्मदर्ता, वडाको सिफारिस र लिन आउनेको नागरिकताको प्रतिलिपी भएमा चामल दिइने र मृत्युमा  मृत्युदर्ता वा वडाको सिफारिस आवश्यक पर्दछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...

जलेको अवस्थामा अस्पताल भर्ना भएका रावतको निधन

काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।  अस्पतालको  जलन उपचार केन्द्र...

बझाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते, ७ जनाको अवस्था गम्भीर

धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...

भेनेजुएलामा दोहोरो भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...

घोराहीका शिक्षा अधिकृत बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार, वडा सदस्यमाथि आरोप

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

  काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...

धनुषाको मिथिला नगरपालिकामा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, ७ सय धारामा पानी आपूर्ति अवरुद्ध

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending