गुल्मी । गुल्मीमा दिवङ्गत भएका राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको सम्झनामा पार्क निर्माण भएको छ । धुर्कोट गाउँपालिकाले पूर्वसांसद स्वर्गीय रुद्रमणि शर्मा भण्डारी, जिल्ला विकास समिति (जिविस) का पूर्वउपसभापति परमानन्द भण्डारी र गाउँ विकास समितिका पूर्वअध्यक्ष टोमलाल पाण्डेको स्मृतिमा रुद्रमणि, परमानन्द, टोमलाल स्मृति पार्क निर्माण गरेको हो ।
धुर्कोट गाउँपालिकाको ६७ लाख रुपैयाँ लागतमा वडा नम्बर–५ बस्तुमा तीन जना सामाजिक व्यक्तित्वको अर्धकदको सालिकसहित पार्क निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।
नवनिर्मित पार्कको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सोक्रममा मुख्यमन्त्री आचार्यले पछिल्लो समयमा समाजमा योगदान गरेका सामाजिक व्यक्तित्वहरूलाई बिर्सिँदै जान थालेको अवस्थामा धुर्कोट गाउँपालिकाको कामको प्रशंसा गरेका थिए ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले समाजमा योगदान गरेका व्यक्तिहरूको इतिहासलाई जीवन्त राख्न र राजनीतिमा लागेर पनि समाज परिवर्तनका लागि गरेको कामको उच्च मूल्याङ्कन गर्दै पालिकाको तर्फबाट उहाँहरूको सम्झनामा पार्क निर्माण गरेको बताए ।
सरल स्वभाव र सादगी जीवन व्यतित गरी सामाजिक क्षेत्रमा सधै समर्पित रहेका शर्माको २०७५, जिविस उपसभापति भण्डारीको २०६६ र पूर्वगाविस अध्यक्ष पाण्डेको २०७१ सालमा निधन भएको थियो । कार्यक्रममा मुख्यमन्त्री आचार्यले स्वर्गीय तीनै जनालाई मरणोपरान्त सम्मानपत्र प्रदान गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: