Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

गुल्मीमा अग्रजहरूको सम्झनामा पार्क निर्माण

खबरडबली संवाददाता

गुल्मी ।  गुल्मीमा दिवङ्गत भएका राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको सम्झनामा पार्क निर्माण भएको छ । धुर्कोट गाउँपालिकाले पूर्वसांसद स्वर्गीय रुद्रमणि शर्मा भण्डारी, जिल्ला विकास समिति (जिविस) का पूर्वउपसभापति परमानन्द भण्डारी र गाउँ विकास समितिका पूर्वअध्यक्ष टोमलाल पाण्डेको स्मृतिमा रुद्रमणि, परमानन्द, टोमलाल स्मृति पार्क निर्माण गरेको हो ।

धुर्कोट गाउँपालिकाको ६७ लाख रुपैयाँ लागतमा वडा नम्बर–५ बस्तुमा तीन जना सामाजिक व्यक्तित्वको अर्धकदको सालिकसहित पार्क निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।

नवनिर्मित पार्कको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए  । सोक्रममा मुख्यमन्त्री आचार्यले पछिल्लो समयमा समाजमा योगदान गरेका सामाजिक व्यक्तित्वहरूलाई बिर्सिँदै जान थालेको अवस्थामा धुर्कोट गाउँपालिकाको कामको प्रशंसा गरेका थिए  ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले समाजमा योगदान गरेका व्यक्तिहरूको इतिहासलाई जीवन्त राख्न र राजनीतिमा लागेर पनि समाज परिवर्तनका लागि गरेको कामको उच्च मूल्याङ्कन गर्दै पालिकाको तर्फबाट उहाँहरूको सम्झनामा पार्क निर्माण गरेको बताए ।

सरल स्वभाव र सादगी जीवन व्यतित गरी सामाजिक क्षेत्रमा सधै समर्पित रहेका शर्माको २०७५, जिविस उपसभापति भण्डारीको २०६६ र पूर्वगाविस अध्यक्ष पाण्डेको २०७१ सालमा निधन भएको थियो । कार्यक्रममा मुख्यमन्त्री आचार्यले स्वर्गीय तीनै जनालाई मरणोपरान्त सम्मानपत्र प्रदान गरेका थिए  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending