Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द

खबरडबली संवाददाता

पर्वत । विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ । कुनै समय वनजङ्गलमा खेर जाने चाल्ने सिस्नो (अल्लो) बाट उपभोग्य कपडा बनाउनका लागि नयाँ प्रविधिसहितको उद्योग सञ्चालनमा आएको भए पनि बजार अभाव र जनशक्तिको कमीले गर्दा दुई वर्षदेखि अलपत्र भएको हो । 

तत्कालीन पोखरा विश्वविद्यालय र कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेशकहरूको पहलमा पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित घुरूङ्गामा भूमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योग खोलिएको थियो । 

विसं २०७४ फागुनदेखि सञ्चालनमा आएको उद्योग २०७८ सालदेखि बन्द गरिएको हो । परम्परागत रूपमा अल्लोको लोकतालाई पकाउने, कुट्ने र धागो निकाल्दा समय र लागतसमेत अत्याधिक पर्न थालेपछि लघुउद्यमीका लागि नयाँ प्रविधि भित्र्याइएको भए पनि बढ्दो बसाइँसराइका कारण जनशक्ति कम हुँदै जानु र उत्पादन गरेको अल्लोले राम्रो बजार नपाएपछि बन्द गर्नुपरेको स्थानीय टेकबहादुर पुनले बताए । 

तत्कालीन समयमा झण्डै रू २० लाखको लागतमा उद्योग  सञ्चालनमा आएको थियो । सञ्चालनमा आएका केही वर्ष यहाँबाट राम्रैसँग उत्पादन गर्न सफल भए पनि विस्तारै वनमा जाने, अल्लो सङ्कलन गर्ने, उद्योगमा ल्याएर प्रशोधन गर्ने जनशक्तिको अभाव भएपछि बन्द गर्नुपरेको अल्लो उद्यमी रनमाया पुनले बताए । 

उक्त उद्योगबाट छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादन लिन सकिने भए पनि कच्चापदार्थ सङ्कलन गर्ने जनशक्ति नहुँदा बन्द गर्नुपरेको उद्यमी पुनले बताए । यहाँबाट उत्पादित अल्लोको कपडासमेत बिक्री गर्न समस्या भएपछि गतवर्ष मोदी गाउँपालिकाले दुई सय मिटर कपडा खरिद गरिदिएको स्थानीय गमबहादुर पुनले बताए । 

नयाँ प्रविधिमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने आधुनिक प्रविधि रहेको थियो । परम्परागत रूपमा प्रशोधन गर्दा थोरै उत्पादनका लागि धेरै लागत र शारीरिक श्रम लाग्ने तथा समयसमेत बढेकाले नाफा कमाउन कठिन भएको भन्दै खोलीको उद्योगसमेत बन्द भएपछि अहिले गाउँमा दुई तीनजना महिलाले परम्परागत रूपमै अल्लो प्रशोधन गरेर निर्वाहमुखी रूपमा पेसालाई जोगाउँदै आएका छन् ।

अहिले पुरानै तरिकाबाट अल्लोको भुवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्नुपर्दा धेरै श्रम र समय लाग्दै उद्यमी पुनले बताए । जिल्ला लघु उद्यमी सङ्घकी पूर्व अध्यक्ष सेती महतले गाउँबाट बसराइँ सर्ने दर बढेसँगै सञ्चालित आधुनिक मेसिन सहितको उद्योग पनि बन्द भएको बताए । महतले लघुउद्यमीलाई नयाँ प्रविधि, सीप र पुँजीको सहयोग गरेर गाउँघरमै रोजगारी बढाउन आवश्यक भएको बताए । 

रोजगारीका अवसर र गुणस्तरीय शिक्षाको खोजीमा यो गाउँबाट बसाइँसराइ दर तीव्र रूपमा बढेको छ । बाउन्न घरधुरी रहेको यो घुरूङ्गा गाउँमा अहिले मुस्किलले २५ घरमा मात्र बसोबास रहेको छ । मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले स्थानीय महिला सक्रिय भएर उद्यम सञ्चालन गर्न चाहेमा गाउँपालिका सहयोग गर्न तयार रहेको बताए । 

व्यावसायिक रूपमा उद्योग सञ्चालन गर्न सकेमा अल्लोको कपडा त्रिक्रीबाट वार्षिक लाखौँ रूपैँया आम्दानी गर्न सकिने भएकाले गाउँपालिका उत्पादित कपडाको बजारीकरण र उद्योग सञ्चालनका लागि आर्थिक सहयोग गर्न तयार  रहेको बताए । पर्वतका उत्तरी क्षेत्रका शालिजा, लेखफाँट, क्याङ, देउराली, भुकताङ्ले र बनौमा अल्लो प्रशस्त पाइने भएकाले यस क्षेत्रका महिला अल्लो उद्यम गर्दै आएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महेन्द्रनगरमा चिसो बढेपछि विद्यालय बन्द

महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर वि...

वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ बजेसम्म थप

पर्सा । जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू  आदेश थप गरेको छ ।  प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि...

स्ट्रबेरीखेती बिक्री गरेर एकवर्षमा २१ लाख आम्दानी

दाङ । अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेर...

भारतबाट फर्किएगत्तै आन्तरिक छलफलमा प्रचण्ड, राष्ट्रिय सभामा तालमेलको कसरत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि पार्टीभित्र आन्तरिक छलफलमा सक्रिय भएका छन्।  एकता सन्...

राष्ट्रिय सभा निर्वाचन- कांग्रेसले आज उम्मेदवारको टुङ्गो लगाउने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो आज लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको...

माटो मिसाएर गरिएको ढलान जनप्रतिनिधिले भत्काइदिए

म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक य...

आमचोकमा तीन करोड लगानीमा चियाखेती

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ ...

एमाले कार्यकर्ताले १० वर्षदेखि सूर्य चिह्नमा भोट हाल्न नपाएको झापा–३ मा ओली लड्दैछन् ?

काठमाडौं । गत शनिबार एमालेको क्षेत्रीय कमिटी बैठकले झापा–५ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गर्ने...

एमाले सचिवालय बैठक- राष्ट्रियसभा निर्वाचनबारे के लेला निर्णय ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्नेगरि बैठक आह्वान भएको केन्द्रीय कार्यालयका सचिव डा....

राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच गठबन्धन हुने निश्चित, १८ सीट कसरी हुँदैछ बाँडफाँट ?

काठमाडौँ । जेनजी आन्दोलनको प्रभावपछि सत्ता राजनीतिबाट केही हदसम्म टाढिएका प्रमुख दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन् । ११ म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending