काठमाडौ । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन ०८४ को निर्वाचनसम्मै चल्ने दावी गरेका छन्। आइतवार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो दावी गरेका हुन्। उनले गठबन्धन नटिक्ने भन्ने कुरा हल्लामात्र भएको बताए।
उनले गठबन्धन नटिक्ने भन्ने हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताए। उनले नेकपा एमाले र नेपाली कांग्रेसले गरेको सातबुँदे सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्ने दावी गरे।
उनले संविधान संशोधन ०८७ पुग्छ कि कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय नभएको बताए। उनले संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गरी सबै राजनीतिक दलहरुसँग छलफल र समन्वय गरेर संविधान संशोधन हुने बताए।
‘यो गठबन्धन टिक्दैन भन्ने हल्ला हो‚ यो हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन‚ गठबन्धन टिकिरहेको छ। राम्रो काम गर्नेकुरामा अघि बढेको छ र नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको सातबुँदे सहमतिबमोजिम गठबन्धन रहन्छ‚’ उनले भने।
प्रधानमन्त्री केपी ओलीले अब संविधान सशोधन ०८७ मा मात्रै हुने केन्द्रीय कमिटीको बैठकमा बताएका थिए। तर, त्यो कुरा गृहमन्त्रीले अस्वीकार गर्दै भने, ‘सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ। संविधान संशोधन चरणबद्ध हो। ०८७ पुग्छ कि कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय होइन।’
गृहमन्त्री लेखकले पश्चिम नेपालको भूकम्पले जाजरकोटलगायत जिल्लाहरुमा प्रभावित गरेको र डोटी इपिसेन्टर भएको तथा अछाम, बझाङ, बाजुरा, डडेलधुरालाई प्रभावित गरेको भूकम्प र पछिल्लो समयको मनसुनजन्य विपदबाट बाढी, पहिरोबाट भएको क्षतिको आँकलन भइसकेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: