Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

आर्मी र पुलिस जय ट्रफीको फाइनलमा

खबरडबली संवाददाता

काठमाडौँ। विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनलमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा आर्मीले मधेश प्रदेशलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै पुलिसले लिगको अन्तिम खेलमा बागमती प्रदेशलाई पाँच विकेटले हराउँदै फाइनलमा पुगेको हो । 

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार मधेशले प्रस्तुत गरेको २८ रनको लक्ष्य आर्मीले दुई विकेटको क्षतिमा पूरा गरेको हो । आर्मीको पहिलो पहिलो जित हो । आर्मीले यसअघि पुलिस र बागमतीसँग बराबरी खेलेको थियो । 

आर्मीका लागि तृतराज दासले ११ तथा इम्रान शेखले अविजित आठ र बसिर अहमदले अविजित चार रन बनाए। बलिङमा मधेशका प्रदीप पासवानले दुई विकेट लिए। आर्मीसँग फलो अनमा परेको मधेशले दोस्रो इनिङमा एक सय ५० रन मात्रै बनाएपछि आर्मीले २८ रनको सामान्य लक्ष्य पाएको थियो । 

२र० को अवस्थामा दोस्रो दिनको खेल सुरु गरेको मधेशले एक सय ४८ रन थप्दा सबै विकेट गुमाएको थियो । मधेशका लागि मायन यादवले सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान हरिशंकर साहले २५, अभिषेक तिवारीले १९, निरज यादवले १७ र हिमान्शु दत्तले ११ रन बनाए। 

बलिङमा आर्मीका बसिर अहमदले चार विकेट लिए। यस्तै शाहब आलमले तीन र आकाश चन्दले दुई दुई विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङ्समा खुई सय २५ रन बनाएको थियो । मधेश एक सय दुई रनमै समेटिए पछि मधेश फलो अनमा परेको थियो ।

यसैगरी जनकपुरमा आइतबार बागमतीले दिएको एक सय १६ रनको लक्ष्य पुलिसले पाँच विकेटको क्षतिमा पूरा गरेको हो । पुलिसको जितमा शंकर रानाले सर्वाधिक ५६ रन बनाए।

कप्तान कुशल भुर्तेल ३२ रन र अर्जुन साउदले अविजित २० रन बनाए

बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले दुई तथा नन्दन यादव, प्रतिस जिशी र सुर्य तामाङले एक एक विकेट लिए
। 

पहिलो इनिङ्समा एक सय तीन रनले पछि परेको बागमतीले दोस्रो इनिङ्समा दुई सय १८ रन बनाएको थियो । दोस्रो इनिङमा बागमतीले एक सय १५ रनको अग्रता लिएको थियो । बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ७० रन बनाए। यस्तै इशान पाण्डे ५२, कप्तान सन्दीप लामिछाने र सुर्य तामाङ १६र१६ तथा उत्तम थापामगरले १४ रन बनाए। 

बलिङमा पुलिसका लागि ललितनारायण राजवंशीले तीन विकेट लिए। श्रवण यादवले दुई तथा प्रेम तामाङ, कुशल भुर्तेल, राशिद खाना र गुलशन झाले एक एक विकेट लिए। 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको बागमती ३३।२ ओभरमा सवै विकेटको क्षतिमा एक सय १२ रन बनाएको थियो । बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ७१ रन बनाए। प्रतिक श्रेष्ठले १२ रन जोड्नुबाहेक बागमतीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा पुलिसका श्रवण यादवले ह्याट्रिक विकेट लिए। ललितनारायण राजवंशीले तीन तथा कुशल भुर्तेलले दुई विकेट झारे। यसअघि पुलिसले पहिलो इनिङ्समा ४५।५ ओभरमा दुई सय १५ रन बनाएको थियो । 

जितसँगै पुलिस ६६ अङ्क जोडेदी शीर्षस्थानमा रह्यो । दोस्रो स्थानमा रहेको आर्मीले ५५ अङ्क बनायो । आर्मी र पुलिसबिचको फाइनल खेल मङ्गलबार हुनेछ । फाइनल खेल तीन दिवसीय हुनेछ । यस्तै ४१.५ अङ्क बनाएको बागमती र ३१ अङ्क बनाएको मधेशको यात्रा लिग चरणमा सकिएको छ । 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending