Khabar Dabali २६ कार्तिक २०८२ मंगलवार | 11th November, 2025 Tue
Investment bank

मध्यरातसम्म मन्त्रिपरिषद् बैठक- संसद् छलेर अध्यादेशबाट शासन गर्न खोज्दै ओली

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यरातसम्म मन्त्रिपरिषद् बैठक राखेर केही नेपाल ऐन संशोधनसहित तीनवटा अध्यादेश ल्याउने निर्णय गरेका छन् । कानुन बनाउने संसद्को हिउँदे अधिवेशन बोलाउन छाडेर सरकारले अध्यादेशबाट शासन गर्ने बाटो लिएको भन्दै विपक्षी दलहरूले आलोचना गरेका छन् । 

अध्यादेशको निर्णय गर्न राति ९ बजेबाट बसेको मन्त्रिपरिषद्को बैठक मध्यरात साढे १२ बजे सकिएको थियो । ‘बाहिर राजनीतिक दल विभाजन हुने अध्यादेशको चर्चा छ । अहिले यो विषय समावेश छैन । अरू अध्यादेशका बारेमा मुख्य सचिव एकनारायण अर्यालले बिफ्रिङ गर्नुहुन्छ’ भन्दै प्रधानमन्त्री ओलीले बैठकमा विषय प्रवेश गराएका थिए । त्यसपछि मुख्य सचिव अर्यालले मन्त्रालयको कामलाई सरलीकरण गर्नका लागि अध्यादेशले व्यवस्था गरेका करिब दुई दर्जन बुँदा बैठकमा पढेर सुनाएका थिए ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्शसमेत गरेका थिए । अध्यादेशका विषयमा परामर्श गर्न प्रधानमन्त्री ओली कानुनमन्त्री अजय चौरासिया र मुख्य सचिव अर्याललाई साथमा लिएर शीतल निवास पुगेका थिए । मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि अध्यादेशका विषयमा दुईदलीय संयन्त्रमा समेत लामो छलफल चलेको थियो ।

सरकारका एक मन्त्रीले कानुनी जटिलता तत्काल हटाएर सरकारका कामकारबाहीमा सरलीकरण गर्न केही नेपाल ऐन संशोधनसहित लगानी र भूमिसम्बन्धी अध्यादेश ल्याउने निर्णयमा सरकार पुगेको बताए । उनका अनुसार राजनीतिक दल विभाजनलाई सहज बनाउनेसम्बन्धी अध्यादेश पनि छलफलका क्रममा छ । ‘यसमा सहमति बन्न सकेको छैन,’ उनले भने, ‘आपसी अविश्वास र शंका हटाएर अध्यादेश ल्याउने वा संसद्बाटै कानुन संशोधन गरेर जाने भन्नेबारेमा छलफल भइरहेको छ ।’

सरकारले यसअघि पुस ९ मा पनि मन्त्रिपरिषद्ले सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो, जुन राष्ट्रपतिबाट पुस १४ मा जारी गरिएको थियो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारका कामकारबाही र सेवा प्रवाहलाई प्रभावकारी बनाउने राम्रो उद्देश्यकै लागि अध्यादेश ल्याउने निर्णय गरिएको बताए ।

‘अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार हो, राष्ट्रिय विपत्, आर्थिक संकटका बेला सरकारले तत्काल कुनै कानुनी व्यवस्था गर्न अत्यावश्यक ठाने अध्यादेश ल्याउने प्रचलन अनौठो होइन,’ उनले भने, ‘अहिले पनि अर्थतन्त्र कोमामा त नभनौं, आईसीयूमा छ । त्यसलाई वार्डमा ल्याउन प्रयास गरिरहेका छौं ।’

सरकारलाई संसद्बाटै कानुन बनाउन कठिन छैन । दुई तिहाइको समर्थन प्राप्त सरकारले संसद्बाट चाहेको विधेयक पारित गराउन सक्छ । विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशन बोलाउन एक महिना ढिलाइ भइसकेको सचिवालयका पदाधिकारी बताउँछन् । संसद्मा २० वटा विधेयक अलपत्र छन् ।

संसद् अधिवेशन धकेलेर एकपछि अर्को गर्दै अध्यादेश ल्याएपछि सरकारको आलोचना बढेको छ । सरकारले अध्यादेशको सहारा लिएर विधिको शासनको उपहास गरेको भन्दै प्रतिपक्षी दलहरूले टिप्पणी गरेका छन् । उनीहरूले सरकारविरुद्ध मोर्चाबन्दीको तयारीसमेत गरिरहेका छन् ।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसद्को विधेयक अधिवेशन बोलाउने बेला एकपछि अर्को अध्यादेश ल्याउनु संसदीय अभ्यास एवं लोकतान्त्रिक मूल्य र मान्यताको विपरीत रहेको बताए । संसद्बाट विधेयक पारित हुन्छ भन्ने विश्वास नै नभएर सरकार अध्यादेश ल्याउने बाटोतिर लागेको आशंकासमेत उनले गरे । ‘सरकारले विधिको शासन र संसदीय अभ्यासलाई पूरै उपेक्षा गरिरहेको छ,’ श्रेष्ठले भने, ‘सरकारको यो गतिविधिलाई कुनै पनि हालतमा लोकतान्त्रिक मान्न सकिँदैन ।’

रास्वपाकी सांसद सोविता गौतमले संसदीय प्रणालीमा सरकारले गर्नै नहुने अभ्यास गरिरहेको प्रतिक्रिया दिइन् । ‘दुई ठूला दलको गठबन्धनबाट बनेको सरकारले अध्यादेश राजको अभ्यास गर्नॅ राजनीतिक इतिहासमा दुर्भाग्य हो । यो प्रक्रियालाई स्वाभाविक मान्ने हो भने संसद्को औचित्यमाथि प्रश्न उठ्छ,’ उनले भनिन्, ‘संसद्मा कुनै कानुन तत्काल आवश्यक भए फास्ट ट्र्याकबाट पारित गर्न सकिन्छ । जनताबाट निर्वाचित भएका प्रतिनिधिलाई छल्दै यसरी अध्यादेश ल्याउनु स्वाभाविक प्रक्रिया होइन ।’

सरकारका प्रवक्ता गुरुङ भने नियमित विधेयकको प्रक्रियामा जाँदा ढिलाइ हुने भएकाले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न अध्यादेश ल्याइएको बताउँछन् । ‘तत्काल संसद्को अधिवेशन बोलाए पनि विधेयक संसद्मा पेस गरेर दुवै सदनमा पठाउने, संसदीय समितिमा पठाउने र छलफल गर्नॅपर्ने प्रक्रियाका कारण ढिलाइ हुन्छ,’ उनले भने, ‘यी विधेयक हिउँदे अधिवेशनमा पारित हुने सम्भावना कम देखिएरै अध्यादेश ल्याउनुपरेको हो, अध्यादेश आएपछि तत्काल लागू हुन्छ ।’ माघ दोस्रो सातातिर संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी छ । १५ दिनको सूचना दिएरै अधिवेशन बोलाइने उनले बताए ।

मन्त्रिपरिषद्बाट बुधबार पारित तीनवटा अध्यादेशले गृह, अर्थ, शिक्षा, स्वास्थ्य, भूमिसुधार, सामान्य प्रशासनलगायत मन्त्रालयका काममा देखिएका कानुनी जटिलतालाई फुकाउने मन्त्री गुरुङले जानकारी दिए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।  पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनपछ...

विप्लव, जनार्दन र घनश्यामसँग नेतृत्वको विषयमा सहमति बन्न नसकेको हो : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पछिल्ला दिनमा वाम एकताको विषयमा भइरहेको छलफल र मतभेदबारे खुला धारणा सार्वजनिक गरेका छन्। प...

मन्त्रीहरूलाई ओलीको चेतावनी- धेरै जिब्रो नचलाउनू

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु चार महिना पनि बाँकी नरहेको भन्दै मन्त्रीहरूलाई संयमित भएर बोल्न र व्यवहार गर्...

कांग्रेसमा देउवालाई फेरि सक्रिय बनाउन खोजिँदै

काठमाडौं । पार्टी महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने मुद्दाले निकास नपाइरहेका बेला कांग्रेसमा सभापति शेरबहादुर देउवालाई सक्रिय बनाउने प्रयास सुरु भएक...

स्थानीय तहमा छैनन् कर्मचारी, काठमाडौँ र जिल्ला सदरमुकाममा थुप्रो !

काठमाडौँ । दुर्गमका स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा चरम समस्या छ। सङ्घमा भने कर्मचारी धेरै हुँदा कामै पुगेको छैन।  सिंहदरबार, काठमाड...

निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै हाजिरी जमानीमा राखी अनुसन्धान गर्न गृह मन्त्राल...

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका  संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ ...

बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर धानबालीमा क्षति

सिरहा । मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ । जिल्लाका आठ नगरपालिका र न...

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने, सरकारद्वारा अनुमति

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालक...

केन्द्रीय बैङ्कले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending