नेपालगन्ज । शीतलहर सुरु भएर चिसो अत्यधिक बढेको बेला बाँकेको राप्तीपारी नरैनापुरमा तस्करी तथा अपराधिक गतिविधि बढ्न नदिन सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० हेडक्वार्टर बागेश्वरी गण अन्तरगत रहेको कटकुया बिओपीले सीमा क्षेत्रबाट हुने तस्करी र अपराधिक गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिए।
उनले सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार सीमामा पैदल गस्ती सुरु गरिएको जनाउँदै नरैनापुरको घोरदौरिया सीमा स्तम्भबाट सुरु भएको गस्ती भगवानपुर सीमास्तम्भ सम्ममा पुगेर दैनिक रुपमा अनुगमन गरिँदै आएको बताए।
सशस्त्र प्रहरी नायब उपरीक्षक चन्दको कमान्डमा १५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग संवादसमेत गर्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताए।
उनले पैदल गस्तीमा सीमा स्तम्भको अवस्था र समग्र सीमा क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गरिँदै आएको बताए।
नरैनापुर ४ को नाका घोरदौरियास्थिति सीमा स्तम्भ ६३८/४ रहेको स्थानबाट पैदल गस्ती सुरु भएर भगवानपुरमा पुगेको थियो। भारतसँग जोडिएको नरैनापुर बिओपीले ६३९/२० सिमा स्तम्भको आठ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले अनुगमन र निरीक्षण गर्दै आएको छ।
सीमा स्तम्भको अनुगमन, सीमा क्षेत्रबाट हुने तस्करी, अपराधिक गतिविधि तथा सीमा क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याबारे आवश्यक जानकारी लिएर माथिल्लो निकायलाई रिपोर्टिङ गर्ने काम गरिँदै आएको प्रहरी नायब उपरीक्षक चन्दले बताए।
सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा सुरु भएको पैदल गस्तीले लागुऔषध ओसारपसार, चोरी–तस्करी तथा अन्य अपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको स्थानीयले जनाएका छन्।
प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकसँग अन्तक्र्रियाबाट सकारात्मक सम्बन्ध र सामीप्यता अभिवृद्धि गरी सीमा सुरक्षामा प्रभावकारिता बढाउन मातहतका निकायलाई निर्देशन दिएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १४:०५
काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...
आषाढ़ २७ गते, २०८३ - १३:५८
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...
आषाढ़ २७ गते, २०८३ - १३:४०
काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...
आषाढ़ २७ गते, २०८३ - १३:२०
काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...
आषाढ़ २७ गते, २०८३ - १३:०१
ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...
आषाढ़ २७ गते, २०८३ - १२:५१
काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...
आषाढ़ २७ गते, २०८३ - ११:२१
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...
आषाढ़ २७ गते, २०८३ - ११:११
राजविराज । सप्तरी प्रहरीले बोक्सीको आरोप लगाउँदै एक महिलामाथि अभद्र व्यवहार तथा कुटपिट गरेको आरोपमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्...
आषाढ़ २७ गते, २०८३ - १०:५४
नेपालगञ्ज। उद्योग दर्ता, नवीकरण तथा कर भुक्तानी प्रक्रियाको जटिलताले बाँकेका उद्योगी तथा व्यवसायी निरुत्साहित बन्दै गएको सरोकारवालाहरूले बताएका छन्। ए...
आषाढ़ २७ गते, २०८३ - १०:४८
काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत नभएको बताएका...



प्रतिकृया लेख्नुहोस्: