Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

तस्करी रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पैदल गस्ती

खबरडबली संवाददाता

नेपालगन्ज । शीतलहर सुरु भएर चिसो अत्यधिक बढेको बेला बाँकेको राप्तीपारी नरैनापुरमा तस्करी तथा अपराधिक गतिविधि बढ्न नदिन सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० हेडक्वार्टर बागेश्वरी गण अन्तरगत रहेको कटकुया बिओपीले सीमा क्षेत्रबाट हुने तस्करी र अपराधिक गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिए।

उनले सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार सीमामा पैदल गस्ती सुरु गरिएको जनाउँदै नरैनापुरको घोरदौरिया सीमा स्तम्भबाट सुरु भएको गस्ती भगवानपुर सीमास्तम्भ सम्ममा पुगेर दैनिक रुपमा अनुगमन गरिँदै आएको बताए। 

सशस्त्र प्रहरी नायब उपरीक्षक चन्दको कमान्डमा १५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग संवादसमेत गर्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताए।

उनले पैदल गस्तीमा सीमा स्तम्भको अवस्था र समग्र सीमा क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गरिँदै आएको बताए। 

नरैनापुर ४ को नाका घोरदौरियास्थिति सीमा स्तम्भ ६३८/४ रहेको स्थानबाट पैदल गस्ती सुरु भएर भगवानपुरमा पुगेको थियो। भारतसँग जोडिएको नरैनापुर बिओपीले ६३९/२० सिमा स्तम्भको आठ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले अनुगमन र निरीक्षण गर्दै आएको छ। 

सीमा स्तम्भको अनुगमन, सीमा क्षेत्रबाट हुने तस्करी, अपराधिक गतिविधि तथा सीमा क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याबारे आवश्यक जानकारी लिएर माथिल्लो निकायलाई रिपोर्टिङ गर्ने काम गरिँदै आएको प्रहरी नायब उपरीक्षक चन्दले बताए। 

सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा सुरु भएको पैदल गस्तीले लागुऔषध ओसारपसार, चोरी–तस्करी तथा अन्य अपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको स्थानीयले जनाएका छन्।

प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकसँग अन्तक्र्रियाबाट सकारात्मक सम्बन्ध र सामीप्यता अभिवृद्धि गरी सीमा सुरक्षामा प्रभावकारिता बढाउन मातहतका निकायलाई निर्देशन दिएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending