तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले पैसा अभावले गर्दा उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्न नेपाल सरकार लागेको बताएको छन । दमौलीस्थित नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा शनिबार गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुर्र्हुँनेपाली कांग्रेसका युवा नेतासमेत रहनु भएको मन्त्री पौडेलले भने, ‘‘पैसाको अभावमा उपचार नपाएर कोही पनि मर्नुपर्ने छैन, पैसा नभए उपचार गराउने जिम्मा सरकारले लिन्छ ।”
स्वास्थ्य बिमाको पहुँच र रकमको वृद्धि गरेर उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य गर्न लागेको पौडेलको भनाइ थियो । बिरामीको जीवन रक्षाका मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार नरोकिने पौडेलले बताए ।
स्वास्थ्य बिमालाई पाँच लाख पुर्याउन स्रोत व्यवस्थापनमा सरकार लागेको मन्त्री पौडेलले जानकारी दिनुभयो । मन्त्री पौडेलले भने, ‘‘स्वास्थ्य बिमालाई पाँच लाख पुर्याउँछौं मात्र भनेका होइनौं, कसरी स्रोत जम्मा गछौं भन्ने कुराको गृहकार्य गरेका छौं ।’’
नाफामूलक संस्था र नागरिकबाट उठ्ने करको केही रकम बिमा कोषमा ल्याउने तयारी भएको पौडेलले भने। जटिल रोग लागेका बिरामीलाई एक लाखले उपचार सम्भव नहुने भएकाले पाँच लाख पुर्याउने उनको भनाइ थियो । स्वास्थ्य बिमाको स्रोत व्यवस्थापनमा नागरिकको योगदानलाई सुनिश्चित हुने गरी कार्यक्रम ल्याइने पौडेलले बताए।
नेपाली नागरिकको आफ्नो तलबबाट दुई प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गर्न लागेको उनले जानकारी दिए। नेपाली नागरिकले तिर्ने करको शून्य दशमलव ५ प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गर्नुपर्ने उनले बताए । स्रोत व्यवस्थापन गर्ने क्षेत्रको उदाहरण दिदै उनले राज्यले जुनजुन क्षेत्रमा कर र भ्याट लिन्छ यी सबै शुल्कको शून्य दशमलव पाँच प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गरिनु पर्ने बताए ।
सबै नागरीको उपचारमा पहुँच पुर्याउन प्रभावकारी निर्णय भएको पौडेलले बताए । पूर्वाधार, उपकरण र जनशक्ति तीन चिज नै आवश्यक परेकाले केही समय लागेको उनले बताए।
मन्त्री पौडेलले भने, ‘‘बिमाको प्रतिवेदन आइसकेको छ कार्यान्वयन लैजानको लागि तयारी गरिरहेका छौं ।’’ प्रधानमन्त्रीले प्रतिवेदन राम्रो बनेको भन्ने पतिक्रिया दिएको उल्लेख गर्नुहुँदै पाँच लाखको बिमाको व्यवस्था हुने पौडेलले दाबी गरे।
छिरलिएको स्वास्थ्यको पैसा बिमा कोषमा लैजाने उहाँले बताए । १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क हुने उपचार कार्यान्वयमा आइसकेको उदाहरण दिनुहुँदै सरकार स्वास्थ्य प्रति गम्भीर रहेको बताए । क्यान्सर उपचार सेवा देशको सातै प्रदेशमा सुरु भइसकेको, मतिष्कघात हुनेलाई निःशुल्क औषधीको व्यवस्थापन गर्न लागिएको पौडेलले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८२ - १७:१९
काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्...
पौष १९ गते, २०८२ - १७:०१
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई नभएको कानुनविद्हरूले बताएका छ...
पौष १९ गते, २०८२ - १६:४२
कङ्गो। अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकै साथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् । उत्तर(पश्चिम नर्थ ...
पौष १९ गते, २०८२ - १६:०२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्। भेनेजुएलाको राजधानी काराकासमा ...
पौष १९ गते, २०८२ - १५:४१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई कुनै पनि हालतमा विभाजित हुन नदिने र एकतावद्ध बनाउनेमा जोड रहने बताएका छन्। शनिबार डा।...
पौष १९ गते, २०८२ - १५:२५
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा आक्रमण गरेपछि देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। ...
पौष १९ गते, २०८२ - १५:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ। शनिबार बसेको क्षेत्...
पौष १९ गते, २०८२ - १४:५४
पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकी प्रदेशका नेता पुष्प अधिकारी राष्ट्रिय स्वतन्...
पौष १९ गते, २०८२ - १३:५३
फ्रान्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएको छन् । उनले इरानले प्र...
पौष १९ गते, २०८२ - १३:३३
काठमाडौँ। सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन...




प्रतिकृया लेख्नुहोस्: