तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले पैसा अभावले गर्दा उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्न नेपाल सरकार लागेको बताएको छन । दमौलीस्थित नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा शनिबार गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुर्र्हुँनेपाली कांग्रेसका युवा नेतासमेत रहनु भएको मन्त्री पौडेलले भने, ‘‘पैसाको अभावमा उपचार नपाएर कोही पनि मर्नुपर्ने छैन, पैसा नभए उपचार गराउने जिम्मा सरकारले लिन्छ ।”
स्वास्थ्य बिमाको पहुँच र रकमको वृद्धि गरेर उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य गर्न लागेको पौडेलको भनाइ थियो । बिरामीको जीवन रक्षाका मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार नरोकिने पौडेलले बताए ।
स्वास्थ्य बिमालाई पाँच लाख पुर्याउन स्रोत व्यवस्थापनमा सरकार लागेको मन्त्री पौडेलले जानकारी दिनुभयो । मन्त्री पौडेलले भने, ‘‘स्वास्थ्य बिमालाई पाँच लाख पुर्याउँछौं मात्र भनेका होइनौं, कसरी स्रोत जम्मा गछौं भन्ने कुराको गृहकार्य गरेका छौं ।’’
नाफामूलक संस्था र नागरिकबाट उठ्ने करको केही रकम बिमा कोषमा ल्याउने तयारी भएको पौडेलले भने। जटिल रोग लागेका बिरामीलाई एक लाखले उपचार सम्भव नहुने भएकाले पाँच लाख पुर्याउने उनको भनाइ थियो । स्वास्थ्य बिमाको स्रोत व्यवस्थापनमा नागरिकको योगदानलाई सुनिश्चित हुने गरी कार्यक्रम ल्याइने पौडेलले बताए।
नेपाली नागरिकको आफ्नो तलबबाट दुई प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गर्न लागेको उनले जानकारी दिए। नेपाली नागरिकले तिर्ने करको शून्य दशमलव ५ प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गर्नुपर्ने उनले बताए । स्रोत व्यवस्थापन गर्ने क्षेत्रको उदाहरण दिदै उनले राज्यले जुनजुन क्षेत्रमा कर र भ्याट लिन्छ यी सबै शुल्कको शून्य दशमलव पाँच प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गरिनु पर्ने बताए ।
सबै नागरीको उपचारमा पहुँच पुर्याउन प्रभावकारी निर्णय भएको पौडेलले बताए । पूर्वाधार, उपकरण र जनशक्ति तीन चिज नै आवश्यक परेकाले केही समय लागेको उनले बताए।
मन्त्री पौडेलले भने, ‘‘बिमाको प्रतिवेदन आइसकेको छ कार्यान्वयन लैजानको लागि तयारी गरिरहेका छौं ।’’ प्रधानमन्त्रीले प्रतिवेदन राम्रो बनेको भन्ने पतिक्रिया दिएको उल्लेख गर्नुहुँदै पाँच लाखको बिमाको व्यवस्था हुने पौडेलले दाबी गरे।
छिरलिएको स्वास्थ्यको पैसा बिमा कोषमा लैजाने उहाँले बताए । १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क हुने उपचार कार्यान्वयमा आइसकेको उदाहरण दिनुहुँदै सरकार स्वास्थ्य प्रति गम्भीर रहेको बताए । क्यान्सर उपचार सेवा देशको सातै प्रदेशमा सुरु भइसकेको, मतिष्कघात हुनेलाई निःशुल्क औषधीको व्यवस्थापन गर्न लागिएको पौडेलले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: