Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

दौडेर सबैभन्दा बढी फोहोर सफा गर्नेलाई ५० हजार पुरस्कार

खबरडबली संवाददाता

काठमाण्डौ। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले अहिलेका युवा पुस्ताले रचनात्मक काम मार्फत देशलाई सम्बृद्ध बनाउने अभियानमा लाग्न आग्रह गरेेका छन्।

सुन्दर र सफा सहर निर्माण गर्ने उद्देश्यले मायादेवी फाउन्डेसनले  आयोजना गरेको दौड प्रतियोगितामा बोल्दै उपाध्यक्ष घिमिरेले युवाहरुले सकारात्मक र रचनात्मक काम मार्फत इतिहाँस बनाउन आग्रह गरेेका हुन्।

‘हिजो हाम्रो पुस्ताले राजनैतिक परिर्वतनका लागि  नेतृत्वदायी भूमिका खेल्यो’, उनले भनिन,  ‘आजको युवा  पुस्ताले  भोलिको नाति पुस्ताले गर्व गर्ने इतिहास निर्माण गर्न रचनात्मक काम गर्नु पर्दछ,  तपाईहरुले हल्लाका पछि लागेर भन्दा निरन्तर कर्ममा विश्वास गर्नु पर्दछ ।’

उपाध्यक्ष घिमिरे लामो समयको संघर्षपछि  ल्याएको सुन्दर व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र विश्वको उत्कृष्ट मोडेल भएको चर्चा गर्दै यसको व्यवस्थापकीय पक्ष केही कमजोर भएपनि  खराबीहरु लाई रोक्दै यही व्यवस्थालाई बलियो बनाउन अहिलेका यूवाहरुले योगदान गर्नुपर्नेमा जोड दिए। ‘अबको नव निर्माण र व्यवस्थालाई प्रभावकारी बनाउन तपाँइहरुको महत्वपूर्ण योगदानको आवश्यकता छ।

भौतिक रुपमा शहर सफा गर्ने काम रचनात्मक र महत्वपूर्ण भएको बताउँदै देशभित्रका हरेक नागरिकको मन सफा हुनुपर्ने उनको जोड छ। अहिले काठमाण्डौमा सरसफाई नै सबैभन्दा चुनौतीको बिषय बनेकोले  यसको दीर्घकालिन समाधान खोज्न काठमाण्डौ उपत्यका भित्रका सबै स्थानिय तह र तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने कुरामा उपाध्यक्ष घिमिरेको जोड थियो । फोहोरलाई घर वा स्रोतबाट नै कुहिने र नकुहिने बर्गमा बर्गिकरण गरेर ब्यबस्थापन गर्ने कुरामा ढिलाई गर्न नहुने उनको जोड रहेको छ।

मैनादेवी फाउण्डेसनको आयोजनामा भएको ट्रास कलेक्सन रेस २०२५ मा करिब ५ हजार युवाको सहभागिता रहेको थियो । उपाध्यक्ष घिमिरेले  दौडेर १ घण्टाभित्र सबैभन्दा बढी फोहोर संकलन गर्ने पहिलो समुहलाई ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई १५-१५ हजार पुरस्कार पनि वितरण गरिन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

मिडिया गेटमा पार्किङबारे रवि लामिछाने: पार्टीले विज्ञप्तिमार्फत यो गलत हो भनेर स्पष्ट भनिसकेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...

प्रतिनिधिसभामा ‘अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन र खारेज गर्ने विधेयक’ प्रस्तुत

वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री

नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह: मनोबल नघटाउनुहोस्, तपाईंहरूकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेका छन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...

यातायात कार्यालयको अनलाइन प्रणाली सञ्चालनमा, देशभर सेवा पुन: सुरु

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...

मलाई ‘गोली हानेर मारिदिन्छु’ भन्दै धम्की आएको छ : ऐन महर

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा धर्ना

काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...

महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?

खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending