काठमाण्डौ। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले अहिलेका युवा पुस्ताले रचनात्मक काम मार्फत देशलाई सम्बृद्ध बनाउने अभियानमा लाग्न आग्रह गरेेका छन्।
सुन्दर र सफा सहर निर्माण गर्ने उद्देश्यले मायादेवी फाउन्डेसनले आयोजना गरेको दौड प्रतियोगितामा बोल्दै उपाध्यक्ष घिमिरेले युवाहरुले सकारात्मक र रचनात्मक काम मार्फत इतिहाँस बनाउन आग्रह गरेेका हुन्।
‘हिजो हाम्रो पुस्ताले राजनैतिक परिर्वतनका लागि नेतृत्वदायी भूमिका खेल्यो’, उनले भनिन, ‘आजको युवा पुस्ताले भोलिको नाति पुस्ताले गर्व गर्ने इतिहास निर्माण गर्न रचनात्मक काम गर्नु पर्दछ, तपाईहरुले हल्लाका पछि लागेर भन्दा निरन्तर कर्ममा विश्वास गर्नु पर्दछ ।’
उपाध्यक्ष घिमिरे लामो समयको संघर्षपछि ल्याएको सुन्दर व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र विश्वको उत्कृष्ट मोडेल भएको चर्चा गर्दै यसको व्यवस्थापकीय पक्ष केही कमजोर भएपनि खराबीहरु लाई रोक्दै यही व्यवस्थालाई बलियो बनाउन अहिलेका यूवाहरुले योगदान गर्नुपर्नेमा जोड दिए। ‘अबको नव निर्माण र व्यवस्थालाई प्रभावकारी बनाउन तपाँइहरुको महत्वपूर्ण योगदानको आवश्यकता छ।
भौतिक रुपमा शहर सफा गर्ने काम रचनात्मक र महत्वपूर्ण भएको बताउँदै देशभित्रका हरेक नागरिकको मन सफा हुनुपर्ने उनको जोड छ। अहिले काठमाण्डौमा सरसफाई नै सबैभन्दा चुनौतीको बिषय बनेकोले यसको दीर्घकालिन समाधान खोज्न काठमाण्डौ उपत्यका भित्रका सबै स्थानिय तह र तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने कुरामा उपाध्यक्ष घिमिरेको जोड थियो । फोहोरलाई घर वा स्रोतबाट नै कुहिने र नकुहिने बर्गमा बर्गिकरण गरेर ब्यबस्थापन गर्ने कुरामा ढिलाई गर्न नहुने उनको जोड रहेको छ।
मैनादेवी फाउण्डेसनको आयोजनामा भएको ट्रास कलेक्सन रेस २०२५ मा करिब ५ हजार युवाको सहभागिता रहेको थियो । उपाध्यक्ष घिमिरेले दौडेर १ घण्टाभित्र सबैभन्दा बढी फोहोर संकलन गर्ने पहिलो समुहलाई ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई १५-१५ हजार पुरस्कार पनि वितरण गरिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...
माघ ६ गते, २०८२ - १६:२८
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...
माघ ६ गते, २०८२ - १६:०६
झलनाथ र बामदेव परेनन्
माघ ६ गते, २०८२ - १५:३४
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...
माघ ६ गते, २०८२ - १५:१९
स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...




प्रतिकृया लेख्नुहोस्: