रामपुर। शहीद बहुमुखी क्याम्पस रामपुरमा भएको महायज्ञमा चार करोड ४१ लाखभन्दा बढी दान सङ्कलन भएको छ । गत पुस १६ देखि २३ सम्म भएको धनधान्याञ्चल श्रीमद भागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा चार करोड ४१ लाख ५९ हजार ८६३ रुपियाँ दान सङ्कलन भएको हो ।
रामपुर नगरपालिका ७, किसानबारीमा भएको महायज्ञमा नगद दुई करोड ७५ लाख २६ हजार ५०२ रुपियाँ र एक करोड ६६ लाख ३३ हजार ३६१ रुपियाँ मूल्य बराबरको जग्गा प्राप्त भएको आर्थिक सङ्कलन समितिका संयोजक सुकदेव पोखरेलले बताउनुभयो । नगदमध्ये एक लाख ९५ हजार २१७ दानपेटिका बाट र दुई करोड ७३ लाख ३१ हजार २८५ रसिदबाट प्राप्त सङ्कलन भएको हो ।
क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा सञ्चालन र टाढाबाट आउने विद्यार्थीका लागि छात्राबास निर्माण गर्ने उद्देश्यले भएको महायज्ञ १२ जना दाताले जग्गा दान गर्नुभएको थियो । घोषणा भएको केही रकम आउन बाँकी रहेकाले दान रकम अझ बढ्न सक्ने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
यज्ञमा एक हजार ३४ मुरी बढी धान सङ्कलन भएको छ । कालीगण्डकी बेंसी क्षेत्रका ९६ वटाभन्दा बढी धान सङ्कलन केन्द्रबाट महायज्ञका लागि धान सङ्कलन भएको धान सङ्कलन उपसमितिका संयोजक ऋषिराम रेग्मीले जानकारी दिनुभयो । दान दाताले यज्ञस्थलमा गर्नुभएको दान उहाँहरुको इच्छाअनुसार रेकर्डमा नराखिएको उहाँले बताउनुभयो ।
मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले क्याम्पसका लागि भएको यज्ञ सबैको साथ र सहयोगले अत्यन्त उत्साहका साथ सम्पन्न भएको बताए। उनले भने, “हामीले तीनदेखि पाँच करोडसम्म दान सङ्कलन हुने अपेक्षा राखेका थियौं । लक्ष्यभन्दा बढी दान सङ्कलन भएको छ ।” महायज्ञ सम्पन्न भएसँगै बुधबार बसेको सचिवालयको बैठकले माघ १२ गतेभित्र आम्दानी खर्च सार्वजनिक गर्ने गरी तयारी अघि बढाएको जनाएको छ ।
यज्ञमा सङ्कलन भएको धान ३६ रुपियाँ केजी र चामल ७० रुपियाँ केजीको दरले बिक्री गर्ने निर्णय गरेको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले जानकारी दिए । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलमार्फत प्रवचन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: