Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

शहीद बहुमुखी क्याम्पस रामपुरमा भएको महायज्ञमा चार करोड ४१ लाख दान सङ्कलन

खबरडबली संवाददाता

रामपुर। शहीद बहुमुखी क्याम्पस रामपुरमा भएको महायज्ञमा चार करोड ४१ लाखभन्दा बढी दान सङ्कलन भएको छ । गत पुस १६ देखि २३ सम्म भएको धनधान्याञ्चल श्रीमद भागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा चार करोड ४१ लाख ५९ हजार ८६३ रुपियाँ दान सङ्कलन भएको हो ।

रामपुर नगरपालिका ७, किसानबारीमा भएको महायज्ञमा नगद दुई करोड ७५ लाख २६ हजार ५०२ रुपियाँ र एक करोड ६६ लाख ३३ हजार ३६१ रुपियाँ मूल्य बराबरको जग्गा प्राप्त भएको आर्थिक सङ्कलन समितिका संयोजक सुकदेव पोखरेलले बताउनुभयो । नगदमध्ये एक लाख ९५ हजार २१७ दानपेटिका बाट र दुई करोड ७३ लाख ३१ हजार २८५ रसिदबाट प्राप्त सङ्कलन भएको हो । 

क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा सञ्चालन र टाढाबाट आउने विद्यार्थीका लागि छात्राबास निर्माण गर्ने उद्देश्यले भएको महायज्ञ १२ जना दाताले जग्गा दान गर्नुभएको थियो । घोषणा भएको केही रकम आउन बाँकी रहेकाले दान रकम अझ बढ्न सक्ने महायज्ञ मूल आयोजक समितिले जनाएको छ । 

यज्ञमा एक हजार ३४ मुरी बढी धान सङ्कलन भएको छ । कालीगण्डकी बेंसी क्षेत्रका ९६ वटाभन्दा बढी धान सङ्कलन केन्द्रबाट महायज्ञका लागि धान सङ्कलन भएको धान सङ्कलन उपसमितिका संयोजक ऋषिराम रेग्मीले जानकारी दिनुभयो । दान दाताले यज्ञस्थलमा गर्नुभएको दान उहाँहरुको इच्छाअनुसार रेकर्डमा नराखिएको उहाँले बताउनुभयो ।

मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले क्याम्पसका लागि भएको यज्ञ सबैको साथ र सहयोगले अत्यन्त उत्साहका साथ सम्पन्न भएको बताए। उनले भने, “हामीले तीनदेखि पाँच करोडसम्म दान सङ्कलन हुने अपेक्षा राखेका थियौं । लक्ष्यभन्दा बढी दान सङ्कलन भएको छ ।” महायज्ञ सम्पन्न भएसँगै बुधबार बसेको सचिवालयको बैठकले माघ १२ गतेभित्र आम्दानी खर्च सार्वजनिक गर्ने गरी तयारी अघि बढाएको जनाएको छ ।

यज्ञमा सङ्कलन भएको धान ३६ रुपियाँ केजी र चामल ७० रुपियाँ केजीको दरले बिक्री गर्ने निर्णय गरेको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले जानकारी दिए । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलमार्फत प्रवचन भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेनेजुएलामा दोहोरो भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...

घोराहीका शिक्षा अधिकृत बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार, वडा सदस्यमाथि आरोप

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

  काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...

धनुषाको मिथिला नगरपालिकामा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, ७ सय धारामा पानी आपूर्ति अवरुद्ध

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

बोक्सी आरोपमा महिला कुटपिट गर्ने दुई जना सप्तरीबाट पक्राउ

राजविराज । सप्तरी प्रहरीले बोक्सीको आरोप लगाउँदै एक महिलामाथि अभद्र व्यवहार तथा कुटपिट गरेको आरोपमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्...

उद्योग दर्ता र कर प्रक्रियाको झन्झटले बाँकेका व्यवसायी निरुत्साहित, नयाँ उद्योग दर्ता घट्दो

नेपालगञ्ज। उद्योग दर्ता, नवीकरण तथा कर भुक्तानी प्रक्रियाको जटिलताले बाँकेका उद्योगी तथा व्यवसायी निरुत्साहित बन्दै गएको सरोकारवालाहरूले बताएका छन्। ए...

सबै राजनीतिक दलप्रतिको बढ्दो निराशा लोकतन्त्रका लागि राम्रो संकेत होइनः रामेश्वर खनाल

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत नभएको बताएका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending