मुम्बई। भारतमा एक चोरको अनौठो काम सार्वजनिक भएको छ, जसको बारेमा थाहा पाएर प्रहरी समेत छक्क परेको छ ।
पीडित महिलाले प्रहरीमा उजुरी दिए पछि यो बिषय बाहिर आएको हो । खासमा उनको फ्ल्याटमा एक व्यक्ति चोरी गर्न आएका थिए तर ती चोरले जे हर्कत गरे, त्यो लज्जाको बिषय थियो । त्यसपछि महिलाले प्रहरीमा उजुरी गरेकी हुन् ।
चोरले उनीसँग नगद, गरगहना, महंगा सामान मागेको थियो, जब उनले चोरलाइ रंगेहात फेला पारेकी थिइन् तर उनीसँग यीमध्ये कुनै पनि चीजहरू त्यतिबेला थिएन । त्यस पछि चोरले उनले उनलाई चुम्बन गरेर भागेका थिए । प्रहरीले महिलाको उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरी कारबाहीसमेत गरिसकेको छ । आरोपित चोर माथीलुटपाट र जबरजस्ती करणी प्रयासको आरोप लगाइएको थियो । यो विषय जनतामा चर्चाको विषय बनेको छ ।
मिडिया रिपोर्टका अनुसार घटना ३ जनवरीको हो । पीडित महिला मलाडको कुरार क्षेत्रमा बस्छिन् । प्रहरीमा दिएको उजुरीमा पीडित महिलाले आफू घरमा एक्लै भएको बेला ती घर भित्र पसेको र भित्रबाट ढोका बन्द गरेर नगद, गरगहना र महंगा समान मागेको थियो । चक्कु देखाउँदै समान मागे पछि उनी डराएकी थिइन् । अहिले आँफुसँग केही नभएको भन्दै युवकलाई सोधिन्, ‘ती समान मसँग छैनन, भन अब तिमीलाइ के दिउ ?’
ती व्यक्तिले घरमा भएका नगद, गहना, क्रेडिट वा डेबिट कार्डहरू चुपचाप सुम्पिदिनु नत्र नराम्रो हुन्छ भनेर धम्की दिइरहेका थिए । तर, ती महिलाले पुरुषलाई भनिन् कि चोरले मागेका कुनै पनि समान यतिखेर यहाँ छैन । उनले सो तर्क गरिरहिन तर ती पुरुष चोर अचानक नजिक आए र उनलाई चुम्बन गर्न थाले। त्यसबेला ती महिलाले आफूलाई चोरबाट छुटाउन धेरै प्रयास गरिन् तर उनी उनको चंगुलबाट उम्कन सकिनन्। ती चोरले उनलाई लामो समयसम्म चुम्बन गरिरहे, अश्लील कार्यसमेत गरेर झ्यालबाट हाम फालेर भागेका थिए ।
आफूलाई नियन्त्रणमा लिएर चोरले हिंसा गरेको श्रीमानलाई फोन गरेको ती महिलाले बताइन् । त्यसपछि ती पीडित महिला श्रीमानसहित उजुरी लिएर स्थानिय प्रहरी चौकी पुगिन् । प्रहरीले उनको उजुरी लियो र चोरबिरूद्द भारतीय न्याय संहिता (बीएनएस) अन्तर्गत मुद्दासमेत दर्ता गरियो ।
उजुरीका आधारमा प्रहरीले चोरलाइ समातेको पनि थियो । ती चोर गत डिसेम्बर ३ तारिखको साँझ पक्राउ गरेको हो । सोधपुछमा आरोपीले आफू मलाड क्षेत्रको बासिन्दा भएको बताए । अहिले उनी बेरोजगार भएर परिवारसँग बस्दै आएका खुलेको थियो । त्यो चोरको कुनै पनि आपराधिक रेकर्ड प्रहरीले फेला पारेन । त्यसैले प्रहरीले सूचना दिएर अहिले ती चोरलाइ रिहा गरिदिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १४:०५
काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...
आषाढ़ २७ गते, २०८३ - १३:५८
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...
आषाढ़ २७ गते, २०८३ - १३:४०
काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...
आषाढ़ २७ गते, २०८३ - १३:२०
काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...
आषाढ़ २७ गते, २०८३ - १३:०१
ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...
आषाढ़ २७ गते, २०८३ - १२:५१
काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...
आषाढ़ २७ गते, २०८३ - ११:२१
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...
आषाढ़ २७ गते, २०८३ - ११:११
राजविराज । सप्तरी प्रहरीले बोक्सीको आरोप लगाउँदै एक महिलामाथि अभद्र व्यवहार तथा कुटपिट गरेको आरोपमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्...
आषाढ़ २७ गते, २०८३ - १०:५४
नेपालगञ्ज। उद्योग दर्ता, नवीकरण तथा कर भुक्तानी प्रक्रियाको जटिलताले बाँकेका उद्योगी तथा व्यवसायी निरुत्साहित बन्दै गएको सरोकारवालाहरूले बताएका छन्। ए...
आषाढ़ २७ गते, २०८३ - १०:४८
काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत नभएको बताएका...



प्रतिकृया लेख्नुहोस्: