ढाका। शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् ।
पुर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार्थी आन्दोलनका क्रममा सब्बीर हुसेनको उत्तरा पश्चिम प्रहरी चौकीमा भएको हत्या प्रकरणमा पक्राउ गरिएको हो ।
पक्राउ परेका पुर्व आइजीपी अल मामुनलाई सोमबार बिहान १० बजे ढाकाको महानगरीय मजिस्ट्रेट अदालतमा पेश गरिएको थियो । त्यसपछि मुद्दाका अनुसन्धान अधिकृत अब्दुर रहमान भुइँयाले उनलाई पक्राउ गर्न निवेदन दिएका थिए । तर, मामुनका वकिलहरूले पक्राउको विरोध गरेका छन ।
सुनुवाइ पछि ढाका महानगरपालिका मजिस्ट्रेट मासुमा रहमानले चौधरी अब्दुल्लाह अल मामुनलाई गिरफ्तार गरेको देखाउनको लागि निवेदन स्वीकार गरेका थिए । उत्तरा पश्चिम प्रहरी थानाका जनरल रेकर्डिङ अफिसर अतिकुर रहमान खानले अदालतमा सो जानकारीको पुष्टि गरेका हुन् ।
उनले भने, ‘डिसेम्बर ३० मा चौधरी अब्दुल्ला अल मामुन, ढाका उत्तरी सहर निगमका पूर्व मेयर अतीकुल इस्लाम र वकिल रोबिनलाई यस मुद्दामा पक्राउका अनुमतिका लागि निवेदन दायर गरिएको थियो तर त्यो दिन चौधरी अब्दुल्ला अल मामुन भेटिएनन् । अदालतमा उपस्थित अन्य दुईलाई सुनुवाइपछि पक्राउ गरिएको र चौधरी अब्दुल्लाह अल मामुनको सम्बन्धमा आजको मिति तोकिएको हो ।’
सब्बीर हुसेन राजधानीको बायोबिड कम्पनीमा अफिस असिस्टेन्टका रुपमा कार्यरत थिए । विद्यार्थी आन्दोलनका क्रममा उनी गत जुलाइ १८ मा राजुक बजारको दक्षिणी भागमा रहेको उत्तरा पश्चिम प्रहरी थानाको सेक्टर ७ रवीन्द्र सरानीमा शान्तिपूर्ण विरोध जुलुसमा सामेल भएका थिए । र्यालीमा विद्यार्थी, नागरिक र विभिन्न पेशाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
त्यसबेला अवामी लिग, युवा लिग र छात्र लिगका सदस्यले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको बताइएका थिए । सो क्रममा सब्बीरको घाँटीमा गोली लागेको छ ।
लगत्तै २६ वर्षीय अबरार हनिफले उनलाई उत्तरा क्रिसेन्ट अस्पताल पुर्याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि सब्बीरका बुबाले सेप्टेम्बर १९ मा उत्तरा पश्चिम प्रहरी चौकीमा उजुरी दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...
माघ ६ गते, २०८२ - १६:२८
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...
माघ ६ गते, २०८२ - १६:०६
झलनाथ र बामदेव परेनन्
माघ ६ गते, २०८२ - १५:३४
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...
माघ ६ गते, २०८२ - १५:१९
स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...




प्रतिकृया लेख्नुहोस्: