ढाका। शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् ।
पुर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार्थी आन्दोलनका क्रममा सब्बीर हुसेनको उत्तरा पश्चिम प्रहरी चौकीमा भएको हत्या प्रकरणमा पक्राउ गरिएको हो ।
पक्राउ परेका पुर्व आइजीपी अल मामुनलाई सोमबार बिहान १० बजे ढाकाको महानगरीय मजिस्ट्रेट अदालतमा पेश गरिएको थियो । त्यसपछि मुद्दाका अनुसन्धान अधिकृत अब्दुर रहमान भुइँयाले उनलाई पक्राउ गर्न निवेदन दिएका थिए । तर, मामुनका वकिलहरूले पक्राउको विरोध गरेका छन ।
सुनुवाइ पछि ढाका महानगरपालिका मजिस्ट्रेट मासुमा रहमानले चौधरी अब्दुल्लाह अल मामुनलाई गिरफ्तार गरेको देखाउनको लागि निवेदन स्वीकार गरेका थिए । उत्तरा पश्चिम प्रहरी थानाका जनरल रेकर्डिङ अफिसर अतिकुर रहमान खानले अदालतमा सो जानकारीको पुष्टि गरेका हुन् ।
उनले भने, ‘डिसेम्बर ३० मा चौधरी अब्दुल्ला अल मामुन, ढाका उत्तरी सहर निगमका पूर्व मेयर अतीकुल इस्लाम र वकिल रोबिनलाई यस मुद्दामा पक्राउका अनुमतिका लागि निवेदन दायर गरिएको थियो तर त्यो दिन चौधरी अब्दुल्ला अल मामुन भेटिएनन् । अदालतमा उपस्थित अन्य दुईलाई सुनुवाइपछि पक्राउ गरिएको र चौधरी अब्दुल्लाह अल मामुनको सम्बन्धमा आजको मिति तोकिएको हो ।’
सब्बीर हुसेन राजधानीको बायोबिड कम्पनीमा अफिस असिस्टेन्टका रुपमा कार्यरत थिए । विद्यार्थी आन्दोलनका क्रममा उनी गत जुलाइ १८ मा राजुक बजारको दक्षिणी भागमा रहेको उत्तरा पश्चिम प्रहरी थानाको सेक्टर ७ रवीन्द्र सरानीमा शान्तिपूर्ण विरोध जुलुसमा सामेल भएका थिए । र्यालीमा विद्यार्थी, नागरिक र विभिन्न पेशाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
त्यसबेला अवामी लिग, युवा लिग र छात्र लिगका सदस्यले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको बताइएका थिए । सो क्रममा सब्बीरको घाँटीमा गोली लागेको छ ।
लगत्तै २६ वर्षीय अबरार हनिफले उनलाई उत्तरा क्रिसेन्ट अस्पताल पुर्याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि सब्बीरका बुबाले सेप्टेम्बर १९ मा उत्तरा पश्चिम प्रहरी चौकीमा उजुरी दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - ११:११
राजविराज । सप्तरी प्रहरीले बोक्सीको आरोप लगाउँदै एक महिलामाथि अभद्र व्यवहार तथा कुटपिट गरेको आरोपमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्...
आषाढ़ २७ गते, २०८३ - १०:५४
नेपालगञ्ज। उद्योग दर्ता, नवीकरण तथा कर भुक्तानी प्रक्रियाको जटिलताले बाँकेका उद्योगी तथा व्यवसायी निरुत्साहित बन्दै गएको सरोकारवालाहरूले बताएका छन्। ए...
आषाढ़ २७ गते, २०८३ - १०:४८
काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत नभएको बताएका...
आषाढ़ २७ गते, २०८३ - १०:३९
दुबई। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूलाई हत्या गर्न खुला आह्...
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...



प्रतिकृया लेख्नुहोस्: