वासिंगटन डिसी। इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पलाई उनको मार ए लागोको घरमा भेटेपछि नयाँ तरंग सुरू भएको छ ।
अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अर्थात २० जनवरीमा राष्ट्रपति पदको सपथ लिने तयारी भइरहेको बेला दुबै नेताहरूको पुर्वसन्ध्यामा भेट भएको हो ।
आइतवार बिहान इटलीको प्रधानमन्त्रीको कार्यालयबाट पठाइएको तस्विरमा मेलोनी र ट्रम्प मार ए लागोको प्रवेशद्वारमा पोज दिइरहेको र रिसेप्शन कोठामा कुराकानी गरिरहेको देखाइएको छ। जसमा पृष्ठभूमिमा क्रिसमस ट्री देखिएको छ ।
त्यहाँ उपस्थित अमेरिकी पत्रकारहरुका अनुसार ट्रम्पले मेलोनीलाई ‘अद्भुत महिला’ भनेर टिप्पणी गरेको उल्लेख गरेका छन् । ‘उहाँले युरोप र अरू सबैलाई साँच्चै प्रभावित गर्नुभएको छ र हामी आज राती यहाँ खाना खाइरहेका छौं,’ ट्रम्पले भेट पछि निकटबर्तिसँग भने। अमेरिकी सञ्चारमाध्यमका अनुसार दुवैले डिनर गर्नुका साथै फिल्म पनि सँगै हेरेका थिए । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्प र मेलोनीले ‘द ईस्टम्यान डिलेमाः लफेयर वा जस्टिस’नामक फिल्म सँगै हेरेका हुन् । जुन वकिलसँग सम्बन्धित वृत्तचित्र हो, जसलाई २०२० को चुनावी नतिजा ट्रम्पको पक्षमा उल्टाउने प्रयास गरेको आरोप लगाइएको थियो।
आइतवार दुई कन्जरभेटिभ नेताहरूको तस्बिरहरू सबै इटालियन अखबारहरूको पहिलो पृष्ठमा सँगै प्रकाशित गरिएको थियो । मेलोनीसहित क्यानडाका जस्टिन ट्रुडो र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनलगायत धेरै विदेशी नेताहरू हुन्, जसले ट्रम्पले पदभार ग्रहण गर्नु अघि नै अमेरिका पुगेर उनीसँग भेटघाट गरेका थिए ।
भारी आयात कर लगाउने ट्रम्पले घोषणा गरे पछि व्यापारमा सम्भावित नकारात्मक प्रभावबाट जोगिने योजना बनाउन युरोपलगायत परम्परागत आर्थिक सहयोगीहरू बीचमा अहिले दौडधुप जारी रहेको छ । सोही सिलसिलामा मेलोनी ट्रम्पलाइ भेटन अमेरिका पुगेकी हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...
माघ ६ गते, २०८२ - १६:२८
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...
माघ ६ गते, २०८२ - १६:०६
झलनाथ र बामदेव परेनन्
माघ ६ गते, २०८२ - १५:३४
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...
माघ ६ गते, २०८२ - १५:१९
स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...




प्रतिकृया लेख्नुहोस्: