Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

यस्ता छन् सहकारी बेथिति नियन्त्रणमा ओलीको चार नीति

खबरडबली संवाददाता

काठमाडौं। सहकारी संस्थामा देखिएका बेथीति नियन्त्रण गर्नका लागि सरकार लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन ।

आज देखी काठमाडौंमा सुरू केन्द्रिय समिति बैठकमा राजनीतिक प्रतिबेदन पेश गर्दै सहकारीको समस्या समाधान गर्नका लागि ४ स्टेपमा काम भइरहेको उनले जनाएका छन् ।

सहकारी बेथितिका विषयमा चार हिसाबले काम गरिनु पर्छ– अनियमिततामा सङ्लग्नहरुलाई बिना मोलाहिजा कार्बाही गर्ने, बचतकर्ताहरुको रकम फिर्ता गराउने, सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्न अधिकारसम्पन्न प्राधीकरण गठन गर्र्ने र भविष्यमा बचतकर्ताहरुको रकम संरक्षणका लागि संरक्षण कोष निर्माण गर्ने,’ ओलीले भनेका छन । 

उनले प्रतिवेदनमा सो बिषयलाइ गम्भिरताका साथ उठाइएको जनाउँदै लेखेका छन, ‘सहकारी क्षेत्रको बेथितिमा हस्तक्षेप, बचतकर्तालाई न्याय र अनियमिततामा सङ्लग्नलाई सजायः राज्यका नियमनकारी निकायहरु कमजोर भएको मौका पारेर यस बिचमा सहकारी क्षेत्रमा निकै ठूलो अनियमितता भएको तथ्य विभिन्न घटनाक्रमले स्पष्ट पार्दै लगेका थिए । 

सोही  सम्बन्धमा सञ्चार माध्यमहरुमा अनेकौं सूचना– समाचार सार्वजनिक भएका र पीडितहरु न्यायका लागि सडकमा समेत उत्रिएको पृष्ठभूमिमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा संसदीय छानबिन समिति गठन भएको उनले स्मरण पनि गराएका छन । 

‘समितिले निकै मिहिनेतका साथ यस विषयको अध्ययन गरेर सर्वसम्मतिका साथ प्रतिवेदन तयार गरेर संसद समक्ष प्रस्तुत ग¥योे । संसदले उक्त प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिएको थियो । हाल सरकार त्यसको कार्यान्वयनमा लागिरहेको छ,’ उनले भनेका छन, ‘सहकारी बेथितिका विषयमा चार हिसाबले काम गरिनु पर्छ– अनियमिततामा सङ्लग्नहरुलाई बिना मोलाहिजा कार्बाही गर्ने, बचतकर्ताहरुको रकम फिर्ता गराउने, सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्न अधिकारसम्पन्न प्राधीकरण गठन गर्र्ने र भविष्यमा बचतकर्ताहरुको रकम संरक्षणका लागि संरक्षण कोष निर्माण गर्ने ।’

नागरिकहरुको बचत रकम हिनामिना गर्ने कसैलाई पनि छुट दिनु हुँदैन भन्ने कुरामा सरकार र पार्टी स्पष्ट रहेको उनको भनाइ छ । ‘जो सुकै होस्, दोषीले उन्मुक्ति पाउनु हुँदैन । कतिपय पार्टी या व्यक्तिहरुले चालु अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्ने एवं आफूहरुप्रतिको पूर्वाग्रह या प्रतिशोध करार गर्ने कोशिस गरिहेका छन् । तर यस प्रक्रियामा सत्तारुढ पार्टीहरु सम्बद्ध कतिपय व्यक्तिहरु समेत अनुसन्धानमा तानिएको, थुनामा परेको या मुद्दा खेपिरहेका घटनाक्रमले त्यस्तो आरोपलाई मिथ्या प्रमाणित गरिसकेको छ,’ उनले भने, ‘आफूले गल्ती गरिएको छैन भने कोही पनि न्यायिक प्रक्रियाबाट तर्सिनु पर्दैन । गल्ती गरेको भए सडक अदालतले उन्मुक्ति दिन सक्दैन भन्ने कुरा सबैले बुझ्नु पर्छ, सरकार यसै गरी अगाडि बढिरहेको छ ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...

मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...

मधेशमा ६० प्रतिशतभन्दा बढी मत पाउने स्वर्णिम वाग्लेको विश्वास

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट ?

झलनाथ र बामदेव परेनन्

कमल थापालाई टिकट दिएपछि राप्रपाका युवा नेता कार्कीले छाडे पार्टी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...

स्याङ्जामा कांग्रेसबाट ढकाल र मल्ल उम्मेदवार

स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...

कांग्रेसले हिमाली जिल्लामा उम्मेदवार टुंगो लगायो

काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...

ओलीलाई योगेशको आग्रह: कुनै किचलो गर्दिनँ, उम्मेदवार मिलाउन सकिने क्षेत्रमा मिलाउनुस्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending