Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला, व्यावसायिक उत्खननको काम अघि बढाइने

खबरडबली संवाददाता

सुर्खेत। दैलेखमा ग्यास रहेको पत्ता लागेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको संकेत पत्ता लागेको हो । शनिबार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको छ । अब कति मात्रामा ग्यास रहेको छ ? आर्थिक रूपमा कतिको लाभ लिन सकिन्छ ? भनेर अनुसन्धान भइरहेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

गत वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको थियो । मेसिनले खनेर पेट्रोलियम पदार्थ भए÷नभएको पत्ता लगाएको छ । चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास नै भएको पत्ता लागेको पेट्रोलियम पदार्थ आयोजनाका सिनियर डिभिजनल जियोलोजिष्ट सुरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार शनिबार मात्र ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको भन्दै उहाँले ड्रिलिङ गर्दा निस्किएको नमुना चीनको ल्याबमा पठाइएको छ ।

पेट्रोलियम पदार्थ हुनसक्ने भन्दै चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीले भौगर्भिक अध्ययन गरेको अन्वेषण परियोजनामा सीएनपीसी इन्जिनियरिङले उत्खनन्को काम थालेको थियो । श्रेष्ठका अनुसार चीनबाट नमुनाको परीक्षणपछि व्यावसायिक रूपमा उत्खनन् हुने नहुनेमा स्पष्ट हुनेछ । ड्रिलिङको काम सकिएपछि आजसम्म उक्त स्थानमा गरेको कामका बारेमा समेटिएको डेटा र तथ्यांक एकै पटक निकालिनेछ । त्यसपछि ग्यास भण्डार भएको वा नभएको पत्ता लाग्नेछ । अहिलेको ड्रिलिङको कामले गर्दा ग्यासको भण्डारण रहेको पत्ता लागेको उहाँको भनाइ छ ।

नेपाल सरकारले २०८२ सम्म पेट्रोलियम अन्वेषणको काम सक्ने तयारी गरेको छ । चैत २०७१ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सहमति भएसँगै २०७५ माघमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्नेसम्बन्धी परियोजना स्वीकृत भएको थियो । पेट्रोलियम पदार्थको उत्खनन् र अन्वेषणमा गर्न दुई अर्ब ४० करोड रुपियाँसँगै प्राविधिक सहयोग गर्नेगरी चीन र नेपाल सरकारबिच सम्झौता भएको थियो ।

ड्रिलिङको काम सकिएसँगै पहिलो चरणको सम्झौता अवधि सकिएको छ । अब अर्को चरणको सम्झिौता गरेर अन्य काम अघि बढाइने आयोजनाले जनाएको छ । 

व्यावसायिक उत्खननको काम अघि बढाइने

दैलेखमा ग्यास भएको पत्ता लागेसँगै व्यावसायिक उत्खननको काम अघि बढाइनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम पदार्थको नमुना निकालिएको र अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यावसायिक उत्खननको कामलाई अघि बढाइने बताएको छन । 

सामाजिक सञ्जालमार्फत् उनले पेट्रोलियम पदार्थ उत्खननको काम अघि बढाउने जानकारी गराएको हो । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ । पहिलो चरणको कामको सम्झौता सकिएको छ भने दोस्रो चरणको काम सुरु गर्न चीन सरकारसँग पहल थालिएको जनाइएको छ । अब लाग्ने बजेटको अनुमानित विवरण र निकालिएको स्याम्पलको परीक्षणको रिर्पोटअनुसार अघि बढ्ने जनाइएको छ । स्थानीय तथा प्रदेश सरकारले समेत व्यवसायिक उत्खननका लागि पहल थाल्न संघीय सरकारलाई आग्रह गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

मिडिया गेटमा पार्किङबारे रवि लामिछाने: पार्टीले विज्ञप्तिमार्फत यो गलत हो भनेर स्पष्ट भनिसकेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...

प्रतिनिधिसभामा ‘अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन र खारेज गर्ने विधेयक’ प्रस्तुत

वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री

नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह: मनोबल नघटाउनुहोस्, तपाईंहरूकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेका छन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...

यातायात कार्यालयको अनलाइन प्रणाली सञ्चालनमा, देशभर सेवा पुन: सुरु

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...

मलाई ‘गोली हानेर मारिदिन्छु’ भन्दै धम्की आएको छ : ऐन महर

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा धर्ना

काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...

महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?

खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending