Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

नारायणीको पानी नवलपुर फर्काउन नदी पीडितको अवरोध

खबरडबली संवाददाता

नवलपुर। जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीको बहाव परिवर्तन गराउन स्थानीयले अवरोध गरेका छन् । नारायणी पीडितले अवरोध गरेपछि नदीको बहाव परिवर्तन गराउने काम रोकिएको छ ।

बिहीबार र शुक्रबार दुईवटा डोजरले खनेर नारायणीको बहाव परिवर्तन गराउने प्रयास गरेकोमा नदी पीडितले अवरोध गरेपछि तत्काललाई काम रोकिएको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले जानकारी दिए।

२०५८ सालमा नारायणीमा आएको बाढीले पीडित बनाएकाहरूले अहिलेसम्म राहात नपाएको र अहिले नदीको धार परिवर्तन गराउँदा वर्षामा फेरी बाढीको जोखिम हुन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दाले विरोध गरेका हुन् । उनीहरूले अदालतले समेत राहात दिन आदेश दिइसकेकाले सरकारले तत्काल राहात उपलब्ध गराउनु पर्ने, वर्षामा बाढी पस्न नसक्ने गरी तटबन्ध निर्माण गर्नु पर्ने र नारायणीलाई साविककै धारमा बगाउनु पर्ने माग गरेका छन् ।

देवचुली नगरपालिका वडा नं। १७ का नारायणी पीडित नारायण थनेतले तत्काल आफूहरूलाई राहत दिनु पर्ने र राहत दिन नसक्ने हो भने नदीलाई साविककै स्थानबाट बग्ने गरी धार परिवर्तन गराउनु पर्ने बताए। साविक नारायणी देवचुलीको पिप्रहर पारीको भङ्गालोबाट बगेको थियो । त्यसो गर्दा वर्षामा थप क्षति हुन नसक्ने थनेतले बताए।

२०५८ सालमा नारायणीमा आएको बाढीले एक सय विघाभन्दा बढी नम्बरी जग्गा बगरमा परिणत गरेको तर अहिलेसम्म क्षतिपूर्ति नपाएको पीडितको गुनासो छ । पिप्रहरका स्थानीयको मात्रै ६० बिघा जमिन नारायणीले बगर बनाइदिएको छ । नारायणीलाई साविककै ठाउँबाट बगाउन नसके वर्षाको समयमा फेरि क्षति व्यहोर्नु पर्ने पिठौली मौजा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण कँडेलले बताए।

जवाफमा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले यो विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउनु पर्ने बताए। नारायणी नदीले गरेको कटान रोक्नका लागि तटबन्ध बनाउन र पीडितका लागि राहात उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षण पत्र बुझाउनु पर्ने उनको भनाइ छ ।

त्यसका लागि आफूले पहल गर्ने न्यौपानेले प्रतिबद्धता जनाए । ‘‘तपाईहरूको माग जायज छन्, यसमा मैले एक्लै गर्न सक्ने केही छैन, तपाईहरू सङ्गठित हुनुस्, प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराऔं, समय व्यवस्थापन म गर्छु,’’ नगरप्रमुख न्यौपानेले भने।

जिल्ला समन्वय समितिको पहलमा गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी लगायतको उपस्थितिमा बिहीबारदेखि डोजर लगाएर नारायणीको धार परिवर्तन गरी पानी नवलपुर तिर ल्याउने प्रयास गरिएको थियो ।

नारायणीको उत्खनन् धेरै हुँदा नदी गहिरिएर दक्षिणी भङ्गालो ९चितवन क्षेत्र० मा पानीको बहाव धेरै हुँदा उत्तरी भङ्गालो ९नवलपुर क्षेत्र० भने हिउँद लागेलगत्तै सुक्खाग्रस्त हुँदै गएको छ । यसका कारण मानिस मरेर जलाएको खरानी बगाउन र दाहसंस्कारपछि नुहाउन तथा सरसफाइ गर्न निकै समस्या परेको स्थानीयले गुनासो गर्ने गरेका छन् ।

नदीको धार परिवर्तनले घडियाल गोहीको वासस्थान नै लोप हुँदै गएको छ भने गैँडाका लागि आहाल खेल्ने पानीको समेत समस्या भएको संरक्षणकर्मीले बताएका छन् । नारायणीको उत्तरी भङ्गालो आश्रित भएर नवलपुरका तटीय क्षेत्रमा सञ्चालन भएका पर्यापर्यटनका गतिविधि सँगसँगै नदीमा आश्रित जलचर र थलचर प्राणीलाई समेत यसले गम्भीर असर पार्ने गैँडा संरक्षण समन्वय समिति नवलपुरका अध्यक्ष विष्णु अधिकारीले बताए।

उत्तरी भङ्गालोमा नदीको पानी कम हुँदा निकुञ्जका वन्यजन्तुसमेत सहजै नवलपुर क्षेत्रका बस्तीमा प्रवेश गर्ने र यसले मानव–वन्यजन्तु द्वन्द्व थप बढ्ने गैँडाकोट–११ का अध्यक्ष सुवेदीले बताए।

नारायणघाटमा रहेको नारायणी नदीको पुलदेखि केही किलोमिटर तल सिख्रौलीघाटबाट नारायणी नदी दुई वटा भङ्गालोमा बाँडिएर बगेको छ । उत्तरी र दक्षिणी भङ्गालो अमलटारीघाटमा आएर मिसिने हुँदा अमलटारीदेखि सिख्रौलीसम्मको उत्तरी भङ्गालो लगभग सुक्खा भएपछि नदीमा आश्रित वन्यजन्तु, जलचर मात्रै नभएर नदीबाट जीविकोपार्जन गर्ने ठुलो सङ्ख्याका सर्वसाधारण समस्यामा परेका देखिन्छ ।

नारायणीको उत्तरी भङ्गालोमा पानी सुक्दै गएपछि नदीमा माछा मारेर जीविकोपार्जन गर्ने बोटे, माझी, मुसहर समुदाय पनि समस्यामा परेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रामहरि खतिवडाको टिकट खोसियो, ओखलढुंगामा कांग्रेस उम्मेदवार कुमार लुइँटेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन्। उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवा...

सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आएका उनले आसन्न प्रतिनिधि...

महाविर पुनले दिए मन्त्रीबाट राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा...

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...

मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...

मधेशमा ६० प्रतिशतभन्दा बढी मत पाउने स्वर्णिम वाग्लेको विश्वास

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट ?

झलनाथ र बामदेव परेनन्

कमल थापालाई टिकट दिएपछि राप्रपाका युवा नेता कार्कीले छाडे पार्टी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...

स्याङ्जामा कांग्रेसबाट ढकाल र मल्ल उम्मेदवार

स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending