Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

कोरियाको हवाई भाडा ह्वात्तै घट्यो

खबरडबली संवाददाता

काठमाडौं। दक्षिण कोरियामा सक्रिय विभिन्न नेपाली सङ्गठनहरूले नेपाल र दक्षिण कोरियाबिचको हवाई भाडादार घटाउने निर्णयको स्वागत गर्दै पहल कदमीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतका नेताप्रति आभार व्यक्त गरेका छन् ।

जनसम्पर्क समिति दक्षिणकोरियाले एक विज्ञप्तिमार्फत विचौलीयाहरूका कारण अत्यन्तै चर्को भाडादरको मार भोग्नु परेको अवस्थमा त्यहाँ कार्यरत सङ्घसंस्थाले आवाज उठाउँदै आएको र यसका लागि पर्यटनमन्त्री पाण्डे तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतबाट भएको पहलका लागि विशेष धन्यवाद ज्ञापन गरेको छ ।

समितिले फेसबुकमार्फत जारी विज्ञप्तिमा भनिएको छ, “कोरियाका सक्रिय राजनीतिक सङ्गठनहरू र गैरआवासीय नेपाली सङ्घ, एनसीसी, प्रदेश समाज, सम्पूर्ण क्रियाशील सङ्घसंस्थाहरूको ज्ञापन पत्र, अनुरोध र महामन्त्री, पर्यटनमन्त्री पाण्डेको विशेष पहल कदमीसँगै सम्बन्धित निकायहरूको ध्यानाकर्षणका कारण कोरिया आउने हवाइ टिकेट बिक्री टेन्डरमा बिचौलिया तन्त्रको अन्त्य हुँदै एक लाख २५ हजारसम्म पुगेको भाडादर अहिले ५४ हजार रुपियाँसम्म कायम भएबाट कोरिया आउने श्रमिकहरूलाई ठुलो राहत भएको छ ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “यसको पहलकदमी गरी राहत दिलाउन हर प्रयास गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, अन्य मन्त्रालयलगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकाय र अधिकारीहरूप्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दछौं ।”

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा २८ जुलाई २०२४ मा  भएको बृहत् अन्तरक्रिया कार्यक्रममा कोरियामा जाने श्रमिकहरू महँगो हवाई भाडादरका कारण एकदमै ठुलो मारमा परेका तथ्यलाई उजागर गर्दै नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता अनुसार महामन्त्री गगनकुमार थापाले १३ अगष्टमा प्रतिनिधि सभा बैठकमा आवाज बुलुन्द गर्दै पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको विज्ञप्तिमा स्मरण गरिएको छ  ।

साथै गत २१ अक्टोबरमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति श्री भजिन्द्रबहादुर क्षेत्रीले महामन्त्री थापालाई उहाँकै निवासमा भेटेर थप तागेता गरेको र कोरियामा कार्यरत सङ्घ संस्थाका प्रतिनिधि मण्डलले गत २२ अक्टोबर मन्त्री पाण्डेसँग मन्त्रालयमा भेट्न जानकारी गराए अनुसार परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित सबै निकायसँग समन्वय गरी भएको पहल कदमीबाट भाडादर घट्न सफल भएको जनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आएका उनले आसन्न प्रतिनिधि...

महाविर पुनले दिए मन्त्रीबाट राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा...

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...

मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...

मधेशमा ६० प्रतिशतभन्दा बढी मत पाउने स्वर्णिम वाग्लेको विश्वास

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट ?

झलनाथ र बामदेव परेनन्

कमल थापालाई टिकट दिएपछि राप्रपाका युवा नेता कार्कीले छाडे पार्टी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...

स्याङ्जामा कांग्रेसबाट ढकाल र मल्ल उम्मेदवार

स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...

कांग्रेसले हिमाली जिल्लामा उम्मेदवार टुंगो लगायो

काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending