Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

कोरियाको हवाई भाडा ह्वात्तै घट्यो

खबरडबली संवाददाता

काठमाडौं। दक्षिण कोरियामा सक्रिय विभिन्न नेपाली सङ्गठनहरूले नेपाल र दक्षिण कोरियाबिचको हवाई भाडादार घटाउने निर्णयको स्वागत गर्दै पहल कदमीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतका नेताप्रति आभार व्यक्त गरेका छन् ।

जनसम्पर्क समिति दक्षिणकोरियाले एक विज्ञप्तिमार्फत विचौलीयाहरूका कारण अत्यन्तै चर्को भाडादरको मार भोग्नु परेको अवस्थमा त्यहाँ कार्यरत सङ्घसंस्थाले आवाज उठाउँदै आएको र यसका लागि पर्यटनमन्त्री पाण्डे तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतबाट भएको पहलका लागि विशेष धन्यवाद ज्ञापन गरेको छ ।

समितिले फेसबुकमार्फत जारी विज्ञप्तिमा भनिएको छ, “कोरियाका सक्रिय राजनीतिक सङ्गठनहरू र गैरआवासीय नेपाली सङ्घ, एनसीसी, प्रदेश समाज, सम्पूर्ण क्रियाशील सङ्घसंस्थाहरूको ज्ञापन पत्र, अनुरोध र महामन्त्री, पर्यटनमन्त्री पाण्डेको विशेष पहल कदमीसँगै सम्बन्धित निकायहरूको ध्यानाकर्षणका कारण कोरिया आउने हवाइ टिकेट बिक्री टेन्डरमा बिचौलिया तन्त्रको अन्त्य हुँदै एक लाख २५ हजारसम्म पुगेको भाडादर अहिले ५४ हजार रुपियाँसम्म कायम भएबाट कोरिया आउने श्रमिकहरूलाई ठुलो राहत भएको छ ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “यसको पहलकदमी गरी राहत दिलाउन हर प्रयास गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, अन्य मन्त्रालयलगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकाय र अधिकारीहरूप्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दछौं ।”

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा २८ जुलाई २०२४ मा  भएको बृहत् अन्तरक्रिया कार्यक्रममा कोरियामा जाने श्रमिकहरू महँगो हवाई भाडादरका कारण एकदमै ठुलो मारमा परेका तथ्यलाई उजागर गर्दै नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता अनुसार महामन्त्री गगनकुमार थापाले १३ अगष्टमा प्रतिनिधि सभा बैठकमा आवाज बुलुन्द गर्दै पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको विज्ञप्तिमा स्मरण गरिएको छ  ।

साथै गत २१ अक्टोबरमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति श्री भजिन्द्रबहादुर क्षेत्रीले महामन्त्री थापालाई उहाँकै निवासमा भेटेर थप तागेता गरेको र कोरियामा कार्यरत सङ्घ संस्थाका प्रतिनिधि मण्डलले गत २२ अक्टोबर मन्त्री पाण्डेसँग मन्त्रालयमा भेट्न जानकारी गराए अनुसार परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित सबै निकायसँग समन्वय गरी भएको पहल कदमीबाट भाडादर घट्न सफल भएको जनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

मिडिया गेटमा पार्किङबारे रवि लामिछाने: पार्टीले विज्ञप्तिमार्फत यो गलत हो भनेर स्पष्ट भनिसकेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...

प्रतिनिधिसभामा ‘अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन र खारेज गर्ने विधेयक’ प्रस्तुत

वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री

नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह: मनोबल नघटाउनुहोस्, तपाईंहरूकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेका छन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...

यातायात कार्यालयको अनलाइन प्रणाली सञ्चालनमा, देशभर सेवा पुन: सुरु

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...

मलाई ‘गोली हानेर मारिदिन्छु’ भन्दै धम्की आएको छ : ऐन महर

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा धर्ना

काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...

महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?

खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending