Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतवाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह

खबरडबली संवाददाता

काठमाडाैं ।  भारतको अन्तरिक्ष अभियान (इसरो)ले सन् २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ। आगामी ६ महिनामा इसरोले एकपछि अर्को ठूला मिसनहरू प्रक्षेपण गर्न लागेको छ। तीमध्ये सबैभन्दा बढी चर्चामा रहेको गगनयान मिसन र भारत-अमेरिकाबीच अहिलेसम्मको सबैभन्दा महंगो संयुक्त उपग्रह ‘निसार’ अभियान हो। 

भारतीय सञ्चारमाध्यमका अनुसार यो संयुक्त अभियानको कथा यहाँ मात्र समाप्त हुँदैन, यसले चाँडै आफ्नो फोनबाट सिधा स्पेसमा कल गर्न सम्भव बनाउनेवाला पनि छ।

इसरोले यही फेब्रुअरी र मार्च भित्रमा अमेरिकी सञ्चार उपग्रह प्रक्षेपण गर्नेछ। यसको मद्दतले अब तपाईंको स्मार्टफोनले कल गर्न र स्पेसमा सिधा जडान गरेर इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछ।

विशेष कुरा यो हो कि यसका लागि कुनै विशेष ह्यान्डसेट वा टर्मिनल आवश्यक पर्दैन। यो पूर्ण रूपमा व्यावसायिक प्रक्षेपण हुनेछ, जसलाई इसरोका वाणिज्य शाखा न्यू स्पेस इन्डिया लिमिटेडद्वारा कार्यान्वयन गर्दैछ।

यो मिसन के हो? 

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले अमेरिकाको एसटी स्पेश मोबाइल कम्पनीको उपग्रह प्रक्षेपण गर्न लागेको हो। यो मिसन विशेष टेक्नोलोजीमा आधारित छ, जसले मोबाइल फोनलाई सिधै उपग्रहहरूमा जडान गर्ने क्षमता राख्नेछ।

अमेरिकी कम्पनीले भारतबाट ठूलो सञ्चार उपग्रह प्रक्षेपण गर्न लागेको यो पहिलो पटक हो। भारतले अहिलेसम्म अमेरिकी कम्पनीका साना उपग्रह मात्रै प्रक्षेपण गर्दै आएको थियो।

यो प्रविधिको उद्देश्य संसारको जुनसुकै कुनामा, चाहे त्यो पहाड होस्, जङ्गल होस् वा समुद्रको बीचमा मोबाइल नेटवर्क उपलब्ध गराउनु हो। यो अभियान सफल भएमा अब मोबाइल टावर विना पनि कल गर्न र इन्टरनेट सेवा लिनका लागि सहजै उपलब्ध हुने भएको छ।

नेटवर्क कभरेज एक प्रमुख चुनौती भएको क्षेत्रका लागि यो क्रान्तिकारी साबित हुने इसोरोले जनाएको छ।

यो प्रणालीले कसरी काम गर्नेछ?

यो एक ठूलो र उन्नत उपग्रह हो, जुन प्रत्यक्षदेखि बिक्री प्रविधिमा डिजाइन गरिएको हो। यो स्याटेलाइटले फोनमा सिधै सिग्नलहरू पठाउने छ, जसले गर्दा मोबाइलले कुनै मध्यवर्ती टावर वा नेटवर्क बिना काम गर्नेछ।

अर्थात्, तपाईंको स्मार्टफोनको लाइन सिधै स्पेसमा जडान हुनेछ। यो मिसन इसरोको लागि अर्को उपलब्धी हो, जसले अन्तर्राष्ट्रिय अन्तरिक्ष मिशनहरूमा भारतको भूमिकालाई अझ बलियो बनाउने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

एन्टेना आधा फुटबल मैदान बराबर

यस स्याटेलाइटको एन्टेना करिब ६४ वर्ग मिटरको हुनेछ, जुन आधा फुटबल मैदान बराबर हो।  यसको तौल करिब ६००० किलोग्राम हुनेछ र भारतको श्रीहरिकोटाबाट इसरोको एलभिएम-३ रकेट (बाहुबली) मार्फत अन्तरिक्षको कक्षमा राखिनेछ।

यो प्रक्षेपण इसरोको लागि ठूलो उपलब्धी हो किनभने यसले अमेरिकी कम्पनीहरूको भारतको रकेट र प्रक्षेपण प्रणालीमा विश्वास बढाउने छ। यसअघि एलभिएम-३ ले वेन वेभ स्याटेलाइट तारामण्डललाई दुई पटक सफलतापूर्वक प्रक्षेपण गरिसकेको छ।

यसको फाइदा 

विश्वव्यापी नेटवर्क कभरेजः अब दुर्गम क्षेत्रमा पनि नेटवर्क उपलब्ध हुनेछ। विपद् व्यवस्थापनमा सहयोगीः  बाढी, भूकम्प वा कुनै पनि विपद्को समयमा मोबाइल टावरले काम नगर्दा यो प्रविधि निकै उपयोगी हुनेछ।

सस्तो र पहुँचयोग्य नेटवर्क

मोबाइल नेटवर्क कम्पनीहरूको खर्चमा कमी आउने छ, जसको प्रत्यक्ष लाभ उपभोक्तालाई हुनेछ।

यो सेवा स्पेसबाट प्रत्यक्ष कलहरू प्रयोग गर्नका लागि कसैले पनि सेवा प्रदायकहरू जस्तो कि (एयरटेल, भोडाफोन, एनटिसी, एनसेल) जस्ता मोबाइल नेटवर्क उपलब्ध गराउने कम्पनी परिवर्तन गर्न नपर्ने कम्पनीले जनाएको छ। ‘यसका लागि हामी विश्वभरका मोबाइल नेटवर्क अपरेटरहरूसँग काम गरिरहेका छौं,’ इसरोले प्रारम्भिक जानकारी दिँदै भनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending