काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले भ्रष्टाचार काण्डहरु छानबिन गर्नका लागि पूर्वप्रधान्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गर्नुपर्ने बताएका छन् ।
दल विशेषका शीर्ष नेताहरुले चिनेको व्यक्तिको नेतृत्वमा नभई पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन भएमात्र निष्पक्ष ढंगले न्याय दिन सक्ने उनको भनाइ छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका केसीले भने, ‘संसदमा उठेका, पक्ष, विपक्ष, प्रतिपक्षले उठाएका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नका लागि प्रचण्डजीले चिनेको होइन, शेरबहादुर जीले चिनेको होइन, ओली जीले चिनेको होइन, नेपाली जनताले चिनेको, निष्पक्ष ढंगको न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि पाँच जनासम्मको शक्तिशाली समिति गठनका लागि हामी सहमतिमा पुगौं ।’
भ्रष्टाचार नियन्त्रणका लागि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा पनि उनले राखे । यसो गर्दा भ्रष्टाचार नियन्त्रणमा सहयोग हुने उनको विश्वास छ ।
सत्तामा पुगेको व्यक्तिले भ्रष्टाचार गरेर रकम थुपारेको भ्रम फैलाइएको भन्दै उनले त्यसलाई नियन्त्रणका लागि पनि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा राखे ।
‘सत्तामा पुगेका मान्छेले बोराकाबोरा घरमा डम्प गरेर हजार–पाँच सयको नोट राखेको छ भन्ने भ्रम जानीजानी फैलाइएको छ,’ पूर्वमन्त्री समेत रहेका केसीले भने, ‘त्यसैले मैले धेरैचोटी संसदमा भनें पाँच सय र हजारका नोट ब्यान्ड गर्दिउँ । हेरौं कसले कति लुकाएको रहेछ त्यो पनि जनताका अगाडि स्पष्ट भएर जाओस् ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: