काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभा/बैठकमा सम्बोधान गर्दै कुलपति ओलीले संस्कृतले समाजको विकासका सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुुसन्धानमा सरकारले ध्यान दिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालको आधुुनिक शिक्षा विकासको जगमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सृजना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि विज्ञान भएकाले यस शिक्षालाई अगाडि बढाउन विश्वविद्यलयले अगुवाइ गर्ने विश्वास व्यक्त गरेका छन ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारले विश्वविद्यालयका भौतिक सम्पतिको रक्षा र स्वर्गद्वारी गुठीलगायत छरपस्ट रहेका जग्गाहरुको उचित जगेर्ना गर्ने पनि स्पष्ट पारेका छन ।
बैठकमा सहकुुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय शिक्षा नीति, २०७६ बमोजिम उच्चशिक्षालाई प्रतिस्पर्धी, उत्पादनमुखी र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिनुुभयो । उपकुलपति प्रा डा धनेश्वर नेपालले हाम्रा प्राचीन ऋषिमहर्षिहरुको लामो तपस्याद्वारा निःसृत संस्कृत वाङ्मयमा ज्ञानविज्ञानको धारा प्रवाहित हुँदै आएकाले यसको मौलिकताको रक्षाका साथै आधुुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बैठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक शैक्षिक कार्यक्रम तथा आय व्यय (बजेट) पारित गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - ११:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ अभियोग हटाउने वा संशोध...
माघ ७ गते, २०८२ - ११:३०
म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका छन् । आजै मन्त्री पदबाट राजीनामा ...
माघ ७ गते, २०८२ - ११:१७
काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको...
माघ ७ गते, २०८२ - ११:०२
काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्ड...
माघ ७ गते, २०८२ - १०:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन्। उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवा...
माघ ७ गते, २०८२ - १०:३३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आएका उनले आसन्न प्रतिनिधि...
माघ ७ गते, २०८२ - १०:२३
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा...
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...




प्रतिकृया लेख्नुहोस्: