Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

शेरा दरबारमा मेरो कुनै संलग्नता छैन, भेटिएमा मलाइ पनि कारबाही होस्ः प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटस्थित  शेरा दरबारको छानबिनमा सहयोग गर्ने बताएका छन ।

उनका पार्टीका पुर्व कार्यालय सचिव विकेश श्रेष्ठले सो दरबारको जग्गा ब्यक्तिको नाममा नामसारीस् गरेको खुलासा भए पछि पछिल्लो समयमा सो बिषय चर्चामा आएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद वासुदेव घिमिरेको गृहमन्त्री रमेश लेखकलाई शेरा दरबारको जग्गाबारे सोधे पछि प्रचण्डले पनि त्यसमा थप जवाफ दिएका हुन ।

शेरा दरबारको जग्गाबारे कानून विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, यति काम गरेमा म सरकारलाई धन्यवाद  भन्छु’ उनले बैठकमा भने, ‘शेरा दरबारमा दोषीलाई कारवाहीको दायरामा ल्याइयोस् ।’ सो दरबारका बारेमा आफुले सार्बजनिक मञ्च र सामाजिक सञ्जालवाट पनि प्रस्टीकरण दिदैँ सरकारको जमिन व्यक्तिको नाममा ल्याउनेलाई कानूनी कारवाही गर्नुपर्छ भन्ने पक्षमा रहेको जनाए ।  

‘राज्यको जमिन व्यक्तिको नाममा गएको छ भने कानून बमोजिम फिर्ता ल्याउनुपर्छ, छानबिन गर्दै गएमा प्रचण्ड पनि देखिएको छ भने पनि मलाइ पनि छानबिनको दायरामा ल्याउनुहोस्,’ उनले भने । तर, सो प्रकरणमा आफ्नो नाम जोडिएकोमा भने उनले दुःख ब्यक्त गरेका छन ।

गौरीगञ्ज झापाको आमसभामा पनि अध्यक्ष प्रचण्डले बिकेश श्रेष्ठले पार्टी छाडेर गएको १०–१२ बर्ष भइसकेको जनाउँदै आफ्नो नाम नमुछन आग्रह गरेका थिए । 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेविरुद्ध महान्यायाधिवक्ताको निर्णयमाथि सर्वोच्चमा रिट, पेसी तोकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ अभियोग हटाउने वा संशोध...

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार, पुराना दलप्रति असन्तुष्टि

म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका छन् । आजै मन्त्री पदबाट राजीनामा ...

मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ८४ हजार ७ पुग्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको...

कांग्रेसले मोरङका ६ वटै क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो, को कहाँ ?

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्ड...

रामहरि खतिवडाको टिकट खोसियो, ओखलढुंगामा कांग्रेस उम्मेदवार कुमार लुइँटेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन्। उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवा...

सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आएका उनले आसन्न प्रतिनिधि...

महाविर पुनले दिए मन्त्रीबाट राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा...

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...

मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending