Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

उखु किसानको २५ करोड भुक्तानी

खबरडबली संवाददाता

बर्दीबास। उखुको खरिद प्रकृया र भुक्तानीको विषयलाई लिएर अन्य जिल्लामा किसान र उद्योगिबिच विवाद चुलिएको बेला महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले उखुको भुक्तानी दिन सुरु गरेको छ । एभरेस्टले उखु खरिद गरेको ५ दिनभित्रै भुक्तानी दिने नीतिअनुसार नयाँ रेट प्रतिक्विन्टल ५८५ रुपियाँको दरले किसानको खातामार्फत भुक्तानी दिन सुरु गरेको हो । 

मङ्सिर २६ गतेदेखि क्रसिङ सुरु गरेको एभरेष्टले आइतबार अपरान्ह १२ बजेसम्म पाँच लाख ९० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ । त्यसमध्ये पुस १० गतेसम्म खरिद गरेका चार लाख ६७ हजार ४ सय क्विन्टल उखुको पच्चीस करोड ६ लाख १३ हजार ९८६ रुपियाँ भुक्तानी गरेको महाप्रवन्धक सुरेन्द्र शुक्लाले बताए ।  

भुक्तानीको तेश्रो श्रृङखला अन्र्तगत पुस १४ गते ९आज० तीन हजार १९४ किसानको खातामा १० करोड ९४ लाख ५२ हजार ४७२ रुपियाँ जम्मा गरेको कारखानाका वित्तिय महाप्रवन्धक विमलचन्द्र ठाकुरले बताए । चालु क्रसिङ सिजनको पहिलो किस्ता पुस ४ गते ४ करोड ८६ लाख र दोश्रोपटक पुस ९ गते ९ करोड २५ लाख रुपियाँ किसानको खातामा भुक्तानी गरिसकिएको उनले बताए। 

ठाकुरले भने,  ूभुक्तानीको चौथो श्रृङखला अन्र्तगत अब पुस १५ गतेसम्म खरिद गरिएका उखुको भुक्तानी गरिने छ । यो भुक्तानी पुस २० गते गरिसक्ने गृहकार्यमा जुटेका छौंं ।ू बिदाको दिन बाहेक खरिद गरेको हरेक ५ दिनभित्र उखुको भुक्तानी दिने नीति अनुसार किसानक खातामा नियमित रकम जम्मा भइरहेको एभरेष्टका महाप्रवन्धक शुक्लाले जनाए । 

विगतका क्रसिङ सिजनमा एक वर्षभन्दा बढी समय विताएर भुक्तानी दिने गरेका चिनी मिलले समयमै भुक्तानी दिने निती अवलम्वन गर्नु सकारात्मक भएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवहाले बताए ।

ूसरकारले उखुको उचित मूल्य निर्धारण नगर्दा निरास बनेका कृषकलाई समयमै भुक्तानी पाउदा थोरै भएपनि राहत मिलेको छ,ू उनले प्रतिकृया दिए । सरकारले गत वर्ष उखुको ५६५ रुपियाँ रेटमा २० रुपियाँ मात्र थप गरि प्रति क्विन्टल ५८५ रुपैया कायम गरेकोले किसान निरास बनेको कुशवहाले बताउनुभयो । यो वृद्धिसँगै सरकाले दिने ७० रुपियाँ समेत जोडदा उखुको मूल्य प्रति क्विन्टल ६५५ रुपियाँ कायम भएको छ । 

चिनी मिलले नियमित भुक्तानी सुरु गरे पनि प्रति क्विन्टल ७० रुपैया अनुदान भने सरकारले कहिलेसम्म दिने हो अनिश्चित छ । उखु किसानले भने राष्ट्र बैंकले निर्धारण गरेको १५ मूल्य वृद्धिको आधारमा प्रति क्विन्टल ८५ रुपियाँ माग गर्दै आएका छन् । किसानको मागलाई लत्याउदै सरकार र उधोगपतिको कोठे बैठकले हचुवाको भरमा वृद्धि गरेको २० रुपियाँप्रति उखु कृषकले विमति जनाउदै आएका छन्  । 

कुशवहाले असन्तुष्टि पोख्नुभयो, ‘हामीले उखुको उचित मूल्य वृद्धिको माग राखेका थियौं । सरकारले हचुवाको भरमा २० रुपियाँ थपेको छ । यो त भीख दिएसरी भयो । यसले उखु किसानको अपमान गरेको छ ।’

एभरेष्टले क्रसिङ सिजन ९२०८१(८२० मा न्यूनतम ३५ लाख क्विन्टल उखु क्रसिङ गरि ३ लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको छ । गत वर्ष एभरेष्टले क्रसिङ सिजन ९०८०(८१० मा २९ लाख ४ हजार ५११ क्विन्टल उखु क्रसिङ गरि २ लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरेको थियो । यस वर्ष उखुको उत्पादन र खेतीको क्षेत्रफल बढेकाले गत वर्षको तुलनामा ६ लाख क्वीन्टल बढी उखु क्रसिङको लक्ष्य लिएको महाप्रवन्धक शुक्लाले जनाए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending