Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

उखु किसानको २५ करोड भुक्तानी

खबरडबली संवाददाता

बर्दीबास। उखुको खरिद प्रकृया र भुक्तानीको विषयलाई लिएर अन्य जिल्लामा किसान र उद्योगिबिच विवाद चुलिएको बेला महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले उखुको भुक्तानी दिन सुरु गरेको छ । एभरेस्टले उखु खरिद गरेको ५ दिनभित्रै भुक्तानी दिने नीतिअनुसार नयाँ रेट प्रतिक्विन्टल ५८५ रुपियाँको दरले किसानको खातामार्फत भुक्तानी दिन सुरु गरेको हो । 

मङ्सिर २६ गतेदेखि क्रसिङ सुरु गरेको एभरेष्टले आइतबार अपरान्ह १२ बजेसम्म पाँच लाख ९० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ । त्यसमध्ये पुस १० गतेसम्म खरिद गरेका चार लाख ६७ हजार ४ सय क्विन्टल उखुको पच्चीस करोड ६ लाख १३ हजार ९८६ रुपियाँ भुक्तानी गरेको महाप्रवन्धक सुरेन्द्र शुक्लाले बताए ।  

भुक्तानीको तेश्रो श्रृङखला अन्र्तगत पुस १४ गते ९आज० तीन हजार १९४ किसानको खातामा १० करोड ९४ लाख ५२ हजार ४७२ रुपियाँ जम्मा गरेको कारखानाका वित्तिय महाप्रवन्धक विमलचन्द्र ठाकुरले बताए । चालु क्रसिङ सिजनको पहिलो किस्ता पुस ४ गते ४ करोड ८६ लाख र दोश्रोपटक पुस ९ गते ९ करोड २५ लाख रुपियाँ किसानको खातामा भुक्तानी गरिसकिएको उनले बताए। 

ठाकुरले भने,  ूभुक्तानीको चौथो श्रृङखला अन्र्तगत अब पुस १५ गतेसम्म खरिद गरिएका उखुको भुक्तानी गरिने छ । यो भुक्तानी पुस २० गते गरिसक्ने गृहकार्यमा जुटेका छौंं ।ू बिदाको दिन बाहेक खरिद गरेको हरेक ५ दिनभित्र उखुको भुक्तानी दिने नीति अनुसार किसानक खातामा नियमित रकम जम्मा भइरहेको एभरेष्टका महाप्रवन्धक शुक्लाले जनाए । 

विगतका क्रसिङ सिजनमा एक वर्षभन्दा बढी समय विताएर भुक्तानी दिने गरेका चिनी मिलले समयमै भुक्तानी दिने निती अवलम्वन गर्नु सकारात्मक भएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवहाले बताए ।

ूसरकारले उखुको उचित मूल्य निर्धारण नगर्दा निरास बनेका कृषकलाई समयमै भुक्तानी पाउदा थोरै भएपनि राहत मिलेको छ,ू उनले प्रतिकृया दिए । सरकारले गत वर्ष उखुको ५६५ रुपियाँ रेटमा २० रुपियाँ मात्र थप गरि प्रति क्विन्टल ५८५ रुपैया कायम गरेकोले किसान निरास बनेको कुशवहाले बताउनुभयो । यो वृद्धिसँगै सरकाले दिने ७० रुपियाँ समेत जोडदा उखुको मूल्य प्रति क्विन्टल ६५५ रुपियाँ कायम भएको छ । 

चिनी मिलले नियमित भुक्तानी सुरु गरे पनि प्रति क्विन्टल ७० रुपैया अनुदान भने सरकारले कहिलेसम्म दिने हो अनिश्चित छ । उखु किसानले भने राष्ट्र बैंकले निर्धारण गरेको १५ मूल्य वृद्धिको आधारमा प्रति क्विन्टल ८५ रुपियाँ माग गर्दै आएका छन् । किसानको मागलाई लत्याउदै सरकार र उधोगपतिको कोठे बैठकले हचुवाको भरमा वृद्धि गरेको २० रुपियाँप्रति उखु कृषकले विमति जनाउदै आएका छन्  । 

कुशवहाले असन्तुष्टि पोख्नुभयो, ‘हामीले उखुको उचित मूल्य वृद्धिको माग राखेका थियौं । सरकारले हचुवाको भरमा २० रुपियाँ थपेको छ । यो त भीख दिएसरी भयो । यसले उखु किसानको अपमान गरेको छ ।’

एभरेष्टले क्रसिङ सिजन ९२०८१(८२० मा न्यूनतम ३५ लाख क्विन्टल उखु क्रसिङ गरि ३ लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको छ । गत वर्ष एभरेष्टले क्रसिङ सिजन ९०८०(८१० मा २९ लाख ४ हजार ५११ क्विन्टल उखु क्रसिङ गरि २ लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरेको थियो । यस वर्ष उखुको उत्पादन र खेतीको क्षेत्रफल बढेकाले गत वर्षको तुलनामा ६ लाख क्वीन्टल बढी उखु क्रसिङको लक्ष्य लिएको महाप्रवन्धक शुक्लाले जनाए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेसमा तीन दलीय गठबन्धनकै सरकार निरन्तर रहने मुख्यमन्त्री यादवको दाबी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...

लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : लेखा अधिकृत गुरुङ र व्यवसायी तामाङविरुद्ध १० दिन म्याद थप

काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन

नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...

आरुघाट–माछाखोला सडक पाँच दिनपछि सुञ्चालन

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...

सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending